No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१२ लाख १४ हजारले घट्यो बालबालिकाको जनसंख्या, के हो कारण?

१२ लाख १४ हजारले घट्यो बालबालिकाको जनसंख्या, के हो कारण?

भागवत भट्टराई

बालबालिकाको जनसंख्या घटेको छ।

२०६८ देखि २०७८ को अवधिमा १७ वर्षभन्दा कम उमेर भएका बालबालिकाको जनसंख्यामा १२ लाख १४ हजार ७२८ जनाले कमी आएको राष्ट्रिय तथ्यांक कार्यालयले तथ्यांकले देखाएको छ।

जनगणना २०६८ मा एक करोड १० लाख ८४ हजार ३११ जना बालबालिका रहेका थिए। जनगणना २०७८ मा भने यस्तो संख्या ९८ लाख ६९ हजार ५८३ जान मात्रै रहेको छ।

जनगणना २०७८ मा नेपालको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत देखिएको छ।

तर, बालबालिकाको जनसंख्या भने १.१ प्रतिशतले घटेको छ। यो भनेको नयाँ जन्मने बालबालिकाको संख्या कम भएको हो।

‘वर्ष २०६८ देखि २०७८ सम्म १० वर्षको अवधिमा औषत वार्षिक जन्मने बालबालिकाको संख्यामा कमी आएको देखिएको छ। तर, हाम्रो औषत आयु बढेको कारण समग्र जनसंख्या भने बढेको छ,’ राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले भने।

balbalika-1723203541.jpg
पछिल्ला तीन वटा जनगणनामा बालबालिकाको जनसंख्या

पछिल्लो १० वर्षमा नेपालीको औसत आयु चार वर्ष नौ महिनाले बढेको छ। २०७८ को जनगणनाको जनसांख्यिक सूचकअनुसार नेपालीको औसत आयु ७१ वर्ष तीन महिना पुगेको छ। २०६८ को जनगणनामा औसत आयु ६६ वर्ष ६ महिना पुगेको थियो।

तथ्यांक कार्यालयको सर्वेक्षण अनुसार महिलाको औसत आयुमा भने उल्लेख्य सुधार भएको देखिएको छ। पछिल्लो १० वर्षमा पुरूषको आयु दुई वर्ष १० महिनामात्रै बढेको छ।

तर, महिलाको आयु भने पाँच वर्ष आठ महिनाले बढेको छ। अहिले पुरूषको औसत आयु ६८ वर्ष दुई महिनाको छ। महिलाको ७३ वर्ष आठ महिनामा पुगेको छ।

महिला स्वास्थ्यसम्बन्धी जानकार डाक्टर अरूणा उप्रेती बालबालिकाको जनसंख्या कम हुनुमा मुख्य तीन कारण देख्छिन्।

कम बच्चा जन्माउने परिवार बढेको (एक वा बढीमा दुई), पहिले उमेर नपुगी बिहे गर्ने र उमेर नपुगी बच्चा जन्माउने गरेकोमा अहिले यसको प्रतिशत घटेको तथा पुरूष र महिलामा बाझोपन बढेको कारणले जन्मनेको संख्यामा कमी आएको उनले बताइन्।

‘हाम्रोमा बाँझोपनसम्बन्धी खास अध्ययन त छैन संसारभर नै १० प्रतिशतमा बाझोपन देखिन्छ। हाम्रोमा पुरूषमा बाझोपन कम हुन्छ भन्ने पनि छ,’ उप्रेतीले भनिन्, ‘महिलामा ४० प्रतिशत, पुरूषमा ४० प्रतिशत जति बाझोपन भएको पाइन्छ भने २० प्रतिशत महिला वा पुरूष कसमा बाझोपन हो भन्ने पत्तै लागेको हुँदैन, बाझोपन बढेको कारण पनि यस्तो जनसंख्यामा असर पुगेको हुन सक्छ,’ उनले भनिन्।

२०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्यामा १७ वर्षभन्दा कम उमेर समूहको प्रतिशत ४१ थियो। तर, जनगणना २०७८ अनुसार भने ३३.८३ प्रतिशत मात्रै रहेको छ।

सबैभन्दा कम बालबालिका भएको प्रदेश कर्णाली र गण्डकी देखिएको छ भने सबैभन्दा धेरै बालबालिका भएको प्रदेश मधेस देखिएको छ।

कर्णालीको जनसंख्यामा ६.८ प्रतिशत बालक र ७ प्रतिशत बालिका छन्। त्यस्तै, गण्डकीको जनसंख्यामा ७.५ प्रतिशत बालक र ७.३ प्रतिशत बालिकाको संख्या छ।

मधेस प्रदेशमा भने २४.५ प्रतिशत बालक र २४.१ प्रतिशत बालिका गरी बालबालिकाको संख्या ४८.६ प्रतिशत पुगेको छ।

कोशीमा १५.७ प्रतिशत बालक र १६.२ प्रतिशत बालिकाको जनसंख्या छ। बागमतीमा १७.३ प्रतिशत बालक र १६.९ प्रतिशत बालिकाको जनसंख्या छ।

लुम्बिनीका १८ प्रतिशत बालक र १८.२ प्रतिशत बालिका छन्। त्यस्तै सुदूरपश्चिममा १०.२ प्रतिशत बालक र बालिका १०.४ प्रतिशत छन्।

बालबालिकाको जनसंख्यामा कमी आएसँगै उनीहरूको जीवनस्तरमा सुधार आएको देखिन्छ। अहिले बालबालिकाको औसत साक्षरता दर ९४.१ प्रतिशत पुगेको छ।

बागमती प्रदेशको बालबालिकाको साक्षरता दर ९८ प्रतिशत पुगेको छ। मधेश प्रदेशको ८५.७, लुम्बिनीको ९५.३, कोशीको ९६.८, गण्डकीको ९७.८, कर्णालीको ९६.६ र सुदूरपश्‍चिमको ९६.४ प्रतिशत साक्षरता देखिएको छ। setopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

बंगलादेशमा विद्यार्थीद्वारा सर्वोच्च अदालत घेराउ, प्रधानन्यायाधीशको राजीनामा माग

बंगलादेशमा विद्यार्थीद्वारा सर्वोच्च अदालत घेराउ, प्रधानन्यायाधीशको राजीनामा माग

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .