No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आयोग खारेज नगर्न भूमि अधिकार मञ्च सिरहाले सिडियो मार्फत बुझाए विशेष अनुरोध पत्र

आयोग खारेज नगर्न भूमि अधिकार मञ्च सिरहाले सिडियो मार्फत बुझाए विशेष अनुरोध पत्र

संजय यादव, गोलबजार,सिरहा
९ साउन २०७८
सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेको भन्दै खारेज नगर्न राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सिरहाले शुक्रबार प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल मार्फत भूमि व्यवस्था सहकारी तथा गरीबी निबारण मन्त्रालयलाई विशेष अनुरोध पत्र बुझाएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा प्रधानमन्त्रीमा नियुक्त भएसँगै भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेको समाचार आएपछि राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सिरहाको ध्यानाकर्षण भएको मञ्चले जनाइएको छ । राष्ट्रिय भूमि अधिकार मञ्च सिराहाका सदस्य समस्तीलाल आलेले २०७८ साउन ३ गते प्रधानमन्त्रीमा शेरबहादुर देउबाले विश्वासको मत प्राप्त भएको समाचारसँगै सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग नै खारेज गर्न लागेको समाचार आएपछि हामीलाई निकै दुःखी बनाएको छ । यसले पुस्तौँदेखि भूमि समस्या भोगिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र वर्षोदेखि भोगचलनमा रहेको जग्गालाई आफ्नो भन्न नपाएका अव्यवस्थित बसोबासीहरुलाई आशा, अपेक्षा निराशामा बदलिएको बताए ।

उनले भने, स्थानीय तह मार्फत लगत संकलन देखि जग्गा नापजाँचका कामसमेत भइरहेको अवस्थामा आयोग नै खारेज गर्नुले १७ लाख भूमि अधिकारबाट बञ्चितहरु प्रति सरकारले विभेद गरेको महसुस भएको बताए । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सिरहाका अध्यक्ष चन्द्र बहादुर मोक्तान द्वारा हस्ताक्षरित बिशेष अनुरोध पत्रमा भनिएको छ, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नैपर्ने समस्या हो । देशभर लगत संकलनको कार्य अन्तिम अवस्थामा पुगेको र नाप नक्सा कार्यभई कामले समेत गति लिइरहेको अवस्थामा सो कार्यले निरन्तरता पाउने सुनिश्चिता नगरी आयोग नै विघटन गर्नु उचित नहुने व्यहोरा अवगत गराउँदै हाल भइरहेको काम र उपलब्धिलाई असर नपर्ने गरी निर्णय लिनु हुनेछ भन्ने विश्वासका साथ यो विशेष अनुरोध पेश गरेका छौं । मञ्चका अगुवा देबीलाला सदा दुखित हुँदै भने, राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल भूमि अधिकारबाट बञ्चितहरूको संगठन रहेको बताए । मञ्चले नागरिकको सुरक्षित आवास, गुणस्तरीय जीविका र सम्मानपूर्वक जिउन अधिकारकालागि भूमिमाथिको स्वामित्व र पहुँच सुनिश्चित हुनुपर्ने विषयमा वकालत र अभियान गरिरहेको संगठन रहेको बताए । उनले थपे, विभिन्न संघर्ष, आन्दोलन, बाधा तथा चुनौतीहरुको सामना गर्दै भूमिहीनहरुको भूमिमाथीको स्वामित्वको संघर्ष गर्दै यहाँसम्म आएको समेत बताए । सरकारले भूमि अधिकारको लागि समस्या समाधान अबिलम्ब गर्नुपर्नेमा झन आयोग नै खारेज गर्न लागेकोले भूमि अधिकारबाट बञ्चित भएकाहरुको मनोबल नै खसाउने काम भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानमा सोझा हिन्दु समुदायका मानिसलाई बलपुर्वक धर्म परिवर्तन गराउदैं

चिनको वुहान स्थित प्रयोगशालाबाट नै विश्व भरी कोरोना फैलिएको चर्चा

चिनको वुहान स्थित प्रयोगशालाबाट नै विश्व भरी कोरोना फैलिएको चर्चा

अभियानले सिरहामा शनिबार जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन

अभियानले सिरहामा शनिबार जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गर्दै पुतला दहन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...