• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा अख्तियरको छापा पार्टीको केन्द्रीय नेतृत्व उपेन्द्र यादवकै हात


प्रदेश २ मा अख्तियरको छापा पार्टीको केन्द्रीय नेतृत्व उपेन्द्र यादवकै हात

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयले बुधबार प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा हान्यो ।

’प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा कम्पनी नखुलाई ११ करोडका १७ हजार साइकल किनेर करोडौं अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारको टोली सिधै मुख्यमन्त्री लालबाबु राउतको हेडक्वार्टरमा घुसेको थियो । तर राजनीतिज्ञको हेडक्वार्टरमा घुस्ने हिम्मत यतिकै भने आएको होइन ।

सामान्यतया अख्तियार हाइप्रोफाइल केशमा सिधै झम्टिँदैन । तर प्रदेश २ मा मुख्यमन्त्रीकै हेडक्वार्टर पसेर फाइल उठाएर लग्यो । यो कसरी सम्भव भयो भन्ने प्रश्न उठिरहेको छ । केन्द्रमा आफ्नै पार्टी सत्ता गठबन्धनमा रहेको र प्रदेशमा आफ्नै सरकार भएका बेला अख्तियारले छापा हानेपछि पार्टी नेता कार्यकर्ता तथा आम नागरिक नै आश्चर्यमा परे । धेरै केन्द्रकै सहमतिमा छापा हानेको लख काटे ।

वास्तवमा यसका पछाडि पार्टीको केन्द्रीय नेतृत्व उपेन्द्र यादवकै हात थियो । जसपा निकट उच्च स्रोतकाअनुसार उपेन्द्रलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उता प्रदेशमा छापा हान्ने कदमविरुद्ध जसपाले दुई दिन प्रदर्शन गर्ने निर्णय गरेको छ । तर उनीहरुलाई के थाहा छैन भने प्रचण्ड र उपेन्द्रको ग्रिन सिग्नलमा अख्तियार अघि बढेको हो ।

किन हानियो छापा ?

मुख्यमन्त्री राउतले भ्रष्टाचार गरेकै भए पनि अख्तियारले छापा हान्नुको कारण भने बेग्लै छ ।

उपेन्द्रनिकट जसपाका एक सांसदले प्रचण्ड र उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा हानेको बताए । यसको पछाडिको कारण भने दुइटा छन् । ती सांसदकाअनुसार पहिलो त मुख्यमन्त्री राउतले अध्यक्ष यादवलाई आर्थिक सहयोग बन्द गरेका छन् ।

राउतको सरकारमाथि पटक पटक पारदर्शिताका सवालमा प्रश्न उठे पनि संघबाट अध्यक्ष उपेन्द्र यादवले संरक्षण गर्दै आएका थिए । तर यसपालि गरेनन् । यसमा मुख्यमन्त्री राउतले तीन महिनादेखि यादवलाई व्यक्तिगत आर्थिक सहयोग नदिएको खुलेको छ । मन्त्री र मुख्यमन्त्री बनाए वापतको पैसा नआएपछि उपेन्द्रले एक्सन लिएको ती सांसदको दाबी छ ।

त्यसैगरी उपेन्द्र राउतसँग असन्तुष्ट हुनुको अर्को कारण हो पब्लिसिटी । मुख्यमन्त्री स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियानको नाममा उपेन्द्र यादवभन्दा बढी लोकप्रिय मुख्यमन्त्री राउत भइरहेका थिए । जुन कुरा उपेन्द्रलाई ठिक लागेको थिए ।

त्यसपछि प्रदेश २ का मन्त्री विजयकुमार यादव र सांसद डा सुरेन्द्र यादवलाई परिचालन गरेर अख्तियारलाई मुख्यमन्त्री कार्यालयमा छापा हान्न लगाइयो ।

यसमा उपेन्द्रको सिधा भूमिका रहेको उनी बताउँछन् । यसका लागि उपेन्द्रले प्रचण्डलाई पनि अनुरोध गरेको र प्रचण्डले नै व्यवस्थापन गरिदिएको ती सांसदको दाबी छ । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भ्रष्टाचार काण्डमा मुछिएका मुख्यमन्त्री राउत अख्तियारको छापापछि चौतर्फी दबाबमा
  • २०७८ आश्विन १७, आईतवार ११:३८
  • In "देश"
  • प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
  • २०७८ आश्विन १७, आईतवार ११:३८
  • In "देश"
  • मुख्यमन्त्री राउतलाई बचाउन जसपा आज अख्तियारविरुद्ध मशाल जुलुश निकाल्दै
  • २०७८ आश्विन १७, आईतवार ११:३८
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post

चाइनाको विस्तार नीतिले नेपालको भूभागलाई समेत खतरा : प्रवक्ता अकरम पठान

आयो दशैंको साइत, यो हो टीका लगाउने सबैभन्दा उत्तम शुभसाइत

केही काम गर्ननसक्ने असफल नेता भन्दै रामचन्द्र पौडेललाई प्रकाशमानले दिए दनक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version