• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बौद्धमा कोठी चलाउने घरबेटीलाई यसरी लियो प्रहरीले नियन्त्रणमा


बौद्धमा कोठी चलाउने घरबेटीलाई यसरी लियो प्रहरीले नियन्त्रणमा

काठमाडौँ – काभ्रेकी १६ वर्षीया किशोरी दुई वर्षअघि एक पुरूषसँग काठमाडौं आइन्। काठमाडौंमै उनले छोरा पनि जन्माइन्। अहिले उनका छोरा ११ महिनाको भएका छन्।

उनले ओखलढुङ्गाका एक पुरूषसँग विवाह गरेकी थिइन्। एउटी साथीमार्फत् भेट भएपछि काठमाडौंमा विवाह गरेर आरूबारीमा डेरा गरी बस्न थालेका थिए। छोरा जन्मिएपछि श्रीमान पनि एकाएक हराए।

कहाँ गए, के गर्दै छन् उनलाई पनि थाहा छैन। उनलाई आफ्नो श्रीमान अर्कै केटीसँग पो गए कि भन्ने लाग्छ। सम्पर्कविहीन भएको पनि ३-४ महिना भइसक्यो। प्रहरीलाई पनि खबर गरेको उनी बताउँछिन्।

सुत्केरी भएदेखि आमाबुवा पनि काठमाडौंमै छन्। श्रीमान सम्पर्कविहीन भएपछि उनको आम्दानीको स्रोत पनि बन्द भयो। उनलाई पैसा पनि चाहिएको थियो। अनि उनले काम गर्ने कुरा बुवालाई सुनाइन्।

बुवाले अहिले नै काम नगर्न भनेका थिए। उनले जिद्दी गरेपछि बुवाले पनि काम गर्न अनुमति दिए। बुवाले चिनेका नुवाकोट घर भई काठमाडौंको मूलपानी तिवारीटोलमा बस्ने ३३ वर्षीय रामशरण गोतामेसँग सम्पर्क गरे।

ज्यामीको काम गर्न गत असोज १० गते उनी रामशरणको घर गइन्। उनले त्यहाँ रामशरणकी श्रीमती सीतालाई भेटिन्। उनले त्यहाँ ज्यामी काम गर्न जाँदैछु भन्ने सोचेकी थिइन्। त्यहाँ उनले अरू नै काम गर्नुपर्ने भयो।

सीताले आफ्नो घरमा कोठी सञ्चालन गर्दै आएकी थिइन्। बाध्यताको फाइदा उठाएर उनलाई पनि यौनधन्दामा लगाइन्। म ज्यामी काम गर्न भनेर गएकी थिएँ। सीताले तिमी ज्यामी काम गर्न सक्दिनौ, तिमी मेरो घरमा खाना पकाउने, भाँडा माझ्ने काम गर भन्नुभयो।

त्यहाँ जाँदा त्यस्तो काममा लगाउनुभयो, उनले भनिन्। सीताको घरमा गएको पहिलो दिनदेखि नै यौनधन्दामा संलग्न गराएको उनले बताइन्। त्यहाँ उनी जस्तै अरू चार जना पनि किशोरी थिए। उनीहरूलाई पनि सीताले त्यस्तै काममा लगाएकी थिइन्।

ग्राहकबाट उनले पैसा लिएर पीडितको खातामा पाँच सय रुपैयाँ लेखिदिन्थिन्। उनीहरूको हातमा पैसा भने दिन्थिनन्। ग्राहक आउँदा उनले आफ्नो बच्चा अर्कै पीडितलाई दिन्थिन्।

सीताले आफ्नो घरमा  दुई जना १९ वर्षका र एक जना १७ वर्षीया किशोरीलाई डेरामा राखेजसरी नै राखेकी थिइन्। प्रहरीले सुइँको नपाओस् भनेर उनले यस्तो जुक्ति लगाएकी थिइन्।

उनीहरू सबैलाई सीताले अरू नै कामको प्रलोभन दिएर यौनधन्दामा लगाएको प्रहरीसमक्ष बताएका छन्। बाध्यतामा परेकी किशोरीलाई सीताले लगेर घरमा काम दिने भन्दै राख्थिन्। तर त्यहाँ उनीहरूलाई जबरजस्ती यौन धन्दामा लगाइन्थ्यो।

यसबारे त्यहाँका छरछिमेकले प्रहरीलाई खबर नगरेका पनि होइनन्। सिभिल लुगामा प्रहरी नै कति पटक त्यहाँ आइसकेको पनि पीडितहरू बताउँछन्। सीताले उनीहरूलाई डेरावाल बनाएर राखेकी थिइन् ।

भने कसैसँग यसबारे बताए मार्ने धम्कीसमेत दिएकी थिइन्। जसकारण पीडितहरू बोल्न डराउँथे। पीडितले नबोलेपछि प्रहरीले थाहा पाउन सकेन। सीता यस्तो काम गर्दिनँ भन्दा ती किशोरीहरूलाई धम्की दिन्थिन्।

मैले म यस्तो काम गर्दिनँ भन्दा गालीगलौज गर्ने डर, धम्की दिने गर्थ्यो। दैनिक ३ देखि ४ जनासम्म बस्नुपर्ने। कुनै दिन काम गर्दिनँ भन्दा जबरजस्ती तैंले नगरे कसले गर्छ भनेर डर देखाई बाध्य बनाएर जबरजस्ती काममा लगाउने गर्थिन्,।

त्यही घरमा डेरा गर्दै बसेकी एक किशोरीले भनिन्। सोही घरमा उनकै दिदी(भिनाजु पनि बस्थे। यो घटनाबारे उनीहरूलाई थाहा नभएको उनी बताउँछिन्। उनीजस्तै त्यहीँ घरमा बस्नेहरूलाई रासन पनि सीताले नै ल्याइदिन्थिन्। केही सामान चाहिए पनि उनैले ल्याइदिन्थिन्। तर पैसा भने दिँदैन थिइन्।

बरू धेरै खर्च गरेको भन्दै उल्टै ऋण चढाइदिने गरेको पीडितहरू बताउँछिन्। कहिलेकाहीँ धेरै नै आम्दानी भए पनि सीताले हिनामिना गर्ने गर्थिन्। त्यसरी सीताले तीन किशोरीमाथि ५० हजार, २१ हजार र १९ हजार ऋण चढाएकी थिइन्। उनीहरूका अनुसार सीताले डेराको पनि छुट्टै पैसा काट्ने गर्थिन्।

चार हजार कोठा भाडा पनि काट्नुहुन्थ्यो। बत्ती र पानीको छुट्टै,अर्की पीडित किशोरीले भनिन्। उनीहरूलाई कहिलेकाहीँ ग्राहकले नै बाहिर लिएर जान्थे। त्यो बेला पनि उनीहरू भाग्न सकेनन्।

यसरी बौद्ध क्षेत्रमा कोठी सञ्चालन भइरहेको छ भन्ने सूचना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले केही समय अघि पाएको थियो। विशेष सूचनाको आधारमा प्रहरीले त्यसलाई पुष्टी गर्नतिर लागेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो।

हामीलाई सूचना आएको थियो। त्यहाँ बच्चाहरूलाई यस्तो-यस्तो हुन्छ भनेपछि हाम्रो टोली खटियो। त्यसलाई भरिफाई गर्‍यो, उहाँले भन्नुभयो,बच्चाहरू शंकास्पद रूपमा देखिएपछि दुई जनालाई नियन्त्रणमा लियौं।

ब्युरोले त्यहाँ कोठी सञ्चालन भइरहेको भन्ने पुष्टि गरेपछि गत आइतबारको टोली त्यहाँ पुगेको उहाँले बताउनुभयो। प्रहरीले त्यहाँ भएका चार जना पीडितको उद्धार पनि गरेको छ। सीतालाई पक्राउ गरेको छ भने श्रीमान् रामशरण फरार छन्।

ब्युरोले उनीहरूमाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा बुझाएको छ। अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यता पीडितहरू भने माइती नेपालको संरक्षणमा छन्।

उनीहरूले प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कारबाही गर्न जाहेरी दिइसकेका छन्। प्रहरी वृत्त बौद्धका अनुसार सीता पहिले पनि तीन महिना सुन्धारास्थित कारागारमा बसिसकेकी छन्।

यही मुद्दामा उनी पक्राउ गरी जेल बसेको प्रहरीले जनाएको छ। कुन सालमा बसेकी थिइन् भन्नेबारे अनुसन्धान भइरहेको वृत्तले बतायो।  उनले बौद्धमा कहिलेदेखि सञ्चालनमा आएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अहिले हामीले उनीसँग सोधपुछ गरिसकेका छैनौं। बयान लिने काम भइनसकेको हुँदा कहिलेदेखि भन्ने ठिक समय खुलेको छैन,प्रहरी स्रोतले भन्यो।  नेपालमा पनि आन्तरिक मानव बेचबिखन सुरू भएको भन्दै माइती नेपालले यो घटना सार्वजनिक गरेको हो।

माइती नेपालले यो घटना बाहिरिएपछि मंगलबार पत्रकार सम्मेलन गरेको थियो। योभन्दा अगाडि कोटेश्वर, नरेफाँट क्षेत्रबाट पनि त्यसरी नै प्रहरीसँग समन्वय गरी रेस्क्यू गरेका थियौं, माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले भन्नुभयो, आन्तरिक मानव बेचबिखन यति भयावह भयो त्यसलाई नहेरी नहुने भयो।

यस्ता घटनामा उम्किन नसकोस् भनेर बालिकाहरूलाई दुर्व्यसनीमा फसाउने गरेको पनि उहाँले बताउनुभयो। नेपालमा पनि बम्बई, दिल्लीका कोठीहरूमा गरिने देखिएको उहाँको भनाइ थियो।

पीडित किशोरीहरूलाई दसैं-तिहारमा घर फर्किन मन छ। तर कानुनी प्रक्रिया अझै नसकिएको हुँदा उनीहरूलाई घर पठाउने वा आफ्नै संरक्षणमा राख्ने टुङ्गो लागिनसकेको माइती नेपालले जनाएको छ।

पीडित किशोरीहरूले बाहिर निस्केर पार्लर, कपडा सिलाइलगायत सीपमूलकको काम गर्न जाने मन भएको बताएका छन्।त्यस्ता सीपमूलक तालिमका लागि माइती नेपालले पनि समन्वय गर्ने कार्यकारी निर्देशक खड्काले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आप्रावासीप्रति कठोर ट्रम्पका हजुरबुवा जर्मनी
  • २०७८ आश्विन २०, बुधबार २१:४३
  • In "BannerNews"
  • २८ वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….
  • २०७८ आश्विन २०, बुधबार २१:४३
  • In "BannerNews"
  • ३ वर्षको प्रेमपछि करोड खर्चेर विवाह, घरनिकाला गरेर सम्बन्धविच्छेद मुद्दा
  • २०७८ आश्विन २०, बुधबार २१:४३
  • In "मधेश प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

मधेसमा विवाह गर्ने उमेर घटाइनुपर्छ, ‘लिभिङ टुगेदर’ दर्ता गरिनुपर्छ : मातृका यादव

चीन–ताइवान सैन्य सम्बन्ध ४० वर्षयताकै खराब, अमेरिकामा कोरोना खोप नलगाएका १४ सय स्वास्थ्यकर्मी जागिरबाट निकालिए

पाकिस्तानमा आज बिहानै शक्तिशाली भूकम्प, २० जनाको ज्यान गयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version