No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिल गेट्स र वारेन बफेटले बनाउन लागेको नेट्रियम आणविक भट्टी के हो ?


बिल गेट्स र वारेन बफेटले बनाउन लागेको नेट्रियम आणविक भट्टी के हो ?

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गत हप्ता जब ऊर्जासँग सम्बन्धित आफ्नो नयाँ परियोजना नेट्रियमको बारेमा बताइरहँदा दाबी गरे : ऊर्जाको क्षेत्रमा यो एक अहम मोड हो ।

गेट्सले नयाँ किसिमको उक्त आणविक ऊर्जा भट्टीलाई नेट्रियम नाम दिएका छन् र त्यसको पेटेन्ट पनि दर्ता गराइसकेका छन् ।

बिल गेट्सले उक्त परियोजनामा अर्का अर्बपति वारेन बफेटसँग मिलेर करोडौँ डलर लगानी गरिरहेका छन् ।

गेट्सको कम्पनी टेर्रा पावर र बफेटको कम्पनी प्यासिफिक कर्पले एक संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो पहिलो रिएक्टर प्रोजेक्टको रुपमा रहेको नेट्रियम पावर प्लान्ट अमेरिकाको वोमिंग राज्यस्थित पूरानो बन्द भैसकेको कोइला भट्टीमा स्थापना हुने घोषणा गरेका छन् । स्मरण रहोस् वोमिंग अमेरिकाको सबैभन्दा ठूलो कोइला उत्पादक राज्य पनि हो ।

नेट्रियम परियोजनालाई जलवायु परिवर्तनविरुद्धको लडाइँका साथै नवीकरणीय ऊर्जालाई बढावा दिने बिल गेट्सको लक्ष्यको एक हिस्सा भएको बताइएको छ ।

परमाणु ऊर्जा र नवीकरणीय ऊर्जा भलै विरोधाभासी कुरा लाग्दछन् तथापि कतिपय क्षेत्रमा यी स-साना र अत्याधुनिक रिएक्टरहरु हरितगृह ग्याँसको उत्सर्जन घटाउन तथा हावा र सौर्य ऊर्जाको कमी भएको बेला बिजुलीको आपूर्ति गर्नका लागि निकै महत्वपूर्ण सावित हुन्छन् । यी रिएक्टरहरु परम्परागत इन्धन बाहेक अन्य अलग अलग इन्धनबाट चल्दछन् ।

१५ वर्षअघि बिल गेट्सले स्थापना गरेको कम्पनी टेर्रापावरले यही आधारमा यस परियोजनामा काम गरिरहेको छ । जसमा वारेन बफेटको उर्जा कम्पनी प्यासिफिक कर्प पनि सामेल भएको छ ।

टेर्रा पावरले आफ्नो वेबसाइटमा भनेको छ : नेट्रियम रिएक्टर तथा यसको एकीकृत ऊर्जा प्रणालीले के बताउँदछ भने परमाणु ऊर्जामा अनेक सम्भावना छन् र यसमा प्रतिस्पर्धा गर्न सकिन्छ ।

नेट्रियमले कसरी काम गर्छ ?

टेर्रापावरको वेबसाइटमा दिइएको जानकारी अनुसार यो ऊर्जा उत्पादन तथा भण्डारणको नयाँ प्रविधि हो जसमा सोडियम चिस्यानयुक्त ३४५ मेगावाटको उच्चगतिको रिएक्टर हुनेछ जसमा ऊर्जा भण्डारणमा पग्लेको लवणमा आधारित प्रणाली रहनेछ । यसले उच्च मागका बेला प्रणालीको विद्युत उत्पादन क्षमता ५ सय मेगावाट सम्म पुर्‍याउनेछ । यसबाट करीब ४ लाख घरमा विजुली आपूर्ति गर्न सकिनेछ । कम्पनीका अनुसार यो भट्टी निर्माण गर्न १ अर्ब डलर लाग्नेछ ।

स्पेनको न्युक्लिएर इन्डस्ट्री फोरमका अनुसार नेट्रियम एक नयाँ प्रविधि हो जसको उद्धेश्य विद्यमान रिएक्टरहरुको प्रविधिलाई थप सजिलो बनाउनु हो ।

स्मरण रहोस् फोरमले टेर्रा पावरसँग मिलेर उक्त प्रविधिको विकास गरेको हो ।

फोरमका अनुसार नेट्रियम आणविक भट्टीमा प्राकृतिक युरोनियम तथा कमजोर युरेनियमलाई इन्धनको रुपमा प्रयोग गरिनेछ । सबै गैर परमाणु उपकरणहरुलाई छुट्टाछुट्टै भवनमा राखिनेछ जसले यो प्रणाली स्थापना गर्न सहज हुन्छ र लागत पनि कम लाग्दछ ।

कम्पनीका अध्यक्ष क्रिस लेवेस्क्यूका अनुसार यो परियोजनाको पहिलो भट्टी निर्माण गर्नमा करीब ७ वर्षको समय लाग्नेछ ।

नेट्रियमको बारेमा कुरा गर्दै उनले पत्रकारहरुसँग भनेका छन् : हामीलाई सन २०३० सम्ममा यो प्रकारको स्वच्छ ऊर्जा आफ्नो प्रणालीमा भएको हुनैपर्दछ ।

यो परियोजना अमेरिकी सरकारको ऊर्जा विभागस्थित एडभान्स रिएक्टर प्रदर्शन कार्यक्रमको
एक हिस्सा पनि हो ।

बिजनेस इनसाइडरको एक रिपोर्ट अनुसार नेट्रियम परियोजना अगाडि बढाउनका लागि टेर्रापावरलाई अमेरिकी ऊर्जा मन्त्रालयले ८ करोड डलर आर्थिक सहयोग गरेको छ ।

आगामी केही वर्षसम्म यो परिायेजनालाई थप अनुदान पनि दिने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

यस परियोजनाले आयोजना गरेको कार्यक्रममा बोल्दै वोमिंगका गर्भनर मार्क गार्डनले राज्यको नेगेटिभ कार्वन फुटप्रिन्ट हासिल गर्ने लक्ष्यमा यो सबैभन्दा तीव्र तथा स्वच्छ मार्ग भएको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन् : यी साना रिएक्टरले मागको आधारमा ऊर्जा उपलब्ध गराउनेछन् र यसमा कार्वनडाइअक्साइडको उत्सर्जनमा कमी आउनेछ । यो प्लान्टको निर्माण तथा सञ्चालनबाट सयौँ रोजगारीहरु पनि प्राप्त हुनेछन् ।

नेट्रियम आणविक भट्टीले उब्जाएको चिन्ता

यद्यपि केही अन्य क्षेत्रमा यस्तो खालको परियोजनालाई लिएर आशंका पनि व्यक्त गरिएको छ । अमेरिकामा विज्ञानको वकालत गर्ने एक गैरनाफामूलक समूह युनियन अफ कन्सन्र्ड साइन्टिस्टले नेट्रियम जस्ता अत्याधुनिक रिएक्टरहरुले परम्परागत खतराहरुको तुलनामा निकै ठूलो खतरा सिर्जना गर्नसक्ने चेतावनी दिएको छ ।

उक्त वैज्ञानिक समूहका निर्देशक एडिविन लाइमनले रोयटर्ससँगको कुराकानीमा भनेका छन् : यो प्रविधि निश्चित रुपमा विद्यमान रिएक्टर्सभन्दा फरक हो तर यो अहिलेको भन्दा उत्कृष्ट हो कि होइन भन्ने कुरा पूर्णरुपमा प्रष्ट भैसकेको छैन ।

युनियनले प्रकाशित गरेको रिपोर्ट Advance is not always better का लेखक समेत रहेका लाइमनका अनुसार सुरक्षा, दुर्घटनाको आशंका तथा परमाणु प्रसार जस्ता विषयमा यो झनै जोखिमपूर्ण छ ।

उक्त रिपोर्टअनुसार परम्परागत इन्धनको तुलनामा धेरै यस्ता एडभान्स रिएक्टरहरुमा प्रयोग हुने इन्धन Enriched अर्थात् उच्च प्रशोधित हुनु पर्दछ । यसको अर्थ यस्ता रिएक्टरमा प्रयोग हुने इन्धन हतियार निर्माणमा जुटिरहेका आतंकवादीहरुका लागि सहज निसाना बन्न सक्दछ ।

रिपोर्टमा भनिएको छ : यदि परमाणु उर्जाले जलवायु परिवर्तन रोक्नमा अहम भूमिका खेल्दछ भने नयाँ बनाउन लागिएका रिएक्टरहरु सुरक्षित तथा सुपथ सिद्ध हुनु अत्यन्तै आवश्यक छ ।

टेर्रा पावरका अध्यक्ष लेवेस्क्यूले चाहिँ नेट्रियम परियोजनाको बचाउ गर्दै उक्त परमाणु भट्टीले आणविक फोहोर कम गर्नमा अहम भूमिका खेल्ने बताउँछन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
कस्तो हुनुपर्छ खानपान तालिका ?

कस्तो हुनुपर्छ खानपान तालिका ?

अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाका नयाँ संक्रमित बढे

अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाका नयाँ संक्रमित बढे

कञ्चनपुरमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

कञ्चनपुरमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .