काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयताको सम्बर्द्धनका लागि सबै प्रदेशको आ-आफ्नो प्रहरी संगठन हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा भएको कार्यक्रममा उपसभापति निधिले संघीयताको सम्बर्द्धनका लागि सातवटै प्रदेशको आफ्नो प्रहरी संगठन हुनुपर्ने बताए । संविधानमा नै सबै प्रदेशको आफ्नै प्रहरी हुने व्यवस्था भएपनि हालसम्म संविधानको सो व्यवस्था कार्यान्वयन हुन नसकेको उनले बताए ।
उपसभापति निधिले नेताहरुले नै संघियता अनुकुलको मानसिकता बनाउन नसकेको टिप्पणी गरे ।
नेताहरुमा टोलको अधिकार पनि सिंहदरबारबाट सम्पादन गर्ने मानसिकता रहेको भन्दै उहाँले नेताहरुले संघीयताको बारेमा जनतालाई प्रशिक्षित गर्ने र आफु पनि प्रशिक्षित हुनुपर्ने बताए ।














