No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

उर्लाबारी। २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका २, स्कूलचोककी बलात्कारपछि हत्या भएकी १३ वर्षीया अंशु गौतमको हत्या अभियुक्त पक्राउ परेका छन्।

प्रहरीले लामो खोज अनुसन्धानपछि अभियुक्त पत्ता लगाएको हो। प्रहरीले आइतबार दिउसो बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घटनामा सङ्लग्नलाई सार्बजनिक गर्दैछ। घटनामा सलग्न गौतमकै छिमेकी ५५ वार्षिय पदम बहादुर अधिकारी रहेका छन्।

घटना के थियो ?

गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन्। बेपत्ता भएको १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्यो। शरीर, टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो।

उनले लगाएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरे। डीएनए परीक्षण गर्दा म्याच भयो। शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु भएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरियो। तर प्रहरी निष्कर्षमा पुग्न सकेको थिएन। तथ्य नभेटेका कारण प्रहरी अनुसन्धान जटिल बन्यो। यद्यपि, लामो खोज अनुसन्धानपछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ।

१३ वर्षीया अंशुसँग मोबाइल थिएन। घरदेखि केही पर रहेको पिङसम्म पुगेको छिमेकीले देखेका थिए। २१ असोज बेलुका साढे ५ बजेसम्म उनलाई देख्नेहरू छन्।

त्यसपछि कसैले देखेनन्। घर नआएपछि राति स्थानीयले खोजी गरे। नभेटेपछि आफन्त प्रहरीसम्म पुगे। सामाजिक सञ्जाल र सोधपुछमार्फत स्थानीय र प्रहरीले खोजी गरे। बेपत्ता भएको १८ दिनपछि जंगलमा दाउरा खोज्नेहरूले सडेको शव भेटेका थिए।

शवको पोस्टमार्टमपछि प्रहरीले आफन्तलाई बुझाउन सकेको छैन्। आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्, जसका कारण शव १३ दिनदेखि बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ।

शुक्रबार नै पक्राउ परेपनि थप अनुसन्धान गर्नुपरेका कारण प्रहरीले अधिकारीलाई सार्वजनिक भने गरेको छैन्। स्रोतका अनुसार अधिकारीका मृतक बालिकाभन्दा २ वर्ष कान्छी नातिनीसमेत छन्।

करिब ५२-५५ वर्षका अधिकारी बालिकाको खोजीमा समेत हिंडेको स्थानीय स्रोतले जनाएको छ। ‘छोराछोरी र नातिनातिनी भइसकेका व्यक्तिले यस्तो घटना गर्छन् भन्ने कल्पनासमेत गरिएको थिएन,’ स्थानीय एक व्यक्ति नाम नबताउने सर्तमा भने, ‘अझ बेपत्ता बालिकाको खोजीका लागिसमेत उनैले अघिअघि हिंडेका थिए।’

शव फेला परेपछि भने उनी भारत गएका थिए। प्रहरीले निरन्तरको सम्पर्कपछि उनी नेपाल आएको अवस्थामा पक्राउ गरेको बताइएको छ। अधिकारीलाई नेपाल ल्याउन प्रहरीले धेरै प्रयास गरेको बथियो।

‘प्रहरीले तपाईं छिमेकी हो तपाईंले आएर हत्यारालाई खोज्न सहयोग गर्नुपर्यो भनेर फकाएपछि मात्रै अधिकारी नेपाल आएका हुन्,’ स्थानीय स्रोतले भन्यो, ‘नआएको भए प्रहरी नै भारत जाने तयारी गरेको थियो।’ हत्यारा पक्राउ नपरेका कारण परिवारले बालिकाको शवसमेत अझै बुझेको छैन। अंशुको शव फेला परेको आज आइतबार ४५ दिन र घरबाट बेपत्ता भएको ६२ दिन भएको छ।

मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवाल, डीएसपी कोपिला चुडालसमेत पटकपटक घटनास्थल पुगेर बालिकाको हत्या अनुसन्धानमा खटिएका थिए। मोरङ प्रहरीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्व लामो समय लेटाङमै बसेर प्रहरीले अनसुन्धान गरेको थियो।

त्यस्तै प्रदेश प्रहरी कार्यालयका डिएसी दुर्गा दाहालको नेतृत्वमा समेत अनुसन्धान टोली खटिएको थियो। त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) डिएसपीको नेतृत्वमा ब्यूरोको टोली नै आएर अनुसन्धान गरेको थियो।

मोरङ प्रहरी प्रमुख कवित कटवाल घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोसहितको टोली खटिएपछि अभियुक्त पत्ता लाग्न सफल भएको हो। उनका अनुसार शव सडिसकेको र घटनाको प्रकृतिका कारण अनुसन्धानमा जटिलता थियो।

स्थानीयको दाबी भने बलात्कापछि हतियार प्रयोग गरेर हत्या भयो भन्ने थियो। शरीर र टाउको छुट्टिनुले शंका बढायो। अंगहरू छुट्टाछुट्टै हुनुको कारण जंगली जनवारको आक्रमण पनि हुनसक्ने प्रहरीले आशंका गरेको थियो।

अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्थिन्। प्रहरीका अनुसार उनी बेपत्ता भएको दिन पहिलो पटक महिनावारी भएको १२–१३ दिन भएको थियो। नेपाली समाजमा पहिलो पटक महिनावारी हुँदा कडा रूपमा बार्ने चलन छ।

‘महिनावारीका भएका कारण मुड विग्रिएर भएर होला, उनी परिवारसँग कुरा गर्दा बेलाबेला रिसाउने गर्थिन्। प्रहरी स्रोतले भन्यो, ‘त्यो दिन दिउँसो आमाले काम अराउँदा मानेकी थिइनन्।’

प्रहरी टोलीले सूक्ष्म रूपमा अनुसन्धानका लागि सो क्षेत्रमा घटना भएको दिन र त्यसपछि सक्रिय रहेका मोबाइल सिग्नलमाथि अनुसन्धान गरिरहेको थियो। गाउँ टोलमा आउने र आएका नयाँ मानिसमापछि पनि सोधपुछ गरेको थियो।

बालिकाको परिवार, विद्यालयका शिक्षक, सहपाठी र छिमेकीसँग पनि प्रहरीले पटकपटक सोधपुछ गरेको थियो। बालिका हराएको सूचनापछि सामान्य रूपमा खोजी गरेको प्रहरीले शव भेटिएपछि विषेश टोली नै परिचालन गरेको थियो।

तर निष्कर्षमा भने पुग्ने टुङ्गो छैन। प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका कारण निष्कर्षमा पुग्ने बताएको थियो। स्थानीयमा भने कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तै अपराधी नभेटिने हो कि भन्ने चिन्ता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .