No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शरण माग्न आएका १४ लाख अफगानी नागरिकलाई जबरजस्ती देशनिकाला

शरण माग्न आएका १४ लाख अफगानी नागरिकलाई जबरजस्ती देशनिकाला

काठमाडौं । २०२५ को जनवरीदेखि यता इरानबाट १४ लाखभन्दा बढी अफगानीहरूलाई जबरजस्ती निष्कासन गरिएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीका अनुसार, इरान-अफगानिस्तान सीमामा हरेक दिन लगभग २० हजार अफगानी शरणार्थीहरूलाई जबरजस्ती फिर्ता पठाइँदैछ।

गत महिना इरान र इजरायलबीच भएको १२ दिने युद्धपछि यो प्रवृत्ति तीव्र गतिमा बढेको छ । इरानले २४ जुनदेखि ९ जुलाईको बीचमा अर्थात् केवल १६ दिनमा ५ लाखभन्दा बढी अफगानी नागरिकलाई देशबाट निष्कासन गर्‍यो।

इरानले मार्च २०२५ मा अवैध अफगानी आप्रवासीहरूले जुलाई ६ सम्ममा देश छोड्नुपर्ने, अन्यथा उनीहरूलाई जबरजस्ती निष्कासन गरिने घोषणा गर्‍यो। इरानी अधिकारीहरूले अफगानहरू इजरायल र अमेरिकाका लागि जासुसी, आतंकवादी हमला र ड्रोन बनाउने काममा संलग्न रहेको दाबी गरे।

धेरै अफगानीहरूले मिडियालाई बताएअनुसार उनीहरूलाई कुटपिट गरिएको थियो र उनीहरूको पैसा खोसिएको थियो। साथै, धेरै नाबालिग बालबालिकाहरूलाई कुनै पनि अभिभावकबिना अफगानिस्तान पठाइएको थियो।

मानिसहरूले न्यु योर्क टाइम्सलाई भनेअनुसार उनीहरूसँग न त पर्याप्त सामान छ न भविष्यको लागि कुनै आशा छ। ४२ वर्षदेखि इरानमा मजदुरको रूपमा काम गर्दै आएका मोहम्मद अखुन्दजादाले भने, “मैले इरानमा ४२ वर्ष कडा परिश्रम गरें, मेरो घुँडा भाँचियो र अब मैले के पाएँ?”

इरानबाट निर्वासित अफगानी शरणार्थी बशीरले मिडियासँग कुरा गर्दै बताएअनुसार अधिकारीहरूले उनीसँग १७ हजार रुपैयाँ मागेका थिए। त्यसपछि उनलाई दुई दिनसम्म हिरासत केन्द्रमा राखिएको थियो। यस अवधिमा उनलाई खाना वा पानी दिइएन। बशीरका अनुसार अधिकारीहरूले उनलाई दुर्व्यवहार गर्थे।

अर्का एक युवाका अनुसार उनका बुबालाई जासुसीको आरोपमा पक्राउ गरी जेल हालिएको थियो। उनलाई खाना र पानी दिइएको थिएन र पछि हिरासतमा लिएर अफगानिस्तान पठाइएको थियो।

द गार्डियनसँग कुरा गर्दै एक अफगानी महिलाले भनिन् ‘इरानी अधिकारीहरू राति आए। उनीहरूले हामीलाई बच्चाहरूको लुगा पनि लिन दिएनन्। उनीहरूले हामीलाई फोहोर जस्तै फ्याँकिदिए। बाटोमा, उनीहरूले बैंक कार्डबाट पैसा निकाले। उनीहरूले पानीको बोतलको लागि ८० रुपैयाँ र स्यान्डविचको लागि १७० रुपैयाँ लिए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post
मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ

युरोपले भारतमाथि प्रतिबन्ध लगायो

युरोपले भारतमाथि प्रतिबन्ध लगायो

बंगलादेशको विद्यालयमा विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु

बंगलादेशको विद्यालयमा विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .