No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ई-सिम ल्याउँदै टेलिकम, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

ई-सिम ल्याउँदै टेलिकम, सिम कार्ड किन्नुपर्ने बाध्यता हट्ने

काठमाडौं । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ई-सिम ल्याउने भएको छ । विज्ञान तथा प्रविधिले गरेको विकासले प्लास्टिकको सिम कार्डबिना नै फोन प्रयोग गर्न सकिने भएकाले टेलिकमले पनि आफ्ना प्रयोगकर्तालाई ई-सिम ल्याउने तयारी भएको हो ।

टेलिकमले उक्त अवधारणामा नेपालमा ल्याउनको लागि डिभाइसलगायत आवश्यक पूर्वाधारको बारेमा अध्ययन तथा छलफल गरिरहेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । उनका अनुसार प्रविधिको विकाससँगै अघि बढ्नुपर्छ भन्ने टेलिकमको अवधारणा हो । त्यसैले टेलिकमले सो प्रविधिमा ल्याउनुपर्छ भन्ने हो ।

नेपालमा उक्त ई-सिम कार्यान्वयनमा आए हाल सिम कार्ड किनेर चलाउनुपर्ने बाध्यता हट्ने टेलिकमको दाबी छ । टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) उपलब्ध गराउने तयारी रहेकाले सिमकार्ड किनेर चलाउनुपर्ने बाध्यता हट्ने भएको हो ।

विशेषगरी छिमेकी देश भारतमा समेत ई–सिमको प्रचलन शुरू भइसकेको छ । भारतको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक जियोले ई–सिम कार्यान्वयनमा ल्याइसकेको छ ।

त्यसैगरी नेपाल टेलिकमले पनि ई–सिम कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढाएको छ । हाल नेपालमा प्लास्टिकबाट बनेको चिप जडित सानो कार्ड प्रयोग गर्दै आएका छन् । जसमा आफ्नो डिभाइसअनुसार सानो, मध्यम र ठूलो प्रकारका सिम प्रयोग हुँदै आएको छ । प्रविधिको विकाससँगै टेलिकमले कार्डको साटो मोबाइल डिभाइस तथा विभिन्न डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने ई–सिम उपलब्ध गराउने भएको छ ।

टेलिकमले आफ्नो क्षेत्राधिकारलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न प्रविधिको विकास गर्दै आएका छन् । सोहीअनुसार टेलिकमले ई-सिम कार्यान्वयन गर्नको लागि गृहकार्य शुरु प्रवक्ता जोशी बताउँछन् ।

उनका अनुसार नेपाल टेलिकमले आफ्नो आगामी आर्थिक वर्ष २०७८/७९ मा कार्यान्वयन गर्नका लागि विभिन्न उपकरण तथा अध्ययन गरिरहेको छ ।

‘ई-सिमको लागि टेलिकमले अध्ययन तथा छलफलकै क्रममा रहेको छ,’ उनले भने, ‘सम्भवत् यो वर्ष नै उक्त अवधारणा ल्याउने तयारी गरेको छ ।’

के हो ई–सिम ?
ई-सिम मोबाइल फोनमा प्रयोग हुने भर्चुअल सिम हो ।

ई-सिम मुख्य डिभाइसका लागि प्रयोग हुनेछ । उक्त डिभाइसमा सिम कार्डबिनै मोबाइल तथा डिभाइसमा इन्टरनेट तथा फोन गर्न सक्ने व्यवस्था हुनेछ ।

हाल नेपाली बजारमा सिम कार्ड किने मोबाइलको डिभाइसअनुसार सिम कार्डको प्रयोग गर्नुपर्दछ । तर आगामी दिनमा ई–सिम कार्यन्वयन आएमा उक्त सिम कार्ड किनेर हाल्नुपर्ने बाध्यता हट्नेछ ।

ई-सिमको अवधारणा सञ्चालनमा आएमा अहिले सिमकार्ड किन्ने प्रचलनको अन्त्य हुने टेलिकमको भनाइ छ । जसमा डिभाइसमै सम्पूर्णसिमको सेवा सुविधा भएकाले सहज हुनेछ ।

‘ई-सिम प्रयोगमा आएपछि टेलिकमको सेवा प्रदायक कार्यालयमा गएर सिम लिन आवश्यक पर्दैन,’ उनले भने, ‘अबको दिनमा भौतिक रुपमा उपस्थित भई गर्ने कार्यको अन्त्य हुनेछ ।’

ई-सिम कार्ड हरायो, वा बिग्रियो भनेर हुने तनाव समेत नहुने देखिन्छ । ई-सिमले अपरटेर परिवर्तन गर्दा दोस्रो सिम कार्ड लिने झन्झट समेत पर्दैन । टेलिकम सेवा प्रदायक समेत फरक–फरक रहेकाले उनीहरू परिवर्तन गर्न चाहेमा समेत सहजै गर्न सकिने सुविधा रहेको छ ।

आइफोन, सामसुङ, गुगल, मोटोरोला जस्ता स्मार्ट फोनमा ई–सिमको सुविधा रहेको छ । ती कम्पनीको मोबाइलमा ई-सिम सपोर्ट गर्ने विवरणहरू सार्वजनिक भएका छन् । ई-सिम टेलिकम कम्पनीले ओभर द एयर एक्टिभेट हुनजान्छ । तर, त्यसमा प्रयोगकर्ताले आफ्नो सिम

कार्डको जस्तै फिचरसमेत पाउन सक्नेछन् । ई-सिम कार्डको प्रयोगकर्ताले अपरेटर बदल्न खोजेको खण्डमा सजिलै परिवर्तन गर्न सक्नेछन् ।
सामसुङको ग्लोक्सी नोट २० नोट २० अल्ट्रा, सामसुङ ग्लोक्सी एस २१, ५ जी, एप्पलको ११, आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स, आइफोन १२ मिनी, आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्समा पनि ई–सिम सपोर्ट गर्ने भएको छ । त्यसैले सो सिस्टमलाई सपोर्ट गर्नको लागि डिभाइस उपलब्ध नभएकाले सो अनुसारको डिभाइस उपलब्ध गर्न आवश्यक रहेको उनले बताए ।

ई-सिममार्फत एउटा फोनबाट अर्को फोनमा डेटा सार्न, ई–सिममा उपलब्ध डेटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । साथै, डिभाइसमा इम्बेड भएर आउने ई–सिमले भौतिक रुपमा उपस्थित भई डिभाइसको कार्य गर्नुपर्नेको अन्त्य हुने टेलिकमको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
हुम्लाको विवादित नाम्खा गाउँपालिकाको लिमी-लाप्चा क्षेत्रबाट अवलोकन सुरु

हुम्लाको विवादित नाम्खा गाउँपालिकाको लिमी-लाप्चा क्षेत्रबाट अवलोकन सुरु

मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ

मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .