No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संसद पुनर्स्थापना भए प्रधानमन्त्री नबन्ने प्रचण्डको खुलासा

संसद पुनर्स्थापना भए प्रधानमन्त्री नबन्ने प्रचण्डको खुलासा

काठमाडौं । पछिल्लो समय नेकपा (प्रचण्ड-माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै आएका छन् । यसैसाता गृहजिल्ला चितवनमा पुगेर पनि उनले प्रधानमन्त्रीको लोभ नभएको बताए । के अब संसद पुनस्थापना भयो भने प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दैनन् त ?

शनिबार अनलाइनखबरले प्रचण्डसँग यसबारे थप स्पष्ट पार्न आग्रह गर्दा उनले संसद पुनस्थापनापछि प्रतिपक्षी दललाई सरकारको नेतृत्व गर्न दिनु उचित हुने प्रष्ट्याए । ‘हामीभित्रबाट भन्दा पनि अब अरु प्रतिपक्षबाट होस् । किनभने, हामी त सत्तामा बसेका भयौं नि । अहिले पो पार्टी फुट्यो त । हामी त सत्तामा बसेर सफल नभएकाभित्र पर्‍यौं नि त’ प्रचण्डले भने, ‘बरु प्रतिपक्षलाई दिएर हामी पनि त्यहाँ सहभागी भयो भने हुन्छ कि भन्ने मान्यता राखेर भनेको हो मैले ।’

आफू वा आफ्नो दलबाट भन्दा प्रतिपक्षबाट प्रधानमन्त्री बनेमा जनतामा पनि उचित सन्देश जाने र अन्तरािष्ट्रय सम्बन्ध पनि राम्रो हुने प्रचण्डको विश्लेषण छ ।

उनले अगाडि भने, ‘तपाईले सिधा बुझ्दा हुन्छ, त्यसो गर्दाखेरि जनतालाई पनि ठीकै हुन्छ भन्ने पर्ने, देशमा राजनीतिक स्थायित्व पनि हुने, हाम्रा छिमेकी र अन्तरराष्ट्रिय शक्तिहरुसँग सम्बन्ध पनि सुमधुर बनाउन पनि सकिने कारणहरुले गर्दा मैले यो भनेको हुँँ ।’

संसद पुनस्थापनापछि आन्दोलनरत दलबाटै सरकारको नेतृत्व हुने प्रचण्डले बताए । उनी भन्छन्, ‘अब संसद पुनस्थापना भइसकेपछि राष्ट्रिय सरकार वा संयुक्त सरकारमै जान्छ । त्यसरी हेर्दा, नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टीको वीचमा सहकार्यको सम्भावना नै अहिलेलाई प्रत्यक्ष देखिएको छ ।’

प्रचण्डले थपे, ‘केपी ओलीको संविधानविरोधी, लोकतन्त्रविरोधी कदमका विरुद्ध जो सडकमा छन्, तिनै राजनीतिक दलबाट नै नेतृत्व हुने हो । त्यसमा लागेका नेताहरु नै नेतृत्वमा आउने हो । प्रधानमन्त्री हुने त्यहीँभित्रबाट हो ।’

ओलीको समर्थन गर्नेहरुका तर्फबाट भने प्रधानमन्त्री बन्ने केपी ओलीबाहेक अरु नभएको प्रचण्डले बताए । उनले भने, ‘केपीको समर्थन गर्नेबाट त अर्को प्रधानमन्त्री हुने कुरा भएन, केपी नै छँदैछन् ।’

संसद पुनःस्थापना हुनेमा प्रचण्ड ढुक्क देखिएका छन् । उनी भन्छन्, ‘अब सर्वोच्चले फैसला सुनाउन मात्रै बाँकी देख्छु । पुनःस्थापनाको विकल्प छैन भनेर फैसला सुनाउँछ भन्ने नै देख्छु जताबाट पनि ।’

अध्यक्ष प्रचण्डले पुस ५ यता केपी ओली पूर्णरुपमा असफल भइसकेको दाबी गरे । अब छिमेकी भारतले समेत ओलीको असंवैधानिक कदमलाई समर्थन नगर्ने उनले दाबी गरे ।

प्रचण्डले अगाडि भने, ‘उहाँ (केपी ओली) अन्तराष्ट्रिय शक्तिले मलाई साथ दिन्छन् भन्ने भ्रममा पर्नुभयो कि भन्ने लाग्छ । दुई/चार महिनायताको आवत-जावत बस उठ हेर्दा कहीँ त्यस्तो हो कि भन्ने त लाग्छ । तर, म के ठान्छु भने हाम्रा छिमेकी र अन्तराष्ट्रिय शक्तिहरू लोकतन्त्रमा विश्वास गर्छन् ।…. अन्ततः ती शक्तिहरू पनि नेपाली जनमतभन्दा बाहिर जान सक्छन् भन्ने लाग्दैन । विगतका अनुभवले पनि त्यही देखाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
लकडाउनको बेला महिनामै १० अर्बको मोबाइल व्यापार

लकडाउनको बेला महिनामै १० अर्बको मोबाइल व्यापार

बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

बाबुराम भट्टराई नयाँदिल्ली प्रस्थान

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

मकवानपुरमा प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाई फायर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .