No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दिदी बहिनी संस्थाको कार्य भर्दो कर्जन्हामा ग्रामीण महिलाको आर्थिक आवाज बुलन्द

दिदी बहिनी संस्थाको कार्य भर्दो कर्जन्हामा ग्रामीण महिलाको आर्थिक आवाज बुलन्द

महेश सिंह लहान – ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण र उनीहरूको अधिकारको पहिचानलाई अघि बढाउन संयुक्त राष्ट्रसंघीय निकायहरूको सहकार्यमा सिरहाको कर्जन्हा नगरपालीकाको बन्दिपुरमा एकदिने सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। दिदीबहिनी नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा करिब ५५ जना ग्रामीण महिला कृषकहरूको सहभागिता रहेको दिदीबहिनीका परियोजना अधिकृत बिपिन आर्यालले जानकारी दिनु भयो ।
उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघीय महिला संगठन (UN Women), खाद्य तथा कृषि संगठन (FAO), अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD), र विश्व खाद्य कार्यक्रम (WFP) को समन्वय र सहकार्यमा सञ्चालन गरिएको हो। सिरहा र सप्तरीका विभिन्न गाउँपालिकामा लागू गरिएको यो परियोजनाले ग्रामीण महिलाहरूको आर्थिक उत्थानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य लिएको छ। कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला पोखरेलको अध्यक्षतामा सुरु भएको थियो।
उक्त कार्यक्रममा नगर उप-प्रमुख लक्ष्मी श्रेष्ठ र सम्बन्धित वाडाका वाडा अध्यक्ष र कृषि तथा बालबालिका शाखाका प्रमुख र पशु शाखाको प्रमुख लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको आयोजक संस्थाका अनुगमन तथा मूल्याकंन अधिकृत अनु पोखरेलले जनाए।
वरिष्ठ लेखक तथा अनुसन्धानकर्ता रिता साहले सहजीकरण गर्दै ग्रामीण महिला कृषकहरूको भूमिकाबारे प्रकाश पारिन्।
उनले व्यावसायिक खेतीको आवश्यकता लगायत कृषि क्षेत्रमा देखिएका चुनौतीहरू समाधानका उपायमा केन्द्रित गम्भीर छलफल गरिन्। साहले भनिन्, “नेपाल कृषि प्रधान देश हो तर महिला किसानहरू सिँचाइ, मल-खाद आपूर्ति, विद्युत् सेवा र उचित बजार पहुँचबाट वञ्चित छन्। यी मुद्दा राज्यका लागि प्राथमिक हुनुपर्छ।”कार्यक्रममा सहभागी महिला कृषकहरूले आफ्नो अनुभव र समस्या प्रस्तुत गरे। वडा नं. ५ राज देवी समुहकी सलिता देवी साह र अनिता साहले सीप मुलक तालीमको आफुहरुलाई जरुरी रहेको बताए। स्थानीय समूहकी सदस्य असलानी सदाय ले मल-खाद र सिँचाइको अभावले समयमा लगाइएको बाली समेत नष्ट हुने गरेको गुनासो गरिन्। उनले उत्पादन भएको अन्नबालीलाई उचित मूल्य नपाउँदा किसानहरूको मनोबल घट्ने बताइन्।
त्यस्तै, बिनिता कुमारी साहले स्थानीय सरकार संग सार्बजनिक भवनको माग राख्दै किसानहरूको समस्या सुन्न कोही तयार नभएको गुनासो गरिन्। उनले भनिन्,”किसानहरूको समस्या कहिल्यै समाधान हुँदैन। राज्यले कृषिलाई प्राथमिकता दिएर ठोस योजना ल्याउनुपर्छ।”नगरपालिकाका शाखा प्रमुख प्रमुखहरुले किसानहरूलाई प्राविधिक तालिम र सुसूचित बनाउनुको आवश्यकता औँल्याए। उनले भने कृषकहरूलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्न पालिकामा रहेका १२ समूहहरूसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिने बताए।
पालिका अध्यक्ष भोला पोखरेल ले किसानहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएर कृषि क्षेत्रमा सुधार गर्न प्रतिबद्धता जनाए। उनले भने, “हामीले स्थानीय स्तरमा कृषकका लागि कार्यविधि तयार गरेका छौँ। दक्ष जनशक्तिको अभावका कारण काम ढिला भए पनि छिट्टै कृषि ऐन निर्माण गरेर कृषि विकासको नमूना प्रस्तुत गर्ने योजना छ।”कार्यक्रमको समापनमा दिदीबहिनी संस्थाकी प्रतिनिधि रिता साहले ग्रामीण महिलाहरूको सशक्तिकरण र उनीहरूको पहुँच सुनिश्चित गर्न संस्थाले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिइन्। उनले भनिन्, “महिला कृषकहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउन सहजीकरण गरिनुपर्छ। उनीहरूको योगदानलाई सम्बोधन गरेर आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने हाम्रो लक्ष्य हो।”
पालिकामा सबैभन्दा बढी दलित समुदायको बसोबास रहेकोले उनीहरूलाई जिबन फेरिन आफू गम्भीर रहेको नगर प्रमुख पोखरेलले जनाए।
यस सार्वजनिक सुनुवाइ कार्यक्रममा किसानहरूले मल-खाद आपूर्ति, सिँचाइको सुविधा, व्यवसायिक खेतीका तालिम, र उत्पादनको उचित बजार व्यवस्थापनका विषयमा आफ्ना गुनासा राखेका थिए। कार्यक्रममा स्थानीय सरकार, कृषि विभागका अधिकारी, र महिला कृषकहरूको उपस्थिति रहेको थियो।यस कार्यक्रमले महिला कृषकहरूको समस्या सम्बोधन गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिने अपेक्षा गरिएको छ। राज्यले तीन तहको सरकारमार्फत कृषि ऐन र किसानमैत्री नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा सहभागी सबैको सहमति हुनुपर्ने फिल्ड म्यानेजर खरभुजन साहले बताए।
ग्रामीण भेगमा उक्त कार्यक्रम संचालन हुँदा गरिब दलित तथा सीमान्तकृत समुदायका महिला किसानहरुको जिबन यापन फेरिएको हो।
महिला शक्तिकरण र आत्म निर्भर बनाउन निकै प्रभाव कारी रहेको उक्त कार्यक्रम देशको हरेक स्थानीय तहमा संचालन गर्न खाचो रहेको स्थानीयको माग छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
लहानमा लायन्स क्लबको पहलमा नि:शुल्क स्वास्थ्य शिविर ,३३८ ले लिए नि:शुल्क उपचार

लहानमा लायन्स क्लबको पहलमा नि:शुल्क स्वास्थ्य शिविर ,३३८ ले लिए नि:शुल्क उपचार

अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

साउदीले लगायो भारतसहित १४ देशमाथि भिषा प्रतिबन्ध

साउदीले लगायो भारतसहित १४ देशमाथि भिषा प्रतिबन्ध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .