• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कोठामा युवतीको रहस्यमय मृत्यु, ‘म गण्डकीमा हाम फाल्छु’ भनी श्रीमानले लेखेको नोट फेला


कोठामा युवतीको रहस्यमय मृत्यु, ‘म गण्डकीमा हाम फाल्छु’ भनी श्रीमानले लेखेको नोट फेला

पोखरा । पोखरा–१ अधिकारी टोलमा एक युवतीको शव भेटिएको छ। बाजुराको जगन्नाथ गाउँपालिका–१ बस्केनाकी १८ वर्षीया निरुता शाह बन्द कोठामा मृत भेटिएकी हुन्।

बन्द कोठाबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले युवतीको पहिचान खुलाएको हो।प्रहरीले ताला फोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको थियो।

प्रहरीका अनुसार शव छेउमा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट थियो। चिटमा गणेशले आफू ठेकेदारकोमा काम गरेको पैसा मागेर फर्किंदा श्रीमती कोठाभित्रै झुन्डिरहेको अवस्थामा फेला परेको कुरा जानकारी गराएका छन्।

‘उनकै लागि घरपरिवार त्यागेर आएँ। उनले मलाई छाडेर गइन्। म पनि बाँचेर अर्थ छैन। म गण्डकीमा हाम फाल्छु। लास भेटियो भने हामी दुवैलाई सँगै जलाइदिनू,’ चिटमा लेखिएको छ।

निरुता र गणेश उक्त कोठामा भाडामा बस्दै आएका थिए। निरुताको परिवारले भने उनको आत्महत्या नभई हत्या नै भएको दाबी गरेको छ। घटनाबारे जानकारी पाएपछि निरुताका बुबा नन्दबहादुरले बिहीबार पोखरा आएर गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन्। २७ वर्षीय गणेश भने हालसम्म भेटिएका छैनन्। उनले प्रयोग गर्ने फोन ‘स्विच्ड अफ’ छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुवास हमाल पोस्टमार्टम रिपोर्टपछि मात्रै हत्या वा आत्महत्या भन्ने खुल्ने बताएका छन्। निरुताको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

पप सुपरस्टार शाकिरा परिन् बँदेलको आक्रमणमा, भन्छिन्- तिनीहरूले सबथोक बर्बाद पारे

फेरी खतरा बढ्यो भन्दै प्रशासनले काठमाडौमा यस्ता काम गर्न आजैवाट रोक लगायो (सूचना हेर्नुस्)

राजकाज त्यागेर प्रेमीसंग विवाह गर्दै राजकुमारी, ऋण तिर्न नसकेर विवाह रोकिएका कुमरोले राजकुमारीलाई बेहुली बनाउन पाए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version