राजविराज २७ असार । सप्तरीमा अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले अनौठो तरीका अपनाएको छ । जिल्ला अदालत सप्तरीले जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ स्थित ६० वर्षिय राजदेव दासको ०.०३८ धुर जग्गा खाली गराउन गरेको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले दासलाई कुटपिट गर्दै हतकडी लगाएर घर भत्काएको भिडियो सार्वजनिक भएको छ ।
पीडित दासका अनुसार जिल्ला अदालतबाट एक पटक जग्गाको नाप नक्सा भई विवाद निरुपण भइसकेको अवस्थामा पुनः नयाँ किसिमले नाप जाँच गराई आफुलाई दुःख दिने र अन्याय गर्ने काम भएको बताएका छन् ।
उनले आफ्नो नाममा दर्ता रहेको कित्ता नं. ५९४ र ५९५ को जग्गामा निर्माण गरिएको पक्की भवन बल प्रयोग गरी भत्काइएको र कतै कुनै सुनुवाई नभएको दुःखेसो समेत पोखेका छन् ।
उनले छिमेकी देव नारायण ठाकुरले पहुँचको बलमा प्रहरी, अदालतका कर्मचारी र नापी शाखाको अमिनको मदतले आफ्नो भवन डोजर लगाएर भत्काई लाखौंको क्षति पु¥याएको आरोप लगाएका छन् ।
यस अघि २०७२ साल चैत्र २ गते उक्त विवादित जग्गाको विषयमा सप्तरी जिल्ला अदालतबाट नापी कार्यालयका प्राविधि सहितको टोलीद्वारा स्थलगत नाप नक्शा भइसकेको उनको भनाई छ । सोही आधारमा कायम भएको जग्गामा घेरवार र भवन संरचना निर्माण गरेको उनको दाबी छ ।
तर विपक्षी ठाकुर पुनः नयाँ किमिसले उक्त जग्गाको नाप जाँच गराई २०८३ आसार २३ गते अदालतका कर्मचारी र प्रहरीको उपस्थितिमा डोजर लगाउन लगाई केही समय अघि मात्र निर्माण गरेको पक्की घर भत्काई दिएको दासको गुनासो छ ।
उनले यस अघि भएको नाप नक्शाको कुनै आधार नलिई सर्वेक्षक राज किशोर साहले पुनः नाप जाँच नक्सांकन गरी आफुलाई अन्यायमा पारेको समेत बताएका छन् ।
उनले पछिल्लो पटक मनपरी ढंगले नाप जाँच गरिएको दावी गर्दे आपत्ती जनाउँदा आफुलाई सोही टोलीमा आएका प्रहरीले कुटपिट गर्दै हतकडी लगाएको र सो क्रममा आफ्नो लुगा समेत च्यातिएको दुःखेसो पोखेका छन् ।
उनले एक पटक समाधान भइसकेको विषयलाई पुनः उठान गरी विवाद सिर्जना गरिएको र डोजर लगाएर घरमा तोडफोड गरिएको बताएका छन् ।
अदालतको पहिलो फैसलाको आधारमा उक्त जग्गामा लाखौको लागि गरेर भवन निर्माण गरेका थियो, दासले भने –“पछिल्लो पटक एक पक्षिय रुपमा पुनः नाप जाँच गराई घरमा तोडफोड गरी आतंक मचाउने काम भएको छ ।” उनले उक्त घटनाको निष्पक्ष छानविन गरी दोषिलाई कारवाही तथा आफुले उचित क्षतिपूर्ती रकम पाउनु पर्ने माग गरेका छन् ।
यता सप्तरी जिल्ला अदालतका तहसिलदार कृष्ण कुमार साहले अदालतबाट कसैलाई अन्याय हुने काम नभएको दावी गरे । उनले ठाकुरले दिएकै निवेदनका आधारमा प्राविधिक सम्मिलित टोली स्थल मै पुगि पुनः नाप जाँच गरेको तथा प्राप्त स–प्रमाणका आधारमा जग्गा खाली गराइएको स्पष्ट पारेका छन् ।
उनले उक्त जग्गाको विवाद आपसी छलफल र मेलमिलापबाट समाधान गर्ने प्रयास गरिए पनि सफल नहुँदा कानूनी व्यवस्थानुसार अदालत अघि बढेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1











