• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मोबाइल एपबाटै पार्टी सदस्यता वितरण र नवीकरण गर्दै एमाले


मोबाइल एपबाटै पार्टी सदस्यता वितरण र नवीकरण गर्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मोबाइल एपबाटै पार्टी सदस्यता वितरण तथा नवीकरण गर्न सुरु गरेको छ । राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको पार्टीले सीपीएन यूएमएल (नेकपा एमाले) नाम एप सञ्चालनमा ल्याएको हो ।

पार्टीले दशौँ महाधिवेशनअघि नै आफ्ना सबै सदस्यताको विवरण एपमा राखिसक्ने उद्देश्यका साथ काम अगाडि बढाएको छ । पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणबाट आधुनिक प्रविधिअनुसार पार्टीलाई परिवर्तन गर्ने काम अगाडि बढेको एमालेले  जनाएको छ ।

गत असोजमा ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको विधान सम्मेलनका क्रममा सार्वजनिक गरिएको एपमा गत हप्तादेखि सदस्यता विवरण राख्न थालिएको हो । एपमा बुधबारसम्म ४० हजार बढी सदस्यको विवरण रेकर्ड भइसकेको बताइएको छ ।

आईओएस र एन्ड्रोइड दुवैका लागि उपलब्ध यो एप डाउनलोड गरेर पार्टी सदस्यहरूले आफ्नो सदस्यताको बारेमा जानकारी लिन सक्छन् । हाल एमालेका ७ लाख २१ हजार सदस्य रहेको बताइएको छ ।

सदस्यता नवीकरण मात्र होइन, नयाँ सदस्य फर्म समेत सोही एपबाट भर्न सकिन्छ। पुराना सदस्यले अहिलेसम्म पार्टीमा गरेको योगदान, पार्टीले गरेको मूल्यांकन, सञ्चार माध्यममा प्रकाशित लेख, अन्तर्वार्ता लगायतका सबै विवरण एपमा राख्ने काम भइरहेको छ । हरेक पार्टी सदस्यको राजनीतिक तथा सामाजिक जीवन, पार्टीमा आबद्ध भएको मिति, गरेका महत्वपूर्ण काम लगायतका विवरण समेत एपमा राखिँदैछ ।

यति मात्र होइन, एमाले परित्याग गरेका सदस्यको विवरण तथा योगदान समेत एपमै हेर्न सकिनेछ । एपमा रहने पार्टी सदस्यको विवरण तथा गतिविधिले महाधिवेशन र आम निर्वाचनमा एमालेलाई टिकट वितरण गर्न समेत सजिलो हुनेछ ।

अहिले पाँच जनाको डेभलपर टिमले एप निर्माणको काम गरिरहेको छ । सदस्यहरूको विवरणमा त्रुटि नहोस् भनेर प्रत्येक सदस्यको फोन नम्बर र पार्टी सदस्यता मिलाएर एपमा इन्ट्री गर्न सकिने बनाइएको छ। जसमा पार्टी सदस्यता नम्बर राख्नुपर्ने हुन्छ ।

पार्टी सदस्यता नम्बर र सदस्यता पाएको मिति पार्टी केन्द्रिय कार्यालयले मात्र प्रदान गर्नेछ । नेता र कार्यकर्तालाई पठाइएको अन्तर पार्टी निर्देशिका, पार्टी केन्द्रका निर्णय, निर्देशन लगायतका सामग्रीहरू एपमै उपलब्ध हुनेछन् ।

सामान्य खालको पार्टी गतिविधि भने लग-ईन नगरेरै हेर्न सकिनेछ । हालसम्म एपको डाउनलोड १० हजार नाघिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • १०७ दिनदेखि सानेपामा रौतहटका कांग्रेस नेता-कार्यकर्ताको अनसन
  • २०७८ कार्तिक १८, बिहीबार १६:०५
  • In "मधेश प्रदेश"
  • वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप
  • २०७८ कार्तिक १८, बिहीबार १६:०५
  • In "BannerNews"
  • नागरिक एप : प्रयोगमा अनेक प्राविधिक समस्या
  • २०७८ कार्तिक १८, बिहीबार १६:०५
  • In "थप"
Tags: #राजनीति#सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

सीमामा पुगेर चीनलाई नियाल्दा जे देखियो …

भारतीय फूलले नेपाली बजार कब्जा

तराई-मधेश उर्लियो एमालेको पक्षमा उर्लियो जनलहर (फोटो फिचर)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version