• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नर्सि‌‍ङ्गका लागि बेलायत नै किन?


नर्सि‌‍ङ्गका लागि बेलायत नै किन?

काठमाडौैं ।  उच्च शिक्षा हासिल गर्नका लागि विश्वको एक उत्कृष्ट गन्तव्य रहेको बेलायतमा अन्तर्राष्ट्रिय नर्सिङ्ग विषयको अध्ययन र रोजगारीका धेरै अवसरहरु रहेका छन् | सीपमूलक शिक्षा पद्धति, विश्व मान्यताप्राप्त डिग्री र संसारको जुनसुकै कुनामा सजिलै रोजगारी पाइने भएकाले नर्सिङ्ग विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुको हकमा बेलायत एक उत्कृष्ट रोजाइ हो | कोरोना महामारीपछि बढ्दो आकर्षण भएको यो विषयमा बेलायती विश्वविद्यालयमा आवेदन दिने विद्यार्थीको संख्या बढेको छ । युनिभर्सिटी एड्मिसन्स सर्भिस (युकास) को तथ्यांकअनुसार नर्सिङ्ग पढ्न आवेदन दिनेको संख्या ३२ प्रतिशतले वृद्धि भएको हो जसमा अन्तर्राष्ट्रिय साथै बेलायती विद्यार्थीहरु पनि पर्दछन् | 

नर्सिङ्ग टाइम्सका अनुसार बेलायतमा नर्सिङ्ग शिक्षाका लागि विश्वकै सर्वोत्तम विश्वविद्यालय जस्तै एडिनबरा विश्वविद्यालय, लिभरपुल विश्वविद्यालय, बर्मिन्घम विश्वविद्यालय आदि विश्वविद्यालयहरु रहेका छन् र करीब ११४ शैक्षिक संस्थाहरुले नर्सिङ्ग विषय सम्बन्धी शिक्षा तथा तालिमहरु दिदै आएका छन् | बेलायतमा स्नातक तहमा नर्सिङ्ग विषय साधारणतया ४ वर्षको हुन्छ, जसमा ४ मुख्य विधा: अडल्ट, चिल्ड्रेन, लर्निङ्ग डिस्एविलिटी र मेन्टल हेल्थ मध्ये कुनै एकमा विशेषज्ञता हासिल गरी आफ्नो भविष्यको वृत्ति (करियर) विकास गर्न सकिन्छ | वार्षिक ट्युसन फी £ १३,५०० बाट सुरु हुने यस विषयमा अध्ययन साथै तालिमका लागि थुप्रै छात्रवृत्तिको व्यवस्था पनि छ | 

नेपालबाट सामान्यता बीएससी एडल्ट नर्सिङ, बीएससी नर्सिङ, एमएससी नर्सिङलगायतका कोर्समा विद्यार्थीहरु बेलायत जाने गरेका छन् | बेलायतमा विश्वविद्यालयहरूले तीन वर्षको ‘ब्याचलर डिग्री इन नर्सिङ वीथ एनएमसी रजिस्ट्रेसन कोर्स’ सञ्चालन गरेका हुन्छन् । नेपालबाट सर्टिफिकेट लेभल नर्सिङ पास गरेका र साइन्स पढेका विद्यार्थीले आवेदन दिन मिल्ने यो कोर्स सकेपछि विद्यार्थी यूकेकै योग्य नर्स हुन्छन् । बेलायतकै विश्वविद्यालयबाट तीन वर्षको ब्याचलर्स इन नर्सिङ गरिसकेपछि त्यही डिग्रीको आधारमा नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएमसी) ले रजिस्टर्ड नर्सको पिन नम्बर (पर्सनल आइडेन्टीफिकेसन नम्बर) जारी गर्ने गर्छ । 

प्राप्त तथ्यांक अनुसार बेलायतमा ९४% नर्सहरुले अध्ययन सकेको ६ महिनामा नै रोजगारी पाउने गरेका छन् जसले गर्दा यो रोजगारीमूलक विषय पनि हो | अहिले बेलायतको स्वास्थ्य क्षेत्रमा नर्सहरुको निकै अभाव रहेको छ | युकासका अनुसार सन् २०२० को अन्त्यमा ब्रेक्जिट अन्योल र विद्यार्थीलाई हुने सहयोग परिवर्तनका कारण ईयूमा आवद्ध मुलुकका विद्यार्थीमा बेलायत आउन विकर्षण भएको छ | ब्रेक्जिटका कारण युरोपेली मुलुकका नर्सहरू फर्कने क्रममा रहेकाले बेलायतमा नर्स अभावको दर बढ्ने चिन्ताबीच अवसर पनि बढेको छ । बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई ५० हजार नर्स उपलब्ध गराउने लक्ष्य राखेकोले नर्सिङ्ग पढ्ने र काम गर्न चाहनेका लागि यो सुनौलो अवसर हो | इंग्ल्यान्डमा स्वास्थ्य प्रणालीमा काम गर्ने स्वतन्त्र थिंक ट्यांक किंग्सफन्डका अनुसार बेलायतमा ३८ हजार नर्सिङ्ग वर्कफोर्सका लागि रोजगारीको अवसर छ भने ब्रिटिस मेडिकल एसोसिएसन (बीएमए) को तथ्यांकमा ८ हजारभन्दा बढी मेडिकल डाक्टरको अभाव छ | सोही अभावका कारण नर्सिङ्ग तथा स्वाथ्यक्षेत्रमा रोजगारीका अवसरहरु धेरै सिर्जना भएका छन् | कार्य क्षेत्रमा धेरै लचकता रहेको नर्सिङ्ग पेसामा रजिस्टर्ड नर्स भईसकेपछि सरकारी अथवा निजी क्षेत्रमा कार्यरत हुन पाइन्छ | बेलायतमा नर्सहरुको औसत सुरुवाती बार्षिक तलब £२२,००० देखि £ २८,००० सम्म हुन्छ | आम्दानीसंगै मर्यादित रहेको यो पेसामा धेरै भत्ता र अन्य सुबिधा सेवाहरु पनि छन् |

हालसालै बेलायत सरकारले अध्ययनपछि दुई वर्ष पूर्णकालीन रूपमा काम गर्न पाउने स्किम पोस्ट स्टडी वर्क (पीएसडब्लू) फेरि कार्यान्वयनमा ल्याएको छ | यस अन्तर्गत बेलायती विश्वविद्यालयबाट स्नातक वा माथिल्लो तह पूरा गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पढाइपछि कम्तीमा २ वर्षसम्म काम गर्न पाउनेछन् | पीएचडी पूरा गरेका विद्यार्थीहरूले भने तीन वर्ष काम गर्न पाउनेछन् । गत जुलाई १ तारिखदेखि ‘ग्य्राजुएट रुट’ मा भिसा आवेदन खुला भएको छ | अध्ययन पूरा गरिसकेपछि पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले बेलायती समाज तथा अर्थतन्त्रमा योगदान गरून् भन्ने उद्देश्यले सरकारले यो स्किम ल्याएको हो । नयाँ रुटले बेलायतमा सन् २०३० सम्म उच्च शिक्षामा ६ लाख विदेशी विद्यार्थी पुर्‍याउने सरकारको ‘अन्तर्राष्ट्रिय शिक्षा रणनीति’ लक्ष्य हासिल गर्न सघाउने अपेक्षा गरिएको छ ।

तसर्थ, आफ्नो अर्थतन्त्रमा योगदान गर्न सक्ने उच्च दक्ष जनशक्ति (हाइली स्किल्ड) योजना ल्याउने तयारी गरिरहेको बेलायत सरकारको नीतिले नर्सिङ्ग जस्तै दक्ष जनशक्तिलाई सहज हुने भएको छ । त्यसमाथि अध्ययनपछि पाइने पोस्ट स्टडी वोर्क भिसा, न्यूनतम कागजात आवश्यकता, ब्रेक्जिट असर, क्षमतामा आधारित अध्यागमन नीति र जनशक्ति अभावका कारण बेलायत नर्सिङ्ग पढ्न र रोजगार पाउनको लागि उत्कृस्ट गन्तव्य बन्ने देखिन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गुणस्तरीय शिक्षामा अब्बल बन्दै सामुदायिक विद्यालय
  • २०७८ मंसिर ४, शनिबार २२:२८
  • In "BannerNews"
  • जनशक्तिलाई देशभित्रै रोजगारी मिलाउन विशेष ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाकाे जाेड
  • २०७८ मंसिर ४, शनिबार २२:२८
  • In "BannerNews"
  • कक्षा १२ को परीक्षा नहुँदा विदेशमा पढ्न चाहनेहरु रोकिए
  • २०७८ मंसिर ४, शनिबार २२:२८
  • In "शिक्षा"
Tags: #शिक्षा

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

पशुपतिनाथमा बिहानै बाब रामदेवले दिए योग प्रशिक्षण

ब्राउन सुगर सहित दुई युवक पक्राउ

तेस्रो मुलुकका नागरिक रेलबाट नेपाल हुँदै भारत जान नपाउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version