No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जथाभावी पेन किलरको प्रयोगले मिर्गाैला रोगको जोखिम – डा. प्रेम ज्ञवाली

जथाभावी पेन किलरको प्रयोगले मिर्गाैला रोगको जोखिम – डा. प्रेम ज्ञवाली

बिहीबार विश्व मिर्गाैला दिवस । विश्व स्वास्थ्य संगठनले मिर्गाैला रोगको बारेमा जनचेतना जगाउने एवं यसको न्यूनीकरणको लागि भन्दै २००६ देखि मार्चको दोस्रो बिहीबार यो दिवस मनाउन सुरु गरेको हो ।

पेट र ढाडको बीचमा दुवैतिर सिबीको आकारको ४–५ इन्च लामो एक अंग रहेको हुन्छ । त्यसैलाई हामी मिर्गाैला भन्छौं । यसले रगतमा मिसिएको फोहोरलाई पिसाबको माध्यमबाट शरीरबाहिर फ्याँक्ने गर्छ । यसले खनिज र नुनलाई सन्तुलनमा राख्ने गर्छ । मिर्गाैला खराब हुँदा पिसाब धमिलो हुने, धेरै पटक वा कम पिसा लाग्ने, रिङ्गटा लाग्ने, लगातार वाकवाकी आउने वा झाडापखाल लागिरहने, हात खुट्टा सुन्निने र छातीको पछाडिपट्टिको भाग सुन्निने गर्छ ।

नेपालमा अहिले वर्षेनि ३ हजार जनाको मिर्गाैलाका रोगी थपिने गरेको सरकारी तथ्यांक छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. प्रेम ज्ञवालीका अनुसार नेपाल एकमात्र त्यस्तो देश हो जहाँ हेमो डायलासिस र मिर्गाैला प्रत्यरोपण निःशुल्क गर्ने गरिन्छ । यद्यपि नियमित डायलासिसको लागि भनेर तोकिएकाबाहेक अन्य अस्पतालमा आकस्मिक डायलासिस गर्दा भने शुल्क लाग्ने गर्छ ।

विश्व मिर्गाैला दिवसको अवसरमा प्रा.डा. ज्ञवालीलाई मिर्गाैला रोग र यसको रोकथाको विषयमा हामीले ४ प्रश्न सोधेका छौं ।

बाबुआमालाई मिर्गौला रोग छ भने बच्चामा त्यो सर्ने जोखिम कति हुन्छ ?

अहिले नेपालमा देखिएका मिर्गाैला रोगको अवस्थालाई विश्लेषण गर्दा ४ किसिमबाट मिर्गाैला रोग बल्झिएको देखिन्छ । पहिलो मधुमेह रोग लागेका मान्छेले गर्ने हेलचेक्रयाइँ हो । मधुमेहका रोगीले आफ्नो समस्यालाई बेवास्ता गर्दा मिर्गाैला रोग समेत निम्तिन सक्छ । दोस्रो रक्तचापका बिरामीले नियमि औषधि सेवन नगर्नु पनि यो समस्याको कारण हो । कतिपयले अलिकति सुधार हुनेबित्तिकै औषधि खान छाड्ने गरेको देखिन्छ । जुन पछि गएर मिर्गाैला रोगको कारण बन्न सक्छ ।

नेपालमा पत्थरीका बिरामीहरूमा समेत मिर्गाैलाको समस्या देखिएको छ । संख्याको हिसाबमा हेर्दा पत्थरीका रोगीमा मिर्गाैला खराब हुने कारण तेस्रो स्थानमा आउँछ । प्रश्नमा भनिए जस्तो बाबु आमालाई मिर्गाैलाको समस्या हुँदा छोराछोरीमा पनि यो समस्या देखिएका उदाहरण धेरै पाइन्छ । जन्मँदै मिर्गाैलामा समस्या बोकेर जन्मिनुलाई पोलिसिस्टिक किड्नी डिजिज भनिन्छ । संख्याको आधारमा यसलाई चौथो कारणको रुपमा लिन सकिन्छ ।

मिर्गाैला रोग कस्तो अवस्थामा डरलाग्दो हुन्छ र कस्तो अवस्था सामान्य हुन्छ ?

मिर्गाैला फेल हुने समस्या आफैँमा डरलाग्दो कुरा हो । मिर्गाैला रोग पत्ता लगाउने दुई वटा विधिहरू हुन्छन् । एउटा त यसमा लक्षण देखिन्छन्, त्यसपछि उपचार गराउन गइन्छ भने अर्काे पूरै मिर्गाैला खराब भइसक्दासम्म पनि यसमा लक्षण नदेखिन सक्छ । तर पनि मिर्गाैलाले कामै नगर्ने अवस्थामा पुगिसकेको हुन सक्छ । त्यसैले आफूलाई केही पनि समस्या छैन भने पनि वर्षको एकपटक मिर्गाैला रोग छ कि छैन भनेर परीक्षण गरिरहनु पर्छ । अर्काेकुरा मधुमेह र रक्तचापका बिरामीहरुले गर्ने लापरबाही पनि खतरनाक नै हुने गर्छ । त्यसैले यस्ता दीर्घरोगीहरुले नियमित औषधि खाने र बेलाबेलामा त्यसको परीक्षण समेत गरिरहुनपर्छ ।

मिर्गाैला रोग लागेकाहरुले कस्तो अवस्थामा डायलासिस गर्ने र कस्तो अवस्था प्रत्यारोपण गर्ने ?

मिर्गाैला रोग लागिसकेपछि सकेसम्म जतिसक्दो चाँडो मिर्गाैला प्रत्यारोपण गर्नुपर्छ । डायलासिस गर्ने विधि आफैँमा उपयुक्त होइन । यो मिर्गाैलामा समस्या भएपछि मिर्गाैला प्रत्यारोपण गर्नुपूर्वको बीचको समयमा गर्ने अस्थायी उपचार विधिमात्रै हो । यदि कहिलेकाहीँ मिर्गाैला प्रत्यारोपण गर्न मिर्गाैला दिने मान्छे भएन भने त्यस्तो अवस्थामा डायलासिस गर्नुपर्छ । अन्यथा बिरामीले सकेसम्म डायलासिसभन्दा प्रत्यारोपणलाई बढी प्राथमिकता दिनुपर्छ । सकिन्छ भने डायलासिस नगर्दै प्रत्यारोपण गर्नु उपयुक्त हुन्छ ।

मिर्गाैला रोग लाग्न नदिन र लागेपछि अपनाउनुपर्ने सावधानी के–के हुन् ?

मिर्गाैला रोग लाग्नै नदिनको लागि सबैभन्दा ठूलो कुरा त हामीले सुगर, प्रेसर जस्ता दीर्घरोगबाट बच्नुपर्छ । यी समस्याबाट सबैभन्दा धेरै मिर्गाैलामा समस्या देखिने गरेकोले यी समस्या भएका बिरामीले नियमित औषधि लिने, जीवनशैलीमा ध्यान दिने र समयसमयमा परीक्षण गरिरहनुपर्छ । सबैभन्दा ठूलो कुरा जहिलै पनि पेनकिलर खाने काम बन्द गर्नुपर्छ । सामान्य मान्छेले पनि सधैं पेनकिलर खाइरहँदा मिर्गाैलामा हानि पुगिरहेको हुन सक्छ । साथै, मिर्गाैला रोगको कहिलेकाहीँ लक्षण नदेखिने भएकोले नियमित स्वास्थ्य परीक्षण गराइरहनु पनि अनिवार्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

Next Post
ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

ओलीको कदमपछि माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

बादल समूहबाट को-को भए एमालेका केन्द्रीय सदस्य ?

बादल समूहबाट को-को भए एमालेका केन्द्रीय सदस्य ?

मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री, साँझ साढे ६ बजे सपथ

एमालेको महाधिवेशन आउँदो मंसिर २ देखि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .