No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पूर्व प्रधानाध्यापकद्वारा जिम्मेवारी हस्तान्तरण नगर्दा समस्या थपियो

पूर्व प्रधानाध्यापकद्वारा जिम्मेवारी हस्तान्तरण नगर्दा समस्या थपियो

महेश सिंह सिरहा लहान ,माघ २० लहान नगरपालिका-२ भगवानपुरस्थित भानु आधारभूत विद्यालय लामो समयदेखि व्यवस्थापन समस्या, शैक्षिक गुणस्तरको गिरावट, र राजनीतिक हस्तक्षेपको मारमा परेको छ। विद्यालयका वर्तमान प्रधानाध्यापक राजेश कर्णले विद्यालयको समस्यालाई समाधान गर्न वडा र स्थानीय सरकारको चासो नदेखिएको आरोप लगाएका छन्।
विद्यालय व्यवस्थापन समिति लामो समयदेखि अध्यक्षविहीन छ। व्यवस्थापन समितिको अभाव र वडा अध्यक्ष सियाराम यादवको उदासीनताले विद्यालयको शैक्षिक वातावरणलाई थप गम्भीर संकटमा धकेलेको छ।
पूर्व प्रधानाध्यापक रोदनदेवी यादवले चार महिना अघि अवकाश लिए पनि नयाँ प्रधानाध्यापकलाई आवश्यक कागजात र आर्थिक जिम्मेवारी हस्तान्तरण नगरेको गुनासो प्रधानाध्यापक कर्णले गरेका छन्। यादवले दुई वर्षको सामाजिक र लेखा परीक्षण नगरेको, नगरपालिकाले ३० हजार रुपैयाँ बेरुजु देखाएको, र अवकाश लिएर गए पनि आर्थिक गतिविधि पारदर्शी नरहेको कर्णले बताए।
‘विद्यालयको सम्पूर्ण लेखा परीक्षण र जिम्मेवारी हस्तान्तरण बिना नै नयाँ नेतृत्वमा आएका कारण विद्यालय सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ,’ कर्णले भने।
प्रधानाध्यापक कर्णले व्यवस्थापन समितिको अध्यक्ष चयन गर्न वडा अध्यक्ष सियाराम यादवले कुनै चासो नदेखिनु दुर्भाग्य हो। म पत्रकार सिंहले यो विषयमा बुझन पटक–पटक फोन सम्पर्क गर्न खोज्दा अध्यक्ष यादवले फोन नउठाएको हो।
स्थानीय अभिभावकहरूले पनि वडा अध्यक्षको भूमिकामाथि प्रश्न उठाएका छन्। ‘विद्यालयलाई राजनीतिमा तानेर समस्या समाधान गर्नुभन्दा बिगार्नै बढी ध्यान दिएको छ,’ स्थानीय राकेश महतोले आरोप लगाए।
विद्यालय मुख्यत गरिब, दलित, र मुस्लिम समुदायका बालबालिकाको अध्ययन केन्द्र हो। तर, व्यवस्थापन र शैक्षिक गुणस्तर खस्कँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ। ‘गरिब बालबालिकाका लागि यो विद्यालय अन्तिम आशा हो, तर व्यवस्थापन र स्रोतको अभावले उनीहरूको भविष्यसँग खेलवाड भइरहेको छ,’ स्थानीय अभिभावक ओमप्रकाश महतोले भने।
विद्यालयले स्थानीय सरकारबाट कुनै बजेट पाएको छैन। ‘वडा र पालिकाबाट बजेट र सहयोग प्राप्त नहुँदा विद्यालयको दैनिकी सञ्चालनसमेत चुनौतीपूर्ण बनेको छ,’ कर्णले गुनासो गरे।
विद्यालय नजिकै रहेका गरिब दलित र मुस्लिम समुदायका बालबालिका सरकारी विद्यालयमै अध्ययन गर्न बाध्य छन्। तर, हुनेखाने वर्गका बालबालिका निजी विद्यालयतर्फ जान सक्ने अवस्थामा रहेकोले शिक्षा क्षेत्रमा ठूलो असमानता देखिएको छ।
विद्यालयमा शिक्षा सुधारभन्दा राजनीतिलाई प्राथमिकता दिइएको स्थानीयको आरोप छ। ‘विद्यालयलाई शिक्षाको थलोभन्दा राजनीति गर्ने अखडाको रूपमा प्रयोग गरिएको छ,’ वडा अध्यक्ष सिया राम यादवले आफू बिना कुनै शिक्षकलाई  हाजिरी गराएमा स्कुलमा तला लगाई दिने धम्की समेत प्र.अ.कर्णलाई दिएको
विद्यालय प्रशासन,शिक्षक,र अभिभावकहरूले स्थानीय सरकारको शिक्षा शाखाको ध्यानाकर्षण गराउँदै विद्यालय सुधारका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्।
‘व्यवस्थापन समितिको गठन, आर्थिक पारदर्शिता, र शैक्षिक सुधारका लागि ठोस कदम चालिनुपर्छ,’ प्रधानाध्यापक कर्णले भने।
स्थानीय सरकार, वडा कार्यालय, र विद्यालय प्रशासनबीच समन्वय गरी विद्यालयलाई राजनीति मुक्त बनाएर विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्ने माग स्थानीयले गरेका छन्।
गरिब र दलित समुदायका बालबालिकाको भविष्य जोखिममा पार्ने गरी विद्यालयको व्यवस्थापनमा चरम लापरवाही गरिएको छ। यदि समयमै व्यवस्थापन समितिको गठन, जिम्मेवारी हस्तान्तरण, र स्रोत साधनको उचित व्यवस्थापन गरिएन भने विद्यालयको भविष्य अन्धकारमा जाने निश्चित देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
एचआईभी पहिचान र सेवाका लागि जिबन ज्योति समाज सिरहा सक्रियरूपमा अघि बढ्दै

एचआईभी पहिचान र सेवाका लागि जिबन ज्योति समाज सिरहा सक्रियरूपमा अघि बढ्दै

एक पटक देशको नेतृत्व गर्ने विप्लवको चाहना

एक पटक देशको नेतृत्व गर्ने विप्लवको चाहना

सरकार व्यवसायीका विरुद्धमा छ : प्रचण्ड

सरकार व्यवसायीका विरुद्धमा छ : प्रचण्ड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .