No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बलात्कारको आरोपले अष्ट्रेलियाको राजनीतिमा ल्याएको हलचल

बलात्कारको आरोपले अष्ट्रेलियाको राजनीतिमा ल्याएको हलचल

काठमाडौं । एक पूर्व राजनीतिक सल्लाहकारले संसद् भवनमै आफ्नो बलात्कार भएको दाबी गरेपछि अष्ट्रेलियाको राजनीतिमा हलचल मच्चिएको छ ।

ब्रिटानी हिगिन्सले आफूमाथि एक पुरुष सहकर्मीले बलात्कार गरेको दाबी गरेकी हुन् । उनका अनुसार सन् २०१९ मा यो घटना हुँदा बलात्कार गर्ने व्यक्ति सत्तारुढ लिबरल पार्टीको सरकारमा एक मन्त्रीको कार्यालयमा सल्लाहकार थिए ।

हिगिन्सको यो दाबीसँगै अरु महिलाहरुले पनि मुख खोलेका छन् र, अनुसन्धान गर्न माग गरेका छन् ।

सन् १९८८ मा भएको भनिएको बलात्कारको घटनाले पनि अहिले चर्चा पाएको छ, जसमा क्याबिनेट मन्त्रीसमेत मुछिएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने उक्त मन्त्रीको यो आरोप अस्वीकार गरेको बताएका छन् ।

विपक्षी सांसदमाथि पनि बलात्कारको आरोपमा उजुरी परेको छ । शीर्ष राजनीतिकर्मीहरुमाथि नै आरोप लागेपछि अष्ट्रेलिया यौन दुर्व्यहारका मुद्दाले घेरिएको छ ।

ब्रिटानी हिगिन्सको आरोप

ब्रिटानी हिगिन्सका अनुसार उनी २४ वर्षको हुँदा उनले सानैदेखि चाहेको रोजगारी पाएकी थिइन् । काममा आबद्ध भएको केही साता मात्र बितेको थियो, मार्च २०१९ मा एक सिनियर सहकर्मीले बाहिरको कार्यक्रममा गएपछि बेलुका संसद् भवन लगे । धेरै मदिरा पिएकी उनलाई निद्रा लाग्यो र मन्त्रीको कार्यालयमा निदाइन् । बिउँझिदा उनले आफू बलात्कृत भएको थाहा पाइन् ।

आरोपीलाई केही दिनमै कार्यालयबाट बर्खास्त गरियो । त्यसको कारण रातमा संसद् भवनमा जान नपाइने संसद्को सुरक्षा नियम उल्लंघन गर्नु पनि थियो ।

ब्रिटानीले घटनाबारे तत्कालीन सुरक्षा उद्योग मन्त्री लिन्डा रिनाल्ड्सलाई सुनाएकी थिइन् । लिन्डाले आफूले ब्रिटानीलाई समर्थन गर्ने र यस विषयमा प्रहरीमा उजुरी दिन सुझाएको बताएका छन् । ब्रिटानी भने पद गुम्ला कि भनेर डराइन् ।

गत जनवरीमा प्रधानमन्त्री मौरिसनले यौन हिंसाबारे भाषणपछि भने उनले मुख खोल्ने निर्णय गरिन् । ‘मौरिसनको नजिकै एक महिला उभिएकी थिइन्, उनी यौन हिंसामा परेका महिलाको अधिकारको लागि अभियान चलाउँदै आएकी थिइन्’ ब्रिटानीले भनिन्, ‘मैले सोचेँ कि एकातिर यस्तो दृश्य छ र अर्कोतर्फ उनको सरकार मेरो मुख बन्द गराउन लागिपरेको छ । यो धोका हो । झुट हो ।’

अष्ट्रेलियाका प्रधानमन्त्रीको आलोचना

ब्रिटानीले घटना सार्वजनिक गरेको भोलिपल्ट प्रधानमन्त्री मोरिसनले माफी मागे । साथै त्यसबेला सरकारको तर्फबाट चालिएको कदमप्रति दुःख व्यक्त गरेका थिए ।

तर आफ्नी पत्नीले दुई छोरीलाई ध्यानमा राख्दै यो मुद्दा हेर्न गरेको आग्रहपछि ब्रिटानीको घटना राम्रोसँग बुझेको मोरिसन अभिव्यक्तिले उनी आलोचित भए । उनले भनेका थिए, ‘मेरी पत्नीले मलाई भनिन् कि तिमीले यो मुद्दालाई एक पिताको रुपमा हेर्नुपर्छ । तिम्रा छोरीहरुमाथि यस्तो भएको भए तिमी के गर्थ्यौं ?’

मोरिसनको यो भनाइको व्यापक आलोचना भयो । न्याय दिलाउन पिता हुुनु जरुरी नरहेको र यसको सट्टामा उनी प्रधानमन्त्री भएर पनि यो मुद्दा राम्रोसँग हेर्न सक्ने आलोचकहरुको भनाइ थियो । धेरै महिलाहरुले अष्ट्रेलियालाई पिताको नभई एक प्रधानमन्त्रीको आवश्यकता रहेको भन्दै मोरिसनको विरोध गरेका थिए ।

मोरिसनले भने आलोचनालाई गम्भीर रुपमा लिएनन् । त्यही कारण मोरिसन र उनका मन्त्रीमाथि प्रश्न छल्ने प्रयास गरेको आरोप समेत लागेको छ । अहिले पनि सरकारका मानिसहरुलाई यस विषयमा कति थाहा थियो ? र यो मामिलामा अहिलेसम्म केके काम भए ? भन्ने प्रश्न उठिरहेको छ ।

ब्रिटानीले भने पीडितमाथि नै आरोप लगाउने मानसिकताले प्रधानमन्त्री समस्या पार्नसक्ने बताएकी छिन् । भन्छिन्, ‘यो केवल मेरो लागि मात्र होइन अन्य पीडितहरुका लागि पनि हो ।’

अन्य पीडित

ब्रिटानी हिगिन्सपछि चार महिलाले पनि स्थानीय सञ्चारमाध्यममा आएर आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएका थिए । द अष्ट्रेलियनसँग बोल्दै एक महिलाले भनिन्, ‘सन् २०२० मा एक पुरुषले मेरो बलात्कार गरेको थियो । मैले ऊसँग ड्रिंक र डिनर पनि गरेकी थिएँ । सरकारले सन् २०१९ मा ब्रिटानीको मुद्दामा सही तरिकाले न्याय दिएको भए ममाथि यस्तो घटना हुँदैनथ्यो ।’

अर्की एक महिलाले सन् २०१७ मा आफू राति बाहिर एक कार्यक्रममा बलात्कार भएको बताएकी थिइन् । एबीसीको रिपोर्टअनुसार ब्रिटानीको मुद्दा आएसँगै उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।

बुधबार अर्की एक महिलाले पनि यौन सम्बन्ध राख्न आफूलाई दबाब दिएको बताएकी थिइन् ।

बलात्कारका आरोपी मन्त्री

गत शुक्रबार अष्ट्रेलियाका दुई विपक्षी सांसदले समाचार एजेन्सी एएफपीबाट प्राप्त भएको पत्र अगाडि ल्याएका छन्, जसमा एक मन्त्रीमाथि बलात्कारको आरोप छ ।

अहिले अष्ट्रेलियाको मन्त्री रहेका व्यक्तिले १९८८ मा १६ वर्षीया किशोरीको बलात्कार गरेको आरोप छ । अष्ट्रेलियाका सञ्चार माध्यमहरुले मन्त्री र पीडित दुवैको पहिचान गोप्य राखेका छन् । गत वर्षको सुरुआतमा महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् तर उनले आत्महत्या गरेसँगै अनुसन्धान रोकिएको थियो ।

पीडित महिलाकी साथीले गत साता प्रधानमन्त्रीलाई पत्र लेख्दै घटनाको स्वतन्त्र अनुसन्धान गर्न माग गरेकी छन् । प्रधानमन्त्री मौरिसनले भने यो मुद्दा प्रहरीमा रहेको भन्दै पन्छिएका छन् । सोमबार एक सञ्चार माध्यमसँग कुरा गर्दै मौरिसनले जसमाथि मानिस लगाइएको छ, उनले त्यसलाई अस्वीकार गरेको बताएका छन् । यसले घटनाको स्वतन्त्र अनुसन्धान हुनेमा धेरैले आशंका गरेका छन् ।

जनदबाब

पछिल्लो दुई सातामा अष्ट्रेलियाको राजनीतिक संस्कृति र लैङ्गिक भेदभावको विषयमा गम्भीर प्रश्न उठेको छ ।

राजनीतिक सल्लाहकारमाथि बलात्कारको आरोप लगाएकी महिलाले भयावह राजनीतिक अन्धकारमा काम गनुपर्ने वास्तविकतालाई उजागर गर्ने निर्णय गरेकी थिइन् । प्रधानमनन्त्री मौरिसनले पनि सरकारी व्यवस्थामा केही कमजोरी रहेको स्वीकार्दै कार्य–संस्कृतिमा सुधार ल्याउनु जरुरी रहेको बताएका थिए ।

यद्यपि सरकारले अर्थपूर्ण कदम चाल्नुपर्ने धेरैको मत छ । वहालबाला मन्त्रीमाथि गम्भीर किसिमको मुद्दा चलिरहँदा सही तरिकाले अनुसन्धान हुनुपर्ने उनीहरुको माग गरेका छन् । सरकारले भने उक्त माग अस्वीकार गरेको छ ।

ब्रिटानी हिगिन्सले आफूले प्रहरीमा आफूमाथि भएको घटनाबारे प्रहरीमा उजुरी दिएको र आफूले व्यवस्थामा महत्वपूर्ण सुधार आएको हेर्न चाहेको बताएकी छिन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
सरकार–विप्लव समूह वार्ता नजिक

सरकार–विप्लव समूह वार्ता नजिक

सर्लाहीको लालबन्दीबाट ३ महिनामा ११ करोडको ‘टमाटर’ बिक्री

सर्लाहीको लालबन्दीबाट ३ महिनामा ११ करोडको ‘टमाटर’ बिक्री

राजनैतिक दबाबमा कर्मचारी सरुवा गरेको भन्दै गाउँपालिकामा बुझायो ज्ञापनपत्र

राजनैतिक दबाबमा कर्मचारी सरुवा गरेको भन्दै गाउँपालिकामा बुझायो ज्ञापनपत्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .