• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बिपीको परराष्ट्रनीति र आजको नेपाल


बिपीको परराष्ट्रनीति र आजको नेपाल

होमनाथ दाहाल

बिपीसंग लामो समय संगत गर्ने अवसर पाएँ । उहाँसंँग देशमा विभिन्न भागको भ्रमणमा जान पाएँ । राष्ट्र«पुकार साप्ताहिकको सम्पादकका रुपमा काम गर्दा बिपीले इतिहासका कैयाँै महत्वपूर्ण घटनाक्रम बारे सुनाउनुभयो । आज चाहीँ म उहाँको विदेश नीति बारे केन्द्रीत हुन चाहन्छु । यसमा उल्लेख भएका सबै प्रसंग बिपीले विभिन्न समयमा मलाई सुनाउनुभएको हो ।

भारतसँग समानता सन्धी

प्रधानमन्त्री भएपछि बिपीले भारतसँग समानताको आधारमा व्यापार सन्धी गराउनुभयो ।
त्यो बेलाको भारतीय व्यापार तथा वाणिज्य सचिव स्कूल पढ्दाका उहाँका साथी रहेछन् । त्यस कारण पनि विभिन्न चरणको छलफलपछि भारतीय उद्योगले स्थापना भएपछि जसरी नेपाली बजारमा सहज प्रवेश पाउँछन्, त्यसै गरी नेपालमा स्थापना भएका उद्योगले पनि भारतीय बजारमा सुविधा पाउने गरी सन्धीको मस्यौदा तयार भयो तर त्यसमा हस्ताक्षर गर्न ढिलाई भइरहेको थियो । त्यही बेला बिपी संयुक्त राष्ट्र«संघको महासभाबाट भाग लिएर अमेरिकाबाट स्वदेश फर्किंदै हुनुहुन्थ्यो । सिधै नेपालसम्मको उडान सुविधा नभएकाले दिल्ली भएर आउनुभयो ।
सन्धी हस्ताक्षरमा ढिलाई भएकोमा असन्तुष्टि जनाउँदै उहाँ भारत सरकारलाई खबर नै नगरी जहाजको समयभन्दा डेढ घण्टा पहिले नै विमानस्थल पुग्नुभयो । त्यो कुरा भारतीयहरुलाई थाहा नहुने कुरै भएन । प्रधानमन्त्री जवाहलाल नेहरुसम्म सूचना पुग्यो, नेहरु आफैँबिपीलाई भेट्न विमानस्थलमा पुगे ।
बिपीले भन्नुभएछ ‘मैले नेपालको विकासका लागि त्यति प्रश्ताव गरेको त्यो पनि तपाईले गरिदिनु भएन ।’’
नेहरुले सचिवलाई विमानस्थलमै बोलाएर भने ‘‘त्यो सम्झौतामा के छ ? नेपालले के मागेको छ ।’’
सचिवले भनेछन् ‘‘हजुर त्यो सम्झौता गर्ने हो भने आर्थिक रुपमा भारतलाई ठूलो नोक्शान हुनसक्छ र नेपालका तर्फबाट त्यसको दुरुपयोग पनि हुनसक्छ ।’’
नेहरुले सोधे ‘‘कति नोक्शान हुन्छ ?’’
सचिवः ‘‘त्यही दश अर्ब जति ।’’
अनि नेहरुले भने ‘‘ठीक छ । त्यति नेपाललाई सहयोग भयो भन्ठान । सही गरिदेउ ।’’
यसरी बिपीले भारतलाई सहमत गराउनुभयो ।
उहाँफर्किएपछि मन्त्री रामनारायण मिश्र दिल्ली जानु भयो र पहिलोपटक नेपाल भारतबीच समानताको आधारमा व्यापार वाणिज्य सन्धी भयो । तर सहमति कार्यान्वयन नहुँदै राजाले संसदीय व्यवस्थामा कू गरे ।
त्यो सन्धीको व्यापक दुरुपयोग भयो । नेपालका सिमावर्ति क्षेत्रमा नक्कली कम्पनी खडा गरी ‘मेड इन नेपाल’ छाप लगाएर भारतमा सामान पठाउने काम भयो ।
यसरी सन्धी लामो समय जानसक्ने वातावरण भएन ।
त्यस यता कति पटक भारतले नेपाललाई आर्थिक नाकावन्दी लगायो तर समानताको आधारमा सन्धी हुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघमा बिपी

बिपी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्र« संघको महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएको थियो । त्यो बेला सिंगो विश्व प्रजातन्त्रवादी र कम्युनिष्ट दुई ध्रुवमा विभाजित थियो भने अविकसित साना मुलुकहरुका समस्या झनै विकराल थिए ।
त्यो सम्मेलनमा रुसका प्रधानमन्त्री निकिता खुस्रेवले राष्ट्र«संघमा तीन वटा महासचिव राख्नु पर्ने प्रस्ताव गरे। पश्चिम, कम्युनिष्ट र तेस्रो मुलुकका लागि छुट्टा–छुट्टै महासचिव हुनुपर्ने उनको भनाई थियो । रुसको यस्तो प्रस्तावले राष्ट्र« संघको हालत ‘लिग अफ नेशन्स’को जस्तै हुन सक्ने भन्दै धेरैनेताहरुले चिन्ता व्यक्त गरिरहेका थिए । आफ्नो भनाईमा ध्यान नदिएको भनेर खुश्रेवले टेवलमा जुत्ता ठटाईदिए ।
महाशक्ति राष्ट्र«का नेताको त्यस्तो व्यवहारपछि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विश्ववन्धु थापाले बिपीको अनुमति लिएर उनको त्यो व्यवहारको विरोध गरे ।
त्यसपछि खुश्रेवले भनिदिए विश्व नक्शामा नेपाल कहाँ रहेछ? म आफ्ना नीजि सचिवलाई लगाएर खोज्न लगाउँछु । नेपालको सार्वभौमिकता माथि प्रश्न उठाईएपछि बिपी आफैँले प्रतिवाद गर्नुभयो ।
त्यहाँ बिपीले भन्नुभएको थियो नेपाल एक संसदीय प्रजातन्त्र भएको मुलुक हो । जहाँ कम्युनिष्ट पार्टीबाट विजयी चार सदस्य छन् । ती मध्ये एक जना त यति बेला नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसमा छन् ।
महाशक्ति राष्ट्र«हरुबीचको ध्रुवीकरण चलिरहेका बेला राष्ट्र«संघ साना राष्ट्र«हरुको हितका पक्षमा उभिनु पर्ने विचार बिपीले राख्नुभयो ।
विली व्रान्टदेखि बिपीका सोसलिष्ट साथीहरु जो थिए तिनीहरु सबैले त्यसको समर्थन गरे । बिपीको अत्यन्तै ठूलो प्रशंसा भयो ।
अनि खुश्रेव र बिपीबीच वार्ता भयो । त्यो बेला खुश्रेवले भनेका थिए ‘‘अघिको कुरा बिर्सिअएर हामी अघि बढ्नुपर्छ बरु भन्नुस्, तपाईहरुलाई हामीबाट कस्तो सहयोग चाहिन्छ ?’’
अनि बिपीले भन्नुभयो ‘‘नेपालको विकासका लागि मैले पञ्चवर्षीय योजना अघि सार्दै छु, मुख्यतया सडक निर्माण र ठूला उद्योग स्थापनामा हामीलाई तपाईहरुको सहयोग चाहिन्छ ।’’
रुसले सहयोगको प्रतिवद्वता जनायो तर बिपी फर्किएको केही समयपछि राजाले कू गरिहाले ।
पछि त्यही सहमतिका आधारमा रुसीहरुले पथलैयादेखि ढल्केवरसम्म पूर्वपश्चिम राजमार्ग बनाए, जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी कारखाना लगायत चार÷पाँच वटा ठूलो उद्योग स्थापना गरे ।

इजरायललाई मान्यता
राष्ट्र«संघबाट फर्किंदा इजरायलको भ्रमण गर्नुभयो । उहाँको साथमा भारतीय समाजवादी पार्टीका एक नेता पनि थिए । बिपीले त्यहाँको संसदलाई संवोधन गर्नुभयो । त्यो बेला बिपीलाई बधाई दिँदै तीभारतीय समाजवादी नेताले भनेका थिए ‘‘बिपीबाबु तपाईले साँच्चै गज्जवको परिकल्पना गर्नु भएको रहेछ । बास्तवमा हामी प्रधानमन्त्री नेहरुबाट यस्तो अपेक्षा गथ्र्यौं ।
त्यही बेला बिपीले इजरायललाई राजनीतिक मान्यता दिनुभयो । दक्षिण एशियाबाट इजरायललाई मान्यता दिने नेपाल पहिलो राष्ट्र हो ।
बिपीले मसँग भन्नु भएको थियो ‘‘उनीहरुको सहयोग लिएर म नेपालमा कृषिलाई आधुनिकीकरण गर्ने योजना सञ्चालन गर्न चाहन्थेँ । जस्तो पूर्वमा मोरङमा मध्यमा चितवनमा, पहाडमा पोखरामा र सुदूरपश्चिममा धनगढी, यो जस्ता ठाउमा त्यस्ता केन्द्र खोलेर भूतपूर्व सैनिकहरुको सहभागीतामा कृषिलाई व्यवसायीकरण गर्ने मेरो सोचाई थियो ।’’
एक पटक मैले सोधेको थिएँ ‘‘सान्दाजु सैनिकहरु नै किन ?’’
उहाँले भन्नुभयो ‘‘सैनिक भनेको १५÷२० वर्ष एउटा अनुशासनमा बसेको हुन्छ, उनीहरुलाई अनुशासन थाहा हुन्छ, कति बेला खाने, कति बेला सुत्ने, कति बेला के गर्ने ? अर्को कुरा उनीहरुलाई कुरा सम्झाउन पनि सजिलो हुन्छ । सैनिकले काम सिकेपछि उनीहरु मार्फत् किसानलाई तालिम दिएर अघि बढ्नुपर्छ भन्ने मेरो सोचाई थियो तर राजाले कू गरिहाले । मैले त्यो योजना अघि बढाउन पाइन ।’’

सैनिकको पेन्सन व्यवस्थापन
त्यसैगरी भारतीय र ब्रिटिस सेनाबाट निवृत्त गोर्खा सैनिकहरुको पेन्सन देश विकासमा लगाउने आफ्नो योजना बारे बिपीले एक पटक मलाई सुनाउनुभएको थियो । उहाँले यस विषयमा भारत र बेलायतसँग कुरा गरिसक्नुभएको थियो । बिपीले भन्नुभएको थियो ‘‘भुपू सैनिकहरुको १० वर्षको पेन्सन मलाई एकमुस्ट दिने व्यवस्था गरिदिनुस् । म त्यसलाई बंैकमा राखेर नेपालको विकासमा लगाउँछु र भुपू सैनिकलाई समयमै उनीहरुको पेन्सन दिने कुराको ग्यारेन्टी नेपाल सरकारले गर्छ । उनीहरुको पेन्सनमा कुनै गडबड हुँदैन ।’’
त्यही आधारमा औद्योगिक विकास बंैक (एनआइडिसी) स्थापना गर्नुभयो, औद्योगीकरणमा सहयोग पुग्छ भनेर ।
२०३६ सालको जनमत संग्रह ताकाको कुरा हो । बिपीका साथ म पनि नेपालगञ्ज तिरको कार्यक्रममा गएको थिए ।
नेपालगञ्ज विमानस्थलवाट पहाड तिर उड्दा तल झुपडी मात्र देखिए । जंगल फडानी भएको छ । मानिसको जीवन स्तर त्यस्तो देखेर बीपीको आँखाबाट आँशु झ¥यो । अनी मैले सोध्नैपर्यो, के भयो सान्दाई ? किन आँशु झार्नुभयो ?उहाँले माथिको प्रसंग सुनाउँदै भन्नुभयो । मैले देश बनाउन त्यस्तो परिकल्पना गरेको थिएँ । राजाले काम गर्न दिएनन् । आज जनताको यो हाल देख्दा लाग्छ मेरो सपना चकनाचुर भयो । अनि भन्नुभयो ‘‘हेर त तलजंगल फाँडेर झुपडी मात्रै पो बनाएका छन् त ?

सगरमाथ विवाद अन्त्य

बीपी चीन भ्रमणमा जाँदा दलाई लामा भागेर भारत पुगेका थिए । ल्हासामा चीनले सैनिक हस्तक्षेप गरिसकेको थियो ।
त्यही बेलामा चीनले सगरमाथाको प्रश्न उठायो । सगरमाथा, तिव्बतमा पर्छ अर्थात् चीनमा पर्छ भनेर ।
उहाँलाई चीन जानुअघि नै यस्तो प्रश्न उठ्न सक्छ भन्ने लागि सकेको रहेछ । त्यसैले पूरा तयारीका साथ जानुभएको थियो । चीन हिड्नुअघि उहाँले दुई पटक इतिहास शिरोमणी बाबुराम आचार्यसँग कुराकानी गर्नुभयो । आचार्यले सगरमाथा क्षेत्रको अध्ययन गर्नु गरी त्यहाँका जनताहरुसँग तिमीहरु यसलाई के नामले पुकार्छौ ?भन्दै सोधी खोजी गरीे २०१३ सालमा एउटा अखबारमा लेख लेख्नुभएको थियो । जसमा पहिलो पटक माउण्ट एभरेष्टलाई सगरमाथा भनिएको थियो ।
त्यो भन्दा पहिला त्यो चुचुरोको नाम भारतीय र बेलायतीहरुले माउण्ट एभरेष्ट राखेका थिए ।
तीब्बतीयनहरु चोमुलुङ्गा भन्थे । बाबुरामसँग कुराकानी गरी सगरमाथाको नक्शासहित बिपी चीन भ्रमणमा निस्कनु भएकाले त्यहाँ प्रश्तुत हुन सहज भयो ।
चीनले सगरमाथा आफ्नो क्षेत्रमा पर्ने भन्दै दाबी प्रश्तुत ग¥यो । बिपीले सम्झाउन धेरै प्रयास गर्नुभयो । प्रधानमन्त्री चाउ एन लाईसँग कुरा मिलेन । अनि बाबुराम आचार्यले दिएको नक्शा देखाएर सगरमाथा भन्दा ४÷५ किलोमिटर उत्तरसम्मको भूमि नेपाल भित्र पर्ने दाबी प्रश्तुत गर्नुभयो ।
यस्तैमा एक दिनको कुरा हो । अचानक मध्यरातमा कसैले बिपी बसेको होटलको ढोका ढकढकाएको आवाज सुनियो । बिपी सुत्ने तरखरमभा हुनुहुन्थ्यो ।
खोलेर हेर्दा एक जना चिनियाले भनेछन् अध्यक्ष माओ तपाईलाई अहिले भेट्न चाहनुहुन्छ । यही होटलको अर्को भागमा प्रतिक्षारत हुनुहुन्छ ।
राति नै माओसंग उहाँको भेट भयो । माओले सगरमाथालाई दुवै देशको मितेरी चुचुरोका रुपमा राख्न प्रस्ताव गरे । बिपीले भन्नुभयो ‘सगरमाथासँग नेपालीको भावनात्मक सम्बन्ध छ । हामी आफ्नो भू–भागलाईसाझा चुचुरो बनाउन सक्दैनौँ ।’’
त्यो भ्रमणमा बिपीसँग यातायात मन्त्री गणेशमान सिंह र गृहमन्त्री सूर्यप्रसाद उपाध्याय हुनुहुन्छ । परराष्ट्रमन्त्रीले गर्ने काममा यी दुईजना मन्त्री किन लगिए ? यो बडो संवेदनशील कुरा छ । कुनै सन्दर्भमा सूर्पप्रसादजीका बारेमा कुरा गरौँला । किन बिपीले उहाँलाई साथमा लिएर चीन जानुप¥यो ।

अध्यक्ष माओले अन्तिममा भनेका थिए ‘‘ठिक छ अरु विषयमा प्रधानमन्त्री चाउ एन लाईसित कुरा गर्नुहोला ।
बिपी फर्किनुभयो । त्यसको केही समयपछि चिनियाँ प्रधानमन्त्रीको नेपालभ्रमण भयो । अन्तिम दिन पत्रकार सम्मेलनमा भारतीय पत्रकारहरुले नेपालको भूमिमा चिनले दाबी गरेको हो भनेर प्रश्न उठाए ।
पीटीआईका संवाददाताले सोधे ‘‘होइन, सगरमाथामा चीनले दाबी गरेको कुरा के हो ? के चीन नेपालको भूमिमा दाबी गर्न चाहन्छ ?
प्रधानमन्त्री चाउ एन लाईले भनिदिए ‘‘पहिलो कुरा त हाम्राबीचमा त्यस्तो कुनै विवाद नै छैन । भएपनि हामी आपसमा मिलेर समाधान गर्छौं ।’’
फेरि पनि तीपत्रकारले दोहो¥याएर प्रश्न सोधेपछि अलिकति इरिटेट (दिक्क) भएर चाउ एन लाईले भनिदिए ‘‘यो विषयमा इण्डियनहरुलाई किन चित्त दुखाई ? नेपालको प्रधानमन्त्रीले जे भन्नु भएको छ । त्यसलाई चीन स्वीकार गर्छ ।हामी कसैको भूमि लिन चाहँदैनौँ, ९२ लाख किलोमिटर त चाइनाको आफ्नै भू–भाग छ, त्यसमा हामीलाई अरुको किन चाहियो । यो हाम्रो र नेपालको मामिला हो ।’’
यसरी सगरमाथा विवादको अन्त्य भयो ।
तर एउटा बिडम्बना २०१७ साल पुस १ को घटनापछि २०१८ मा राजा महेन्द्र चीनको भ्रमणमा गए । फर्किएपछि अहिले रत्नपार्क रहेको स्थानमा राजाको ठूलो नागरिक अभिनन्दन भयो । त्यसबेला एउटा सानो विद्यार्थीको हैसियतले म त्यहाँ पुगेको थिए । राजाले त्यो दिन भनेको अझै याद छ ‘‘नेपाली जनतालाई यो भन्न पाउँदा मलाई बडो खुशी लागेको छ, सगरमाथा हिजो जहाँ थियो, आज पनि त्यहीँ छ र भोलि पनि त्यहीँ रहनेछ ।’ तलाटा जनताले राजाको कुरा के बुझे । ताली पिटे ।

अन्त्यमा
बिपीले दुई ठूला छिमेकी भारत र चीन चीनसँग समानताको आधारमा नेपालको प्रतिष्ठा, इज्जतलाई सम्मान हुने गरी सम्झौता गराउनुभयो ।
यसरी नेपाल जस्तो सानो मुलुकले आफ्नो स्वाभिमान र स्वतन्त्रताको लागि ठूला समानताको आधारमा स्वीकृत मुलुकसँग सम्बन्ध स्थापित गर्नु चानचुने कुरा होइन । त्यसैगरी संयुक्त राष्ट्रसंघ विश्व शक्ति राष्ट्र«हरुलाई समेत प्रभावमा पार्न सक्नु बिपीको कुटनीतिक सफलता हो ।
त्यसैगरी इजरायललाई मान्यता दिनु पनि कम क्रान्तिकारी निर्णय थिएन । नेपालका लागि बिपीको त्यो डेढ वर्षे कार्यकालमा जति उपलब्धी हासिल भएको थियो, त्यसपछिका कुनै सरकारले त्यो तहमा काम गर्न सकेनन् । पञ्चायतको कुरै छोडौं, लामो समय काँग्रेसले नै सरकार चलायो । आफूलाई बडो क्रान्तिकारी भन्ने कम्युनिष्ट पार्टीहरु पनि पटक–पटक सरकारमा गए, कसैले पनि यो स्तरमा नेपालको इज्जत, प्रतिष्ठा बचाउने गरी सम्झौता गर्न सकेनन् ।
(नोटः पत्रकार होमनाथ दाहाल, नेपाली काँग्रेसका नेता र पूर्व मन्त्री हुन् । बिपी निकट राष्ट्र«पुकार साप्ताहिकका सम्पादक दाहालसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालीहरु भारतमा किनमेल गर्न जान छोडेपछि नेपाल भारत सिमानाका पसलहरु बन्द
  • २०७८ आश्विन १५, शुक्रबार १७:२५
  • In "थप"
  • उपेन्द्र यादवले मलाई चीनको इसारामा सांसदबाट हटाए : सरिता गिरी
  • २०७८ आश्विन १५, शुक्रबार १७:२५
  • In "देश"
  • गायिका लता मंगेशकरको निधन
  • २०७८ आश्विन १५, शुक्रबार १७:२५
  • In "BannerNews"
Tags: #विचार#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

ओलीले लगाए मधेसी दलहरुमाथि गम्भीर आरोप

मुख्यमन्त्री राउतलाई बचाउन जसपा आज अख्तियारविरुद्ध मशाल जुलुश निकाल्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version