No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहाका एक जना स्थानीय नेताले सञ्चारकर्मीलाई दिए धम्की

सिरहाका एक जना स्थानीय नेताले  सञ्चारकर्मीलाई दिए धम्की

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सिरहाका एकजना स्थानीय नेताले एक सञ्चारकर्मीलाई धम्की दिएका छन् । कल्याणपुर नगरपालिका–११ घर भएका एमालेका स्थानीय नेता वैद्यनाथ साहले सञ्चारकर्मी सितल कुमार झालाई धम्की दिएका हुन् । सिरहा सदरमुकामबाट सञ्चालित रेडियो मुस्कानका सञ्चालकसमेत रहेका सञ्चारकर्मी झालाई उनले सामाजिक सञ्जाल फेसबुकको एउटा पोष्ट लिएर फोन गरी आफूसँगको दुश्मनी भारी पर्ने चेतावनी दिएका छन् । ‘पानीमा रहेर गोहीसँग दुश्मनी नगर,’ उनले बुधबार साँझ फोन गरेर झालाई भनेका छन्, ‘नत्र पछि केहि भयो भने यो नभन्नु कि यो कसरी भयो ।’ सञ्चारकर्मी झाले बुधबार साँझ एकजना स्थानीय नेताको समर्थनमा फेसबुकमा एउटा स्टाटस पोष्ट गरेका थिए । उनले लेखेका थिए, ‘कल्याणपुर नगरपालिकालाई रामबाबु यादव जस्तो नगर प्रमुख अति नै आवश्यक छ । अब कि बार रामबाबु कि सरकार । मेरो समर्थन खुल्ला रुपमा तपाईलाई ।’ रामबाबु यादव जसपाका स्थानीय नेता हुन् । गत स्थानीय चुनावमा तत्कालिन राजपाबाट मेयरमा उम्मेदवारी दिएका यादव झिनो मतले मात्रै पराजित भएका थिए । साह भने अब हुने स्थानीय चुनावमा मेयरको लागि उम्मेदवारी दिने आन्तरिक तयारी गरिरहेका छन् । स्थानीय सरकार आएको झण्डै ४ वर्ष बितेपनि नगरपालिकाको अवस्था जर्जर नै देखेर आफूले उक्त पोष्ट गरेको झाले बताए ।

‘कसैको समर्थन वा विरोध गर्नु सबैको मौलिक अधिकार हो,’ झाले भने, ‘मलाई नगरका अन्य नेताको तुलनामा रामबाबुजी राम्रो लागेर मैले उहाँको समर्थनमा स्टाटस लेखेँ । मैले समाचार लेखेको होइन फेरि, स्टाटस लेखेको हो । स्टाटस मान्छेका निजी विचार र धारणा हुन्छन् । तर, स्टाटसकै कारण यस्तो धम्की आएपछि दुःख लागेको छ । मैले त कसैलाई गाली गरेको छैन । मैले कसैको समर्थनमा लेख्दा उहाँलाई किन समस्या ?’ सञ्चारकर्मीलाई धम्क्याउने कार्य लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने भन्दै साहलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्यसमेत रहेका पत्रकार देवकुमार यादवले माग गरेका छन् । ‘सामाजिक सञ्जाल निजी विचार राख्ने माध्यम हो,’ उनले भने, ‘यहाँ जोसूकैले आफ्ना धारणा राख्न सक्छन् । तर, एउटा सञ्चारकर्मीमाथि सत्ताको आडमा यस्तो धम्कीपूर्ण भाषा प्रयोग गर्नु खेदजनक हो । यस्तालाई कानुनी दायरामा ल्याउन आग्रह गर्छु ।’ सञ्चारकर्मीलाई यस्तो धम्की दिने यस्ताहरुले निमुखा जनतालाई झन् कसरी तर्साएर राखेका होलान् भन्ने प्रश्नसमेत उनले गरे ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सञ्चारकर्मीको सुरक्षा गर्ने सरकारको दायित्व रहेको भन्दै आफू कहाँ उजुरी आए आफू कानुन सम्मत सहयोग गर्ने बताए । घटना सम्बन्धमा आफू कहाँ उजुरी आइनसेको र आएपछि कानुनी प्रक्रिया अगाडि बढाउने सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले बताए । यता, नेपाल पत्रकार महासंघ सिरहाले सञ्चारकर्मीमाथिको धम्की घटनाको भत्र्सना गरेको छ । राजनैतिक र सत्ताको उन्मादमा सञ्चारकर्मीमाथिको व्यवहार निन्दनीय रहेको भन्दै साहले सार्वजनिक रुपमा माफी माग्नुपर्ने अन्यथा कानुनी उपचार खोज्ने महासंघका अध्यक्ष मनोज बनैताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

Next Post
सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

कर्णालीमा जेठ २४ गते बोलाइयो बजेट अधिवेशन

कर्णालीमा जेठ २४ गते बोलाइयो बजेट अधिवेशन

कोहलपुर-सुर्खेत प्रसारण लाइनका लागि १३ हजार रूख काटिने

कोहलपुर-सुर्खेत प्रसारण लाइनका लागि १३ हजार रूख काटिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .