• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कीर्तिमानी जितसँगै भारतको सेमिफाइनल सम्भावना कायमै, यसरी पुग्न सक्छ अन्तिम चारमा


कीर्तिमानी जितसँगै भारतको सेमिफाइनल सम्भावना कायमै, यसरी पुग्न सक्छ अन्तिम चारमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारत सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राख्न सफल भएको छ । शुरुआती दुई खेल हारे पनि त्यसपछिका दुई खेलमा कीर्तिमानी जित निकाल्दै भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको हो । पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको भारतले त्यसपछिको खेलमा अफगानिस्तानमाथि यो विश्वकपकै सर्वााधिक स्कोर र दोस्रो खेलमा शुक्रबार राति स्कटल्याण्डमाथि कम ओभरमै हासिल गरेको जितको कीर्तिमानसहित सेमिफाइनलको सम्भावना कायमै राखेको हो ।

भारतको इनिङ्स
खेलमा स्कटल्याण्डले दिएको ८६ रनको झिनो विजयी लक्ष्य भारतले ६.३ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो । ओपनिङ साझेदारी ७० रनको भएको इनिङ्समा लोकेश राहुलले १९ बलमा ५० रन बनाए । त्यस्तै रोहित शर्माले १६ बलमा ३० रन जोडे । जित नजिकै पुगेका बेलामा दुवै खेलाडी आउट भए । तर सूर्यकुमार यादवले २ बलमा नटआउट ६ तथा कप्तान विराट कोहलीले २ बलमा नटआउट २ रन बनाउँदै टीमको जित सुनिश्चित गरे ।

स्कटल्याण्डको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले १७.४ ओभरमा अलआउट हुँदै ८५ रन बनायो । स्कटल्याण्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे । माइकल लिस्कले १२ बलमा २१ रन बनाए ।

भारतका लागि प्लेयर अफ द म्याच रविन्द्र जडेजा र मोहम्मद शामीले समान ३–३ विकेट लिए । जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए ।

अंक तालिका
समूह २ को खेलमा पाकिस्तान ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । न्यूजिल्याण्ड ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

भारत ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । अफगानिस्तान पनि ४ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।

नामिबिया ४ खेलबाट २ अंकसहित पाँचौं तथा स्कटल्याण्ड ४ खेलबाट अंकविहीन हुँदै पुछारमा छ ।अन्तिम चरणको खेलबाटै सेमिफाइनलमा पुग्ने अन्तिम टीमको टुंगो लाग्नेछ । महत्वपूर्ण खेल न्यूजिल्याण्ड र अफगानिस्तानको रहेको छ । यो खेल जित्दा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्नेछ ।

यो खेलमा न्यूजिल्याण्ड पराजित हुँदा भारत र नामिबिया बीचको खेल महत्वपूर्ण हुन्छ । यदि न्यूजिल्याण्ड पराजित भयो भने भारतले नामिबियालाई हराउँदा भारत सेमिफाइनलमा पुग्नेछ । अर्कातर्फ न्यूजिल्याण्ड अफगानिस्तानसँग थप फराकिलो अन्तरले विजयी भयो भने अफगानिस्तान नै सेमिफाइनलमा पुग्नेछ । यो सम्भावना कम छ ।

अफगानिस्तान विजयी हुने सम्भावना पनि कम रहेकाले पनि न्यूजिल्याण्ड सेमिफाइनलको बलियो दाबेदार बनेको छ ।नामिबिया र स्कटल्याण्ड बाहिरिइसकेको अवस्थामा अब सेमिफाइनलमा न्यूजिल्याण्ड, भारत र अफगानिस्तानमध्ये एक टिम पुग्नेछ ।

सबैभन्दा राम्रो रन रेट भारतको रहेको अवस्थामा यदि न्यूजिल्याण्ड अफगानिस्तानसँग पराजित हुँदा र भारतले नामिबियालाई हराउँदा भारत सेमिफाइनलमा पुग्नेछ । जस्तोसुकै जितले पनि न्यूजिल्याण्ड भने सेमिफाइनलमा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एनपिएलः नरेनकाे पाँच विकेटमा सुदूरपश्चिमको दोस्रो जित
  • २०७८ कार्तिक २२, सोमबार १३:२५
  • In "BannerNews"
  • एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित
  • २०७८ कार्तिक २२, सोमबार १३:२५
  • In "खेलकुद"
  • जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार
  • २०७८ कार्तिक २२, सोमबार १३:२५
  • In "BannerNews"
Tags: #खेलकुद

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

चीन सङ सिमानाका असुरक्षित , प्रहरी नै सिमानाका छोडेर झरे

बंगलादेशको सशस्त्र बलमा चिनियाँ हतियारको गुणस्तरमाथि प्रश्न !

आम जनताको जिवन रक्षाको लागि सरकार गम्भिर छ : गृहमन्त्री खाँड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version