No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तराईमा सन्तानको दीर्घायुको कामना सहित जितिया पर्व मनाउँदै

तराईमा सन्तानको दीर्घायुको कामना सहित जितिया पर्व मनाउँदै

सिरहा । भनिन्छ, संस्कृति नै मानिसको पहिचान हो। यही पहिचानले मानिस र प्रकृतिबीचको सम्बन्ध युगसम्म कायम रहिरहन्छ। तराईमा अहिले जितिया पर्वको रौनक र उल्लास छ खासगरी विवाहिता थारु महिला र आमाहरुको लागि। सांस्कृतिक सम्पदाहरूको धनी थारु समुदायले शिरुवादेखि फगुवासम्म अर्थात वैशाखदेखि चैतसम्म बाह्रै महीना प्रकृतिलाई आधार बनाएर आफ्नो सांस्कृतिक चाडबाडहरु मनाउँदै आएका छन्।

तराइ(मधेशको पर्वहरु शिरुवा, अखारही, रैब, जितिया लगायतका  निष्ठापूर्वक मनाइने पर्वहरु परिवारको कल्याण, आरोग्य, सुख(समृद्धि, सन्तानको दीर्घायुको कामना सहित मनाउने गरिन्छ। यी पर्वहरुले लोकसँग साइनो गाँसेर जुन पक्षको संरक्षण र सम्मान स्थापित गरेका छन्। यसले मूलतस् समाज र लोकहितकै पक्षमा महत्वपूर्ण योगदान मात्रै गरेका छैनन् संस्कृतिको पहिचान र संस्कृतिको प्रतिधिनित्व कायम गरिरहेका छन् ।

संस्कृतिको पहिचान र संस्कृतिको प्रतिधिनित्व कायम गर्दैं आउका यी पर्वहरुले थारु समाजसँगै तराइका अन्य समुदायहरुले पनि विस्तारै ग्रहण गर्दै आइरहेका छन्। खासगरी जितियालाई मिथिलाञ्चलमा पनि धुमधामले मनाउने गरिन्छ।उनीहरुले जितियालाई अनुसरण गर्दै सांस्कृति महत्वको पर्वको रुपमा स्वीकार गरिसकेका छन्।

जितियालाई पुर्वमा कोसी, पश्चिममा गण्डक, उत्तरमा खोच र दक्षिणमा गङ्गा नदीयताको भूभागमा मनाउँदै आएको थारु संस्कृतिविद् भुलाई चौधरी बताउँछन् । उनी भन्छन्, ‘जितिया पर्व उल्लिखित भू(भागबीच मुख्य रूपले प्रचलित रहेको छ। तराईका पूर्व झापादेखि पश्चिम नवलपरासी जिल्लाहरूमा जितिया पर्व भव्य रूपले मनाउँछन् । त्यतिमात्रै होइन भारतको बिहार, मिथिलाञ्चलमा पनि यस पर्वलाई उल्लासका साथ मनाइन्छ।’

साँस्कृतिक रूपले बृहत् भू(भागमा आ(आफ्नै नाम र प्रकारले जितिया पर्व मनाउने गरिए पनि थारु समुदायको मूल चिनारी बोकेको जितिया तराइ हुँदै काठमाडौं उपत्यकामा पनि यसको व्यापकता बढेको संस्कृतिविद् चौधरीको भनाई छ । ‘थारू समुदायमा जितियाको उल्लास र रौनक अझ बढी छ । थारू लगायतका गैर थारु समुदायमा जितिया पर्व धार्मिक अनुष्ठान र सांस्कृतिक पर्वका रूपमा मात्र सीमित नरहेर विशिष्ट उत्सवको रूपमा मनाउछन्। अहिले त काठमाडौं उपत्यकामा पनि जितमहानलाई पुज्ने चलन आइसकेको छ ।’

यस्तै चितवनमा थारू जातिमा मात्र देखिने जितियाको प्रभाव र प्रचलन नेपालसँगै भारतका भोजपुरी भाषी क्षेत्रमा ‘जिउतिया’को नामले प्रचलित रहेको उनी बताउँछन् । चितवनका थारु समुदायले जितियामा झम्टो नाच्ने गर्छन् भने सांस्कृतिक रुपमा महोत्सवको रुपमा हप्तादिनसम्म मनाउँदै आएको उनको भनाइ छ ।

जितिया पर्व मनाउने तरिका तथा यसमा प्रयोग हुने खाद्य सामग्री, पूजा गर्ने शैली, विधिरूलाई नजिकबाट हेर्दा आदिम मानिसहरुको पर्वभन्दा फरक नपर्ने उनी दाबी गर्छन्, ‘ जितियाको बेला महिलारआमाहरुले पूजा गर्ने घिरौलाको पातरफूल, तोरीको पिना, कमेरो माटो, कूस, पान, सुपारी, तूलसी, अछता, सानो केराउको दाना, तेल, सिन्दुर र फलफूलले मानव र प्रकृतिबीचको सम्बन्धलाई दर्शाउँछ । प्रकृतिमा भएका तोरीको पिनाले कपाल राम्रो बनाउने, माटोले नुहाएमा कपालमा साबुन लगाउन नपर्ने र सिन्दुरले नारीको शक्ति दर्शाउने भएकाले प्रयोग भएको हुनुपर्दछ।यसले आफ्नो वरपर भएका वानस्पतिक सम्पदाहरूको टेवालाई बल पुर्याइरहेको हुन्छ । ‘

ओल र माछाको ओटघन दर

व्रतालु महिलाहरुले थिति अनुसार ओटघन ९दर० खाने चलन हुन्छ जसमा अनिवार्य रुपमा व्रतालु महिलाले ओल ९माटो मुनि फल्ने एक प्रकारको तरकारी जसमा अधिक मात्रामा आइरन तत्व पाइन्छ० र माछा खाने चलन छ। तर आजभोलि शहरमा बस्ने व्रतालुहरुले आफूले इच्छाएको अनुसार दर खाने चलन आइसकेको छ। सक्नेले गच्छे अनुसार माछा ल्याएर खान्छन्  भने गाउँघरमा अझै पनि सकेसम्म ओलकै तरकारी ओटघनरदरमा खाने चलन छ।

तराईमा फाँटमा ओल र नदी तथा पोखरीहरूमा माछाको पर्याप्तताले गर्दा त्यहाँ व्रतालुहरुलाई उपवास बस्न सजिलो बनाइदिन्छ । किनकी स्वास्थ्यका दृष्टिले माछा र ओलको तरकारी एकदमै लाभकारी खाद्यवस्तु हुन् । जितियाको व्रत सुरु हुनुअघि यसको सेवनको परिपाटीलाई भने यसबाट प्राप्त हुने ऊर्जासँग जोडेर हेर्न सकिन्छ । अर्थात् ओलजस्तो आडिलो खाद्य खानाले यो कठिनतम उपवास सजिलै पार लाग्न सकोस् भनेर नै यसको उपयोग गर्न थालिएको हो । प्रकृतिका यी सामग्रीहरुले मानवीयता, समानता, स्वास्थ्य, प्राकृतिक सन्तुलन जस्ता पक्षको संरक्षण तथा प्रवद्र्धन गर्ने सांस्कृतिक परम्परालाई कायमै राखेको छ ।

माइतीका दाजुभाइरसाथीसंगीसँग सुख(दुस्खका कुरा

जितिया मनाउन माइती आएका थारु महिलाहरुले वर्षदिनपछि दाजुभाइ साथीसंगी भेट्न पाएका हुन्छन्। उनीहरु वर्षदिनको सुख(दुस्खका कुराहरु साटासाट गर्छन्। खासगरी माइतीमा दाजुभाइसँग भएका मनमुटाव यहीबेला उनीहरुले सुल्झाउने गर्दछन्। किनकी व्रतालुहरुलाई लिन माइतीबाट दाजुभाइ अथवा दाजुभाइ नभए बुवा(आमामध्ये परिवारका सदस्य एकजना कोही न कोही लिन जानै पर्ने हुन्छ।

त्यतिबेला माइतीपक्षबाट लिन जाँदा मात्रै व्रतालु दिदीबहिनीले आफ्नो माइती पक्षसँग भएको मनमुटाव त्यागेर हासीखुसी आफ्नो माइतीमा आउन पाउँछन्। यो उनीहरुको लागि धेरै खुसीको क्षण मानिन्छ। नत्र माइती पक्षबाट लिन नगए व्रतालु दिदीबहिनीहरुले आफ्नो ससुरालमा जितिया मनाउनु पर्ने हुन्छ।

जितिया तराइका पश्चिम नवलपरासीदेखि पूर्व झापासम्मका थारु महिलाका साथै गैरथारु महिलाहरु ९मधेशी, दलितलगायत अन्य० पर्वको अवसरमा ठाउँ(ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरेका छन् ।

काठमाडौंमा भने थारु महिलाहरुले दुई ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन्। थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित मोटेश्वर सामुदायिक भवनमा जितिया कार्यक्रमको आयोजना गरेका छन् भने थारू महिला सभा काठमाडौँ उपत्यका समितिले कोरोनाको कारण देखाउँदै भर्चुअल माध्यमबाट जितियाको आयोजना गर्न लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
चिनियाँ राजदुतको दबाब र पुस्तक लोकार्पण

चिनियाँ राजदुतको दबाब र पुस्तक लोकार्पण

अपहरण गरेर भारत पुर्‍याएको बालकको भारतिय प्रहरीको सहयोगमा उद्दार

अपहरण गरेर भारत पुर्‍याएको बालकको भारतिय प्रहरीको सहयोगमा उद्दार

चीनमा बिद्युत संकट कारखाना बन्द , पसलमा मोमबत्ती बाल्नु बाध्यता , ब्रिटेनमा पेट्रोलको तीव्र कमी

चीनमा बिद्युत संकट कारखाना बन्द , पसलमा मोमबत्ती बाल्नु बाध्यता , ब्रिटेनमा पेट्रोलको तीव्र कमी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .