No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘६५८ दिन भयो प्रमाण खोई?’ – चितवनबाट रविको चुनौती

‘६५८ दिन भयो प्रमाण खोई?’ – चितवनबाट रविको चुनौती

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरुले नै देश जलाएको आरोप लगाएका छन्।

शुक्रबार चितवनमा आयोजित ‘हामी आयौं परिर्वतन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले आफूहरुलाई देश जलाउनेहरु भनेर आरोप लाग्ने गरेको बताउँदै सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने र बालबालिकालाई गोली हान्नेहरुले नै देश जलाएको तर्क गरे।

उनले भने,‘देश जलाउने मान्छेहरु भनेर हामीलाई आरोप पनि लगाइने गरेको छ। म फेरी पनि स्पष्ट पार्न चाहन्छु। पहिला स्कुलको ड्रेसमा आएका कलिला विद्यार्थीको छाती र टाउकोमा ताकि–ताकि गोली हानियो त्यसपछि मात्र संरचना जलाइयो। संरचना जल्नुहुँदैनथ्यो, तर गोली ठोकेर मान्छे मार्न हुँदैनथ्यो त्यहीबाट कुरा बिग्रियो। जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकालाई गोली ठोक्यो त्यसले जलाएको हो सिंहदरबार। त्यसैले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै मानिस हुन्, एउटै समुह हुन् र एउटै जात छ उनीहरुको अरु कोही होइन।’

त्यस्तै उनले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै आफूविरुद्ध प्रमाण छ भनेको ६५८ दिन भइसक्दा पनि प्रमाण दिन नसकेको बताए। सुशासनको नयाँ रेकर्ड कायम गरी रास्वपाले अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा लिएर जाने दाबी उनले गरे। अन्तराष्ट्रिय सम्बन्धलाई र साझेदारलाई मागि खाने भाँडो नभई गरिखाने अवस्था सृजना गर्ने उनको भनाई छ।

उनले भने,‘ममाथि प्रमाण छ भनेको आज ६सय ५८ औं दिन भएछ। मेरो अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएछ। मैले त्यसको जवाफ दिएको थिएन। म आज चितवनबाट भन्छु मेरो अन्तिम इच्छा के हो फागुन २१ मा मतपत्रमा देखाइदिनु होला। जुन घट्नाले आज देश यो परिस्थितिमा आइपुग्यो। त्यो दुखद् घट्नालाई सुखद् गन्तव्यमा लिएर जानुपर्ने छ। हामीसँग कोही त्रसित हुनुपर्देन। सुशासनको नयाँ रेकर्ड हामी कायम गर्छौं। अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा लिएर जान्छौं। अन्तराष्ट्रिय सम्बन्धलाई र साझेदारलाई मागि खाने भाँडो होईन। गरिखाने अवस्था सृजना गर्छौं। हामी मागेर देश बनाउँदैनौं।’

उनले राजनीतिक आस्था नत्यागेपनि यसपटक परिवर्तनका पक्षमा मत दिन अपिल गर्दै भने,‘इतिहासले मागेको कुरा नेतृत्वले दिन सकेन भने त्यो देश असफल हुन्छ। हामी यस्तो अवस्थामा छौं। अब हामीले असफल बनाउने छुट नै छैन। जो जहाँ राजनीतिक दलमा हुनुहुन्छ। त्यो राजनीतिक दलको आस्था त्याग्न पर्छ भनेकै छैन। मात्र घण्टीमा यसपटक भोट परिवर्तनको लागि किनकी ३० वर्षभन्दा मुनीका यति धेरै युवा उम्मेदवार बनेर इतिहासमा कहिल्यै आएका थिएनन्। युवा,महिला,जेनजी, जनजाति, थारु ,सहीद र घाईते भए भरका पेसाकर्मीको पार्टी रास्वपा हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग

फागुन २१ को निर्वाचन तयारी अन्तिम चरणमा, सबै जिल्लामा सामग्री पुग्यो

किम जोङ उनको घोषणा: आणविक कार्यक्रम अझ विस्तार गर्ने संकेत

किम जोङ उनको घोषणा: आणविक कार्यक्रम अझ विस्तार गर्ने संकेत

सीएमजीको ‘स्प्रिङ फेस्टिभल गाला’ १३ अर्बभन्दा बढी भ्युजसहित विश्वभर चर्चित

सीएमजीको ‘स्प्रिङ फेस्टिभल गाला’ १३ अर्बभन्दा बढी भ्युजसहित विश्वभर चर्चित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .