No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

महेश सिंह लहान सिरहा – बाल अधिकार संरक्षण तथा बाल श्रम अन्त्यको अभियानमा महत्वपूर्ण सफलता हासिल गर्दै सप्तरीको खडक नगरपालिकाले आफूलाई बाल श्रममुक्त नगर घोषणा गरेको छ। बुधबार आयोजित विशेष समारोहका बीच नगरपालिकाले औपचारिक रूपमा बाल श्रममुक्त नगर घोषणा गर्दै बालबालिकाको अधिकार संरक्षण र बालमैत्री समाज निर्माणप्रतिको प्रतिबद्धता व्यक्त गरेको हो।

खडक नगरपालिकाले सेभ द चिल्ड्रेन, सबल नेपाल सप्तरी तथा अन्य सरोकारवाला निकायहरूको सहकार्यमा विगत केही वर्षदेखि बाल श्रम न्यूनीकरण तथा उन्मूलनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो। समुदायस्तरमा जनचेतनामूलक अभियान, बाल अधिकार प्रवर्द्धन, विद्यालय भर्ना अभियान तथा नियमित अनुगमनका कारण नगरपालिका बाल श्रममुक्त घोषणा गर्न सफल भएको जनाइएको छ।

सबल नेपालका प्रतिनिधि अशोक साहले बाल श्रममुक्त नगर घोषणा दीर्घकालीन प्रयास र सहकार्यको परिणाम भएको बताउँदै बालबालिकालाई श्रमबाट मुक्त गरी शिक्षा र विकासको मूलधारमा ल्याउन स्थानीय तह, समुदाय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। उनले घोषणा पश्चात् पनि यसको दिगोपनाका लागि निरन्तर निगरानी र सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।

कार्यक्रममा नगर प्रमुख जयप्रकाश चौधरीले बाल श्रममुक्त नगर घोषणा खडक नगरपालिकाको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी महिला तथा बालबालिका शाखा प्रमुख अनिता साह, सेभ द चिल्ड्रेनका प्रतिनिधिहरू, बाल सञ्जालका प्रतिनिधिहरू, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

वक्ताहरूले बाल श्रम अन्त्य गर्नु मात्र नभई प्रत्येक बालबालिकालाई गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र विकासका अवसर सुनिश्चित गर्नु आजको आवश्यकता भएको बताए। उनीहरूले बाल अधिकार संरक्षणका लागि स्थानीय सरकार, नागरिक समाज, अभिभावक तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

खडक नगरपालिकाको यो घोषणा बाल श्रममुक्त समाज निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ भने यसले अन्य स्थानीय तहलाई पनि प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

Next Post
बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...