No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मध्यपूर्व तनाव चर्किँदै: अमेरिकाद्वारा नागरिकलाई तत्काल स्वदेश फर्किन आपतकालीन आग्रह

ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई एक दर्जनभन्दा बढी मध्यपूर्वी देशहरूबाट “तत्काल फिर्ता” हुन आग्रह गर्दै आपतकालीन यात्रा परामर्श जारी गरेको छ ।

अमेरिका र इजरायलद्वारा इरानमाथि समन्वित हवाई आक्रमण तथा त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूलाई लक्षित गरी आक्रमण गरेपछि सुरक्षा जोखिम गम्भीर बनेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुवियोले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै मध्यपूर्वमा रहेका अमेरिकी नागरिकको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गरेका छन् । उनले नागरिकहरूलाई स्टेप प्रणालीमा दर्ता गर्न, ट्राभल एडभाइजरी हेर्न तथा आवश्यक परे २४ सै घण्टा उपलब्ध आपतकालीन नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

कन्सुलर मामिलासम्बन्धी सहायक विदेशमन्त्री मोरा नामदारले पनि अलग्गै सन्देश जारी गर्दै बहरेन, कुवेत, इजिप्ट, लेबनान, इरान, ओमान, इराक, कतार, इजरायल, वेस्ट बैंक तथा गाजा, साउदी अरेबिया, सिरिया, जोर्डन, संयुक्त अरब इमिरेट्स र यमनलगायत देशबाट व्यावसायिक उडानमार्फत तुरुन्त बाहिरिन आग्रह गरेकी छन् । मार्च २ अपराह्न ४ बजे (ईएसटी) अद्यावधिक गरिएको उक्त परामर्शमा ती देशहरूमा “गम्भीर सुरक्षा जोखिम” रहेको जनाइएको छ ।

यसैबीच, संयुक्त राज्य अमेरीकाको केन्द्रिय कमान्ड (सेन्टकम) ले मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा ६ जना अमेरिकी सैनिक मारिएको पुष्टि गरेको छ । सेन्टकमका अनुसार इरानको प्रारम्भिक आक्रमणमा प्रभावित एक सैन्य संरचनाबाट बेपत्ता दुई सैनिकको शव हालै फेला पारिएको हो । मृतकहरूको पहिचान आफन्तलाई जानकारी गराएपछि मात्रै सार्वजनिक गरिने बताइएको छ ।

पृष्ठभूमिमा फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा सैन्य कमाण्ड केन्द्र, हवाई प्रतिरक्षा प्रणाली, मिसाइल स्थल र महत्वपूर्ण संरचनालाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरेका थिए । ती आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित चार वरिष्ठ सैन्य तथा सुरक्षा अधिकारीको मृत्यु भएको दाबी गरिएको छ । राजधानी तेहरानसहित अन्य प्रमुख सहरहरूमा ठूला विस्फोट भएका थिए ।

यसको प्रत्युत्तरमा इरानले इजरायलसहित बहराइन, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स र जोर्डनमा रहेका अमेरिकी सम्पत्ति तथा सहयोगीहरूलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ । यसले मध्यपूर्वमा द्वन्द्व थप फैलिएको र सर्वसाधारण तथा विदेशी नागरिकको सुरक्षामा जोखिम बढेको आंकलन गरिएको छ ।

यसै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको मिसाइल क्षमता, आणविक महत्वाकांक्षा र आतंकवादलाई समर्थन अन्त्य गर्ने उद्देश्यले सैन्य कारबाही जारी रहने बताएका छन । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post
प्रसाईं प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

प्रसाईं प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

चितवनका सबै मतदान केन्द्रमा सामग्री र कर्मचारी पुगे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...