यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
काठमाडौं — शिक्षा मन्त्रालयले एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीसँग एकपटक मात्र भर्ना शुल्क लिन देशभरका विद्यालयहरूलाई निर्देशन दिएको छ। साथै, शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न पनि स्पष्ट निर्देशन जारी गरिएको छ।
मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै देशभरका ७५३ स्थानीय तहलाई उक्त निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न आग्रह गरिएको छ।
हालका दिनहरूमा केही विद्यालयहरूले अग्रिम भर्ना गर्ने, बढी शुल्क असुल गर्ने तथा एउटै विद्यालयमा कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिने गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र सुरु नभई भर्ना गर्न नपाइने व्यवस्था रहेको स्मरण गराउँदै मन्त्रालयले नियमविपरीत उठाइएको अग्रिम शुल्क तत्काल अभिभावकलाई फिर्ता गर्न निर्देशन दिएको छ।
यसैगरी, निर्देशन उल्लंघन गर्ने विद्यालयमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित
नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com
अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी
प्रधान सम्पादक : संजय यादव
© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .
© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .