No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ


अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ

महोत्तरी। मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले दीपावली र छठपर्वको तयारी छ । रमझम र उज्यालोको पर्व दीपावली एवं त्यसलगत्तै आउने निष्ठाको महापर्व छठको तयारीले अहिले जताततै खुसी देखिन्छ ।

सधैँ गरिबी र अभावले गाँजेका गरिब बस्तीमा पनि यी पर्वले दुःख भुलाएझैँ लाग्छ । निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुने बनिहारा (श्रमजीवी) पनि अहिले हाँसीखुसी पर्वको तयारीमा जुटेका छन् । यमपञ्चक पनि भनिने यसपालिको दीपावली पर्व यही आउने आइतबार सुरु हुँदैछ ।

बाँसको चोया र झिक्राले भित्ता बेरेका कच्ची घर पनि अहिले लिपपोत र रङ्गरोगनले चिटिक्क बनाइँदैछन् । दीपावली पर्व नजिकिँदै गर्दा पराले झुप्रा बस्तीका बालबालिका पनि पर्वविशेषको रमाइलोमा मस्त देखिन्छन् ।

दीपावली र छठका लागि बस्तीबस्तीमा गरिएको सरसफाइ र घरघरै थालिएको तयारीले दुःख र अभाव आमसर्वसाधारणले अहिले बिर्सेझैँ लाग्छ । सबै पर्वको तयारीमा छन् । लाग्छ, यहाँ कुनै अभाव छैन । जताततै उल्लास छ ।

“वर्ष दिनमा आउने पवनी (पर्व) हो, कमसेकम यो पवनीभरि त हाँसीखुसी बिताउँ”, भङ्गाहा–४ पलारको दलित बस्तीका अगुवा ७५ वर्षीय चौठी बाँतरले भने, “हामी दीपावली र छठपर्व हाँसीखुसी मनाउने गर्छौँ ।” यी पर्वका सर्दाम जुटाउन, ससाना नानीहरूको ‘फर्माइस’ पूरा गर्न आपूmहरूले लामो समयदेखि रकम साँचेर राख्ने गरेको उनको भनाइ छ ।

धनधान्यकी देवी लक्ष्मीको आराधना गरिने मुख्य विधिको दीपावली र इच्छित कामना पूरा गर्ने सूर्यदेव र षष्ठी (छठी) मातालाई निष्ठापूर्वक पूजिने छठ मिथिला क्षेत्रको मुख्य पर्व हुन् । कार्तिक कृष्णपक्षको अन्त्यमा मनाइने उज्यालोको पर्व दीपावली र शुक्लपक्षको पहिलो साताभित्रै सम्पन्न गरिने छठपर्वको तयारीले अहिले सबैतिर उल्लास छाएको छ । दीपावली यसपालि आउने आइतबार ‘धनतेरस’ विधिबाट सुरु हँुदैछ ।

कृष्णपक्षमा राति अन्धकार छाउँछ । तर कार्तिक कृष्णपक्षको अन्त्यतिर पर्ने दीपावली जताततै चहकिलो बनाउने उज्यालो पर्व हो । उज्यालोको पर्व दीपावली र निष्ठा, श्रद्धा र समर्पण भावले मनाइने छठ मिथिलामा हिन्दू परम्पराभित्रका प्रायः सबै जाति समुदायले मनाउँछन् ।

“यी पर्व मिथिलाका पारम्परिक, सांस्कृतिक र धार्मिक महत्वका लोकआस्थाका महापर्व हुन्”, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायणलाल कर्णले भने, “यी पर्वमा आम मैथिल आफ्नो सामथ्र्यभित्र रमाएर खर्च गर्छन् ।” मन खोलेर मनाइने यी पर्व खुसी र सन्तोषका प्रतीक मानिएका कर्णको भनाइ छ ।

मिथिलामा कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि दीपावली पर्व सुरु हुन्छ । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ । यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । कार्तिक औँसीको रातमा लक्ष्मी आराधना गरिन्छ । यसैगरी कार्तिक शुक्ल प्रतिपदाका दिन ‘गोवद्र्धन’ पूजन र द्वितीयाका दिन ‘भैयादुज’ मनाउने मैथिल परम्परा छ । भैयादुजका दिन दिदीबहिनीले दाजुभाइलाई निमन्त्रणा गरेर सप्तरङ्गी टीका लगाई मिष्टान्न भोजन गराउँछन् ।

यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गोधन र भैयादुज (भातृद्वितीया) मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेस्रो दिन कार्तिक औँसीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ ।

मिष्टान्न परिकार खाने–ख्वाइने यो पर्वको चौथो दिन गाई÷गोरुलाई रङ्ग्याउने, सिङ र खुरमा तोरीको तेल लगाइदिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचिकर खानेकुरा दिने मैथिल चलन छ । यसै दिन गोवद्र्धन मनाइन्छ । गोधनमा अघि द्वापरयुगमा श्रीकृष्णले गोवद्र्धन पर्वतको पूजा प्रारम्भ गराउनुभएको परम्परालाई निरन्तरता दिइएको पाका मैथिल बताउँछन् ।

पौराणिक कथानक पाताललोकका राजा बलिको सन्दर्भ जोडिने यो पर्वमा कार्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ ९मिथिलामा भातृद्वितीया पनि भनिन्छ० पर्व मनाउने मैथिल परम्परा छ । राजा बलिलाई बहिनीहरू गङ्गा र यमुनाले देवतासँगको युद्धमा विजयको मङ्गल कामनाका साथ सप्तरङ्गी टीका र माला लगाइदिएका सम्झनामा यो पर्व परम्परा चलेको मैथिल जनविश्वास छ ।

पर्वको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर पूजा गरिने पर्वते मूलको हिन्दू परम्परा भने मिथिलामा देखिँदैन । यद्यपि मैथिल ‘यमपञ्चक’ पर्व विधानमा पनि कागपूजा र स्वानः पूजा (कुकुर पूजा)को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । दीपावली पर्वको सिद्धान्तमा यी विधि उल्लेख रहे पनि पछि कागपूजा र कुकुरपूजाको परम्परा व्यवहारबाट छुट्दै गएको हुनसक्ने झाको भनाइ छ ।

दीपावली पर्वसँगै अहिले घरको रङ्गरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको जताततै छुट्टै बजार जमेको देखिँदैछ । खासमा दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल जाति समुदायको व्यस्तता पनि बढेको छ ।

यसैगरी छठ पर्वमा पूजा सामग्री राखनधरणमा प्रयोग गरिने बाँसका चोया र कप्टेराबाट बनेका छिटी, डलिया, नाङ्लो, चाल्नो र कनसुपा र पङ्खा पनि अनिवार्य सामग्री हुन् । पर्वले गर्दा अहिले बाँसको चोया र कप्टेरा काढेर यस्ता सामग्री बनाउन बिन र डोम समुदाय दिनरात नभनी जुटेका छन् । पर्वमा हुने आपसी घुलमिल र सँगै रमाउने मैथिल संस्कृतिले अहिले दुःख, अभाव र गरिबी छोपेको पाका मैथिल बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस

भ्रष्टाचारको समूल नाश बिना देश बन्न सक्दैन : अध्यक्ष विनय यादव

भ्रष्टाचारको समूल नाश बिना देश बन्न सक्दैन : अध्यक्ष विनय यादव

बंगलादेशको प्रमुख विमानस्थलमा आगलागी

बंगलादेशको प्रमुख विमानस्थलमा आगलागी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .