No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुख्यमन्त्रीको आश्वासन पूरा भएन, राउटेले पाएनन् भत्ता

मुख्यमन्त्रीको आश्वासन पूरा भएन, राउटेले पाएनन् भत्ता

सुर्खेत । गत कात्तिक ८ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राउटे बस्ती पुगेर दशैं मनाए । दुई मन्त्रीसहित चिंगाड-४, देउरालीस्थित राउटे बस्ती पुगेका मुख्यमन्त्री शाहीले प्रदेश सरकारकातर्फबाट मासिक दुई हजार भत्ता दिने घोषणा गरे ।

‘आजकै दिनदेखि लागू हुने गरी प्रदेश सरकारको तर्फबाट तपाईहरुलाई मासिक थप २ हजार भत्ता दिने घोषणा गर्दछु,’ उनले भने, ‘राउटे समुदाय कर्णालीको गहना हो, यो समुदायको संरक्षणका लागि सरकारले छुट्टै प्रतिष्ठान नै बनाएर काम गर्छ ।’

तर, चार महिना बित्यो प्रदेश सरकारले न त भत्ता दियो, न त प्रतिष्ठान नै बनायो । सोमबार दिलबहादुर शाहीसहितको टोलीले मुख्यमन्त्री शाहीलाई भेटेर भत्ता नपाउँदा जनता भोकै रहेको गुनासो सुनाए । ‘चार महिना भयो भत्ता पाएनौं, सरकार भत्ता दिनुप¥यो, जनता भोकै छन्,’ मुख्यमन्त्रीसँग दिलबहादुर भने ।

जवाफमा मुख्यमन्त्री शाहीले, ‘राउटे समुदायको संरक्षण गर्ने दायित्व राज्यको हो । हामी छिट्टै समिति नै गठन गछौं, र समितिमार्फत तपाईंहरुका सबै समस्या समाधान गर्छौं’ भन्दै अर्को आश्वासन दिए ।

समिति गठन गरेर राउटे समुदायको खाना, नाना, छाना र सुरक्षाको प्रत्याभूति दिलाउने मुख्यमन्त्रीको आश्वासनपछि राउटेहरु फर्किए ।

मुख्यमन्त्री स्वयंले पटकपटक बोलेका कुरासमेत लागू हुन नसक्नु दुर्भाग्य भएको गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज वलीले बताए । नेपाली नागरिकताविहीन राउटे समुदायलाई गुराँस गाउँपालिकाले नै ‘परिचय पत्र’ दिएको छ ।

यता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले भने दुई महिना अगाडि नै राउटे समुदायलाई भत्ता दिने निर्णय गरेर अर्थ मन्त्रालय पठाएको बताए ।
‘गुराँस गाउँपालिकामार्फत भत्ता वितरण गर्ने निर्णय दुई महिना अगाडि नै गरेर अर्थ मन्त्रालयमा पठाइ सकिएको छ,’ सचिव सारुले भने, ‘अर्थ मन्त्रालयले गाउँपालिकाको खातामा रकम हाले नहालेकोबारे ठ्याक्कै थाहा भएन, बुझनुपर्छ ।’

उता, गाउँपालिकाका अध्यक्ष खेमराज वलीले भने हालसम्म खातामा रकम नआएको बताए । उनका अनुसार केन्द्र सरकारले दिँदै आएको मासिक तीन हजार रुपैयाँ भने पाउँदै आएका छन् ।

एक महिनामा १० जना राउटेको निधन

पछिल्लो समय अत्याधिक मदिरा सेवनका कारण राउटे समुदायमा मुत्यु दर बढ्दो छ । एक महिना यता मात्रै १० जना राउटेको मृत्यु भएको छ । अघिल्लो महिना १५६ जनाको संख्यामा रहेको राउटे समुदाय अहिले घटेर १४६ पुगेको छ ।

जनसंख्या घट्दै गएकाले मदिरा सेवन नियन्त्रण गर्ने र बस्तीको सुरक्षा गर्न प्रदेश सरकारले प्रहरी परिचालन गर्ने बताएको छ । ‘राउटे समुदायलाई मदिरा बिक्री गर्नेलाई कारबाही गर्छौँ । र, मदिरा नियन्त्रणसँगै उनीहरुको सुरक्षाको लागि प्रहरी परिचालन पनि गर्छाैँ,’ मख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने ।

राउटे समुदायमा मदिरा नियन्त्रण गर्नु चुनौती रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
बलात्कारको आरोपले अष्ट्रेलियाको राजनीतिमा ल्याएको हलचल

बलात्कारको आरोपले अष्ट्रेलियाको राजनीतिमा ल्याएको हलचल

सरकार–विप्लव समूह वार्ता नजिक

सरकार–विप्लव समूह वार्ता नजिक

सर्लाहीको लालबन्दीबाट ३ महिनामा ११ करोडको ‘टमाटर’ बिक्री

सर्लाहीको लालबन्दीबाट ३ महिनामा ११ करोडको ‘टमाटर’ बिक्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .