• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै, चिनियाँ नगन्य


नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब

cGgk"0f{ If]qdf ko{6s DofUbLsf] k'glxndf ;"of]{bo / lxd>[ªvnf cjnf]sgsf nflu k'u]sf ko{6s . 3f/]kfgL k'glxn If]qdf o; df};d b}lgs b'O{ ;oeGbf a9L ko{6s k'Ug] ub{5g . tl:a/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;

  • काठमाडौं । कोरोना महामारीको प्रभाव कम र यात्रा प्रतिबन्धहरु खुकुलो बन्दै जाँदा नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन सुधार हुँदै गएको छ । तर, चीनले आफ्ना नागरिकले यात्राको अनुमति नदिएका कारण चीनबाट आउने पर्यटकको संख्या भने अझै नगन्य छ ।

चीनबाट कूटनीतिक नियोगका अधिकारी, नेपालका आयोजनामा काम गर्ने कामदार र अन्य अनुमति प्राप्त नागरिक मात्र आएका छन् । तर, अन्य मुलुकबाट भने नेपालमा भ्रमणकै प्रयोजनमा मानिसहरु आउन थालेका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । यो कुल संख्याको ३९.८७ प्रतिशत हो । अमेरिकाबाट एक महिनामा (३ हजार ७८२ (१४.४७ प्रतिशत) जना पर्यटक नेपाल आएका छन् । एक महिनामा चीनबाट भने मात्र ३६३ जना आएका छन् । यो कुल आगमनको मात्र १.३९ प्रतिशत हो ।

कुन मुलुकबाट कति पर्यटक आए ? (प्रमुख पाँच)

भारत : १०,४२१
अमेरिका : ३,७८२
बेलायत : २,०२६
बंगलादेश : १,३८२
फ्रान्स : ८०८
अक्टोबरपछि पर्यटक आगमन सुधारियो

नेपाल पर्यटन बोर्डका तथ्यांक अनुसार नेपालमा अघिल्लो महिनाबाट विदेशी पर्यटकको आगमन सुधार भएको देखिएको छ । अक्टोवरमा २३ हजार २८४ जना पर्यटक आएका थिए । सन् २०२१ मा सबैभन्दा बढी नोभेम्बरमा पर्यटक आए ।

यो वर्ष अप्रिलमा २२ हजार ४५० पर्यटक आउनुबाहेक अन्य महिनामा पर्यटक आगमन कम भएको छ । सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक आएका थिए । तर, सन् २०२० मा भने यो समय कोभिडबाट आक्रान्त थियो । सो वर्ष एक महिनामा मात्र १९५६ जना पर्यटक नेपाल आएको लामिछानेले जानकारी गराए ।

११ महिनामा १ लाख २६ हजार २८३ पर्यटक

नेपालमा सन् २०२१ को ११ औं महिनासम्म मात्र १ लाख २६ हजार २८३ जना पर्यटक नेपाल आएका छन् । यो वर्ष सबैभन्दा कम जुनमा १ हजार १४३ र बढी नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल आएका छन् ।

कुन महिनामा कति आए ?

जनवरी : ८,८७४
फेब्रुअरी : ९,१४६
मार्च : १४,९७७
अप्रिल : २२,४५०
मे : १,४६८
जुन : १,१४३
जुलाई : २,९९१
अगष्ट : ५,९१७
सेप्टेम्बर : ९,८९८
अक्टोबर : २३,२८४
नोभेम्बर : २६,१३५

नेपालमा जहाजबाट आउने भारतीय यात्रुलाई पर्यटकका रुपमा गणना गरिन्छ । तर, स्थल मार्गबाट आउने पर्यटकलाई भने गणना गर्ने संयन्त्र बनिसकेको छैन ।

नेपालको पोखरासहितका गन्तब्यमा भैरहवा नाका हुँदै ठूलो संख्यामा भारतीय पर्यटक घुमफिरमा आउने गरेका छन् । अघिल्लो महिना स्थल नाका समेत खुला भएका कारण आगामी दिनमा भारतबाट पर्यटक आगमन अझै बढ्ने अपेक्षा व्यवसायीको छ ।

व्यवसायीहरुका अनुसार नजिकिएको नयाँ वर्षलाई लक्षित गरी भारत र बंगलादेशबाट बढी अग्रिम बुकिङ भइरहेको छ । नेपालको पर्यटनमा भारत र चीन प्रमुख स्रोत बजार हुन् ।साभार : अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब
  • २०७८ मंसिर १९, आईतवार २०:२६
  • In "BannerNews"
  • नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब
  • २०७८ मंसिर १९, आईतवार २०:२६
  • In "मुख्य समाचार"
  • लुम्बनी भ्रमण गर्नेमा नेपाल बाहेकको भारतीय पर्यटक बढि
  • २०७८ मंसिर १९, आईतवार २०:२६
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

भारतले निजी रेल नेपालसम्म ल्याउंदा व्यवसायीलाई फाइदा शुरु

नाडामा करण चौधरीको जित पक्का, सोनालिकाका नेपाल डिस्ट्रीब्युटर जयसबालको साथ

असभ्य साम्राज्यवादी चीनले गोप्य रूपमा अरबमा सैन्य अड्डाहरू निर्माण गरिरहेको थियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version