• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रोहिङ्ग्या शरणार्थीले अर्बौं डलर माग्दै फेसबुकविरुद्ध उजुरी दर्ता गरे


रोहिङ्ग्या शरणार्थीले अर्बौं डलर माग्दै फेसबुकविरुद्ध उजुरी दर्ता गरे

काठमाडौं । अमेरिका र बेलायतमा रहेका रोहिङ्ग्या मुसलमानले फेसबुकविरुद्ध उजुरी दर्ता गरेका छन् ।

शरणार्थीको रुपमा अमेरिका र बेलायतमा बस्दै आएका दर्जनौं रोहिङ्ग्या मुसलमानले उजुरी दर्ता गरेको बीबीसीले जनाएको हो । उजुरीमा फेसबुकले दमनमा परेको अल्पसंख्यक रोहिङ्ग्याविरुद्ध ‘घृणायुक्त सामग्री’ प्रबर्द्धन गरेको दाबी गरिएको छ ।

रोहिङ्ग्या शरणार्थीको प्रतिनिधित्व गरेको एक बेलायती ल फर्मले फेसबुकलाई लेखेको पत्रमा ‘रोहिङ्ग्याविरुद्ध घृणायुक्त अभिव्यक्तिलाई बढावा दिएको’ र उनीहरूविरुद्ध हिंसा उक्साउने सामग्री वा अकाउन्ट नहटाएको उल्लेख छ ।

अमेरिकाका वकिलले समेत फेसबुकविरुद्ध कानुनी उजुरी दर्ता गरेका छन् । सो उजुरीमा फेसबुकमाथि ‘दक्षिणपूर्वी एसियाको सानो मुलुकमा राम्रोसँग बजार विस्तार गर्न रोहिङ्ग्याको जीवनलाई दाउमा राख्न खोजेको’ उल्लेख छ ।

हालै नाम फेरेर मेटा बनेको फेसबुकले क्षतिपूर्ति स्वरुप १५० अर्बभन्दा बढी अमेरिकी डलर दिनुपर्ने समेत रोहिङ्ग्या मुसलमानको माग रहेको छ । तर फेसबुकले आफूमाथि लगाइएको आरोपबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

म्यानमारमा लाखौं मानिसका लागि समाचार पढ्ने र शेयर गर्ने प्रमुख माध्यम बन्दै आएको फेसबुकका २ करोडभन्दा बढी प्रयोकर्ता छन् ।

सन् २०१७ मा रोहिङ्ग्या विद्रोहीले प्रहरी चौकीमाथि भीषण आक्रमण गरेपछि म्यानमारको सेनाले रखाइन राज्यमा रोहिङ्ग्यामाथि निर्मम दमन गरेको थियो । यसक्रममा झण्डै १० हजार रोहिङ्ग्याले ज्यान गुमाएका थिए भने सात लाखभन्दा बढी मानिस भागेर बंगलादेश आएका थिए ।

म्यानमारको सेनामाथि सुनियोजित हत्या, बलात्कार र आगजनीसहित व्यापक मानव अधिकार हनन गरेको आरोप समेत लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कम्पनी रजिष्टार कार्यालयले टुंग्यायो इको प्यानलको विवाद
  • २०७८ मंसिर २१, मंगलवार १५:०३
  • In "मुख्य समाचार"
  • माधव नेपालको उम्मेदवारी खारेज माग्दै रौतहट–१ मा उजुरी
  • २०७८ मंसिर २१, मंगलवार १५:०३
  • In "BannerNews"
  • किर्ते गरी नागरिकता लिने सप्तरीकी यी उपप्रमुखविरुद्ध उजुरी
  • २०७८ मंसिर २१, मंगलवार १५:०३
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

Next Post

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन : ओली

महोत्तरीमा पुरुषको शव भेटियो

रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version