No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आफैंले थालेको छानविनमा फसे जर्साब

आफैंले थालेको छानविनमा फसे जर्साब

काठमाडौं । नेपाली सेनाका सहायक रथी पंकज कार्की कार्यालयकै एकजना महिला अधिकृतसँगको सम्बन्धका कारण बर्खास्तीमा परे तर, प्रकरणबारे न त महिलाले उजुरी दिएकी थिइन् न अरु कसैले । यसको सुरुवात् कार्की आफैंबाट भएको थियो ।

२८ नम्बर बाहिनी सिराहाको प्रमुख रहेका वेला महिला अधिकृतसँग जोड्दै समाचार आएपछि उनले आफ्नै सेकेण्ड म्यानविरुद्ध छानविन थालेका थिए । आफैंले थालेको अनुसन्धानको तरंग एक वर्षपछि जंगीअड्डासम्म पुगेर उनी आफैंमा फर्किएर टुंग्एिको छ ।

हालै महिला अधिकृतसहित उनी बर्खास्तीमा परेका छन् । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएकाले दुवैले पेन्सन चाहिँ पाउनेछन् ।

आर्थिक उजुरीबाट बचे, यौनकाण्डमा बर्खास्त

संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि कंगो गएर फर्किँदा सहायक रथी पंकज कार्की र एक जना महिला अधिकृतबीचको ‘विशेष सम्बन्ध’बारे गाइँगुइँ चलेको थियो । जब उनी २८ नम्बर बाहिनी सिराहाको बाहिनीपति भएर गए, त्यहाँका सेकेण्ड म्यान रामचन्द्र कार्कीसँग उनको राम्रो सम्बन्ध भएन ।

कमाण्ड सम्हालेको केही समयमै आर्थिक अनियमितता गरेको भन्दै कार्कीविरुद्ध जंगीअड्डामा उजुरी पर्‍यो । प्रधानसेनापति पूर्णचन्द्र थापाको आर्थिक अनियमिततामा शून्य शहनशीलताको नीति अनुरुप गोप्यरुपमा छानविन अघि बढाइयो । कुनै कैफियत नभेटिएपछि छानबिन रोकियो ।

त्यहीबीच बाहिनीपति कार्की र एक क्याप्टेनबीच शारीरिक सम्बन्ध रहेको खबर बाहिरियो । समाचार सहायक बाहिनीपति रामचन्द्रले लेखाएको भन्दै पंकजले आन्तरिक छानविन सुरु गराए । तर, उनले आफूले सूचना नदिएको दाबी गरिरहे ।

दुई उच्च सैन्य अधिकृतबीच द्वन्द्व बढ्दै गएपछि मध्य–पूर्वी पृतनासम्म खबर पुग्यो । त्यसवेलासम्म कार्कीको सम्बन्धबारे पुष्टि हुन सकेको थिएन । तर, सञ्चारमाध्यममा निरन्तर समाचार आइरहेपछि जंगीअड्डाले पनि चासो देखायो ।

सामान्यताः यौन दुराचारको विषयमा उजुरी परेपछि मात्रै जंगीअड्डाले छानविन गर्छ । तर, जर्नेल कार्कीको हकमा सार्वजनिक वृत्तमा धेरै चर्चा भएपछि गोप्य छानविन थालिएको स्रोत बताउँछ । त्यसका लागि जंगीअड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्‍यो, सुरुमा कैफियत देखिएन ।

तर, उपरथी गोकुल भण्डारीको अध्यक्षतामा गठित कोर्ट अफ इक्वायरीले जर्नेल कार्कीको मोबाइल डिटेलको विश्लेषण गर्‍यो । त्यसक्रममा कार्की र ती महिलाबीच अस्वभाविक सन्देश आदनप्रदान भएको देखिएको सैनिक स्रोत बताउँछ ।

‘शंकास्पद देखिएपछि छानविन टोलीकी महिला सदस्यले ती महिलासँग सोधपुछ गर्दा उनले पनि स्वीकारिन्’, स्रोतले भन्यो, ‘त्यसपछि पदीय मर्यादाविपरीत गतिविधि भएको निष्कर्ष निकालिएको हो ।’

यौनकाण्डमा कारबाहीमा पर्ने पहिलो उच्च अधिकृत

जंगीअड्डाका अनुसार महिलाले कार्कीविरुद्ध उजुरी दिएको यौन दुर्व्यवहार सम्बन्धी कसुरमा कारबाही हुन्थ्यो । र, त्यस्तो अवस्थामा महिलाको जागिर जाँदैनथ्यो । जंगीअड्डाकै अग्रसरतामा भएको छानविनपछि दुवै जनाले सैनिक एवं पदीय मर्यादा विपरित कार्य गरेको देखिएकाले दुवैलाई बर्खास्त गरिएको स्रोतले बतायो ।

दुवै जनालाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गर्ने गरी कारबाही गर्न ‘कोर्ट अफ इन्क्वायरी’ले प्रधानसेनापति पूर्णचन्द्र थापासमक्ष सिफारिस गरेको थियो । थापाले त्यसलाई सदर गरेका थिए ।

उनले प्रधानसेनापति भएदेखि नै आर्थिक अपारदर्शिता र यौन हिंसाको विषयमा शुन्य शहनशीलताको नीति अपनाइने बताउँदै आएका थिए । सैनिक अधिकृतहरुका अनुसार यौनकाण्डमा मुछिएर कारबाहीमा पर्ने मध्ये कार्की पहिलो उच्च सैन्य अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
दैनिक उपभोग्य खाद्यवस्तुमा अस्वभाविक मूल्यवृद्धि

दैनिक उपभोग्य खाद्यवस्तुमा अस्वभाविक मूल्यवृद्धि

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध

केपी ओलीले दिए भृकुटीमण्डपबाटै निम्तो, के गर्छ माधव नेपाल समूह ?

केपी ओलीले दिए भृकुटीमण्डपबाटै निम्तो, के गर्छ माधव नेपाल समूह ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .