No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेकपा मिलाउन नसके ‘सोसलिष्ट सेन्टर’ बनाउने गृहकार्य गर्दै चीन

नेकपा मिलाउन नसके ‘सोसलिष्ट सेन्टर’ बनाउने गृहकार्य गर्दै चीन

चीनलाई तराई मधेशमा भित्र्याउने माध्यम बन्दै जसपा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछि दुवै पक्षलाई मिलाउन उत्तरी छिमेकी मुलुक चीनको कसरत निरन्तर जारी रहेको छ । उत्तरी छिमेकी मुलुकले नेकपाका दुवै पक्षलाई सकेसम्म मिलाउने नसके एउटा पक्षलाई आफ्नो काँधमा राखेर हिड्ने रणनीति अख्तियार गरेको छ । विभाजन नै हुन नदिनेगरी पहल गरिरहेको चिनियाँ टोलीले यदि विभाजन भए नजिकका मित्र दलसँग सहकार्यको वातावरण बनाउनेतर्फ पनि गृहकार्य गर्न थालेको छ ।

विभाजन लगत्तै नेपाल आएको कुओ यचौको टोलीले चार दिने भ्रमणको क्रममा जनता समाजवादी पार्टी लगायत नेपाली कांग्रेसका नेताहरुलाई समेत भेटघाट गरेर फर्केको थियो । धेरैजसो नेकपाका नेताहरुलाई भेटघाट गरेको यचौको टोली फर्कै लगत्तै काठमाडौ आएको अर्को चिनियाँ टोलीले नेकपा मिलाउने कसरत थालेको थियो । यचौको टोलीले सकेसम्म मिलाउने र नसके निर्वाचनमा सहकार्यको प्रस्ताव अघि सारेको थियो ।

यचौको टोली फर्के लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टी मिल्न पनि सक्ने संकेत गरेका थिए। उपप्रधानमन्त्री ईश्वर पोखरेलले पन सोही संकेत सिन्धुपाल्चोकको कार्यक्रममा गरेका थिए । तर नेकपा नेता कार्यकर्ताका अनुसार तत्काल पार्टी मिल्ने संभावना नभएपछि चिनियाँ टोली भने दुवै पक्षसँग नजिक भएका अन्य दलहरुसँगको सहकार्य गराउन लागि परेको छ । जनता समाजवादी पार्टी नेकपा दाहाल नेपाल निकटसँग नजिक भएका कारण सो समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र महन्थ ठाकुरले औपचारिक अनौपचारिक कुराकानी समेत गरेका छन् ।

निर्वाचनसम्ममा नेकपा दाहाल नेपाल समूह र जसपाको सहकार्य गराउने उनीहरुको तयारी छ । साथै संसद पुर्नस्थापना भए नेकपा दाहाल नेपाल समूह र जसपाको संयुक्त सरकार बनाउने कसरत पनि चिनियाँ पक्षले गरेको छ । सत्तारुढ दल नेकपा विभाजित भएपछि जनता समाजवादी पार्टीका राष्ट्रिय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दाहाल नेपाल समूहका अध्यक्ष माधव नेपाललाई कोटेश्वर पुगेर भेटघाट समेत गरेका थिए । विहिबार साँझ सात साढे ६ बजे कोटेश्वर पुगेका भट्टराई र अध्यक्ष नेपालबीच करिब दुई घण्टा कुराकानी भएको थियो । उनीहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमविरुद्ध मिलेर अघि बढ्ने विषयमा कुराकानी भएको नेपाल निकट स्रोतले जनाएको छ ।

पार्टी विभाजन भएपछि डा. भट्टराई पहिलो पटक अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टी खोलेका भट्टराई प्रचण्डका आलोचक हुन् । अध्यक्ष नेपालसँग ओलीले चालेको कदविरुद्ध संयुक्त मोर्चा बनाएर जाने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । ओलीको कदमलाई बेलैमा नरोके अझ संकटपूर्ण अवस्था आउने बताउदै भट्टराईले संयुक्त मोर्चाका लागि नेकपाले कार्ययोजना बनाउनु पर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

त्यसअघि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुलाई गोप्य रुपमा भेट गरेकी थिइन । केपी ओलीले जनता समाजवादी पार्टीका तत्कालिन अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराएपनि पछि उनलाई थाहै नदिइ मन्त्रालय सरुवा गर्ने र हटाउनेसम्मको काम भएपछि ओलीसँग चिढिएका उपेन्द्र यादवहरुले दाहाल नेपालसँगको सहकार्यलाई बढी जोड दिइरहेकाले चिनियाँ पक्ष उनीहरुलाई मिलाउने योजनामा लागिरहेको छ । साथै उनीहरुको योजना अनुसार निर्वाचन क्षेत्रमा जुन समूह बलियो छ उसैसँग सहकार्य गर्न लगाउने तयारी पनि चिनियाँ पक्षको रहेको स्रोतको दावी छ । यतिबेला यो विषयमा चिनियाँ राजदूत यान्छीले सक्रियता समेत बढाएकी छिन् । नेकपा मिल्न नसकेको अवस्थामा नेकपा दाहाल नेपाल पक्ष, जसपा सहितको सोसलिष्ट सेन्टर बनाउने अभियानमा पनि चिनियाँ कम्युनिष्ट पार्टीले गृहकार्य अघी बढाएको छ ।

पछिल्लो समय बारा–पर्सा औद्योगिक करिडोर चिनियाँ गतिविधिको केन्द्र बनेको र त्यहाँको स्थानीय जनप्रतिनिधि तथा क्षेत्रीय पार्टीको रुपमा उदाएको जसपासँग चीनले राम्रो सम्बन्ध समेत स्थापित गरेको छ । त्यससँगै बीरगन्ज क्षेत्रमा चिनियाँ लगानीकर्ता र कामदारको आउजाउ पनि बाक्लिएको छ । बीरगन्जमा जुङ थाङ टेनरी र हान हुई टेनरी गरी दुईवटा छाला उद्योग छन् । परवानीपुरमा हिमालयन फुड इन्टरनेसनल नामको मासु उद्योग छ, जसले भैंसीको मासु प्रशोधन गरेर भियतनाम हुँदै चीन निर्यात गर्छ । पर्साको उदयपुर घुर्मीमा रहेको हिरो मिट नामक मासु उद्योग पनि चिनियाँ लगानीकै हो । यी क्षेत्रमा चिनियाँ अधिकारी र जसपाका नेताहरुको राम्रै जमघट हुने गरेको स्रोतको दावी छ । सिराहाको लाहानमा रहेको दरवार होटल चिनियाँहरुलाई लीजमा दिलाउन र सर्लाहीमा सर्प पालनमा संलग्न गराउन पनि यादवको भूमिका रहेको बताइएको छ । ललितपुर कुपन्डोलमा कार्यालय रहेको चिनियाँ आइएनजिओ ‘इन्क्लुडेड हङकङ लिमिटेड’ले नेपालमा ‘इन्क्लुसिभ सिटिज फर माइग्रेन्ट्स’ कार्यक्रम चलाइरहेको छ । जसको माध्यमबाट पनि नेपालको आन्तरिक राजनीतिमा उनीहरुले पहुँच विस्तार गरिरहेको स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post
सेयर बजार झिनो अंककाे सुधार, कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता

सेयर बजार झिनो अंककाे सुधार, कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

भारतीय मिडियासँग ओलीले भने– प्रचण्डका गतिविधि अप्रजातान्त्रिक छन्

भारतीय मिडियासँग ओलीले भने– प्रचण्डका गतिविधि अप्रजातान्त्रिक छन्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .