• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिन्जियाङमा हिरासतमा लिइएका उईगर मुस्लिमलाई ‘पुनः शिक्षा’ शिविरमा पठाइन्छ , यो एउटा जेलजस्तै जबर्जस्ती पनि गरिन्छ


सिन्जियाङमा हिरासतमा लिइएका उईगर मुस्लिमलाई ‘पुनः शिक्षा’ शिविरमा पठाइन्छ , यो एउटा जेलजस्तै जबर्जस्ती पनि गरिन्छ

 चीनले आइतबार सिन्जियाङ प्रान्तको जनसंख्याबारे एक श्वेत पत्र जारी गरेको छ । चीनको सातौं राष्ट्रिय जनगणनालाई उल्लेख गर्दै श्वेतपत्रमा यो क्षेत्रमा जातीय अल्पसंख्यकको जनसंख्या निकै बढेको उल्लेख गरिएको छ ।

सिन्जियाङ प्रान्तमा चीनले वीगर मुसलमानमाथि मानवअधिकारको उल्लङ्घन गर्दै आएको आरोप लाग्दै आएको छ । यो प्रान्तमा उसले एक डिटेन्सन क्याम्प स्थापना गरेको पश्चिमा मुलुकले दाबी गर्दै आएका छन् । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले भने यो श्वेतपत्रलाई उद्धृत गर्दै पश्चिमा मुलुकले लगाउँदै आएको ‘नरसंहार’ को आरोप अस्वीकार गरेको छ ।

उक्त श्वेतपत्रका अनुसार सन् १९५३ मा वीगर मुसलमानको संख्या ३६ लाख थियो । यो संख्या २०२० मा बढेर एक करोड १० लाख पुगेको छ । स्टेट काउन्सिल इन्फरमेसन अफिसले २०१५ पछि सिन्जियाङको जनसांख्यिकीय विकास पहिलोपटक सार्वजनिक गरेको हो । यसमा पछिल्लो सात दशकको आँकडा समावेश गरिएको छ ।

सिन्जियाङको कार्यालयबाट सार्वजनिक गरिएको यो १० औं श्वेतपत्र हो । यसअघिका श्वेतपत्र मानवाधिकार उपलब्धि, तालिम, शैक्षिक केन्द्र, रोजगार र आतंकवाद नियन्त्रणको उपायमा आधारित थियो ।

ग्लोबल टाइम्सले चीन विरोधी शक्तिलाई जवाफ दिन यो श्वेतपत्र जारी गरिएको बताएको छ । चीनलाई बदनाम गराउन पश्चिमा मुलुकले सिन्जियाङबारे नकरात्मकता प्रचार गरिरहेको चीनको आरोप छ । पश्चिमा मुलुकले वीगर मुसलमानमाथि चीनले ‘जनसंहार’ सम्मको आरोप लगाएका छन् ।

श्वेतपत्रमा उल्लेख गरिएअनुसार सन् २०२० मा सिन्जियाङको समग्र जनसंख्या २ करोड ५० लाख थियो । यसमध्ये हान जातीय समुदायको जनसंख्या एक करोड र जातीय अल्पसंख्यकहरुको जनसंख्या एक करोड ४० लाख थियो । सिन्जियाङमा १९५३ मा जातीय अल्पसंख्यकको संख्या ४४ लाख थियो ।

२१ शताब्दीभन्दा पहिलाको दुई दशकमा वीगर मुसलमानको जनसंख्या १.६७ प्रतिशतले बढेको थियो । सो अवधिमा चीनको कुल जातीय अल्पसंख्यकको जनसंख्या भने ०.८३ प्रतिशतले बढेको थियो ।

चीनको सिन्जियाङमा १० लाखभन्दा धेरै वीगर मुसलमानलाई हिरासतमा लिइएको बताइँदै आएको छ । सिन्जियाङ उत्तर–पश्चिमी चीनको एक ठूलो क्षेत्र हो, यहाँ टर्की मूलका मुसलमानको बसोबास छ । यो समुदायमाथि चीनले ज्यादती गरेको आरोप लाग्दै आएको छ । सिन्जियाङमा हिरासतमा लिइएका मानिसलाई ‘पुनः शिक्षा’ शिविरमा पठाइन्छ । यो एउटा जेलजस्तै हो । यहाँ विना कुनै कसुर अनिश्चितकालसम्म उनीहरुलाई राखिन्छ ।

यद्यपि धेरै मानिसलाई जेलको सजाय पनि दिइएको छ । २०१७ पछि यो संख्या उल्लेख्यरुपमा बढेको छ । हिरासतमा लिइएका वा अन्य आरोप लागेका मानिसको विवरण भने निकै कममात्र उपलब्ध छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनको वुहान स्थित रिसर्च ल्याबबाट कोरोना संक्रमण लिक भएको हो ?
  • २०७८ आश्विन १४, बिहीबार १२:५२
  • In "देश"
  • आफ्नो कम्पनीमा प्रतिबन्ध लाग्ने भएपछि चीनमा आयो भुकम्प
  • २०७८ आश्विन १४, बिहीबार १२:५२
  • In "अन्तराष्ट्रिय"
  • चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा
  • २०७८ आश्विन १४, बिहीबार १२:५२
  • In "अन्तराष्ट्रिय"
Tags: #world#अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जाँदै

एमालेलाई गुटमुक्त पार्टी बनाउनुपर्छ : मुख्यमन्त्री शाक्य

हेटौंडामा निरन्तर अनुगमन, म्याद नाघेका खाद्यय पदार्थ नष्ट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version