No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरिएका मोहम्मद युनुस को हुन् ?

बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरिएका मोहम्मद युनुस को हुन् ?

काठमाडौं । बंगलादेशमा भेदभाव विरोधी विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले शेख हसिनाको राजीनामापछि देश चलाउन गठन हुने अन्तरिम सरकारको प्रमुख सल्लाहकारका लागि नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् ।

उनले जतिसक्दो चाँडो प्राध्यापक युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिसँग आग्रह गरे । आन्दोलनका संयोजक मध्येका एक नाहिद इस्लामले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देशमार्फत प्रमुख सल्लाहकारको नाम प्रस्ताव गरेका हुन् । त्यतिबेला उनीसँगै संयोजक आसिफ महमुद र अबु बकर मजुमदार पनि थिए ।

इस्लामले अन्तरिम सरकारको प्रमुख बन्नका लागि प्रोफेसर युनुससँग कुरा गरिसकेको पनि बताए । उनले भने, ‘हामीले मोहम्मद युनुससँग पनि कुरा गरेका छौं । विद्यार्थीको अपिलमा उनले बंगलादेशका लागि यो महत्वपूर्ण जिम्मेवारी लिन राजी भएका छन् ।’

को हुन् मोहम्मद युनुस ?

मोहम्मद युनुसको जन्म २८ जुन १९४० मा भएको थियो । उनी बंगलादेशका एक सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र सामाजिक नेता हुन् । युनुसले गरिबी उन्मूलनका लागि गरेको विशेष प्रयासका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

युनुसलाई गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै यो पुरस्कार प्रदान गरिएको हो । युनुसले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए, जसले गरिबहरूलाई साना ऋण उपलब्ध गराउँछ।

बंगलादेशले आफ्नो ग्रामीण बैंक मार्फत लघु कर्जाको लागि विश्वव्यापी प्रशंसा पाएको छ। जसका कारण बंगलादेशमा ठूलो संख्यामा मानिसहरुको जीवनस्तर उकास्न सफलता प्राप्त भएको थियो ।

मोहम्मद युनुसलाई २००९ मा युनाइटेड स्टेट्स प्रेसिडेन्शियल मेडल अफ फ्रीडमबाट सम्मानित गरियो। २०१० मा उनलाई कंग्रेसनल गोल्ड मेडलबाट सम्मानित गरिएको थियो। यससँगै उनले अन्य धेरै अवार्ड पनि प्राप्त गरिसकेका छन् ।

२०११ मा उनले सास्किया ब्रुइस्टेन, सोफी आइसेनम्यान र ह्यान्स रेट्जसँग मिलेर युनुस सोशल बिजनेस – ग्लोबल इनिसिएटिभ्सको सह-स्थापना गरेका थिए । २०१२ मा उनलाई स्कटल्याण्डको ग्लासगो क्यालेडोनियन विश्वविद्यालयको कुलपति बनाइयो। उनी सन् २०१८ सम्म यही पदमा रहे । १९९८ देखि २०२१ सम्म उनले युनाइटेड नेशन्स फाउण्डेशनको बोर्ड अफ डाइरेक्टरको सदस्यको रूपमा पनि काम गरे।

१९६१ देखि १९६५ सम्म उनले बांग्लादेशको चटगांव विश्वविद्यालयबाट अर्थशास्त्रको अध्ययन गरे । उनले वेन्डरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरे । उनले १९८३ मा बंगलादेशमा ग्रामीण बैंक स्थापना गरे र माइक्रो ऋण कार्यक्रम पनि सुरु गरे।

१८ फेब्रुअरी २००७ मा मोहम्मद यूनुसले नागरिक शक्ति नामको एक राजनीतिक पार्टी पनि गठन गरेका थिए । तैयार थी। मोहम्मद यूनुसलाई २००७ मै श्रम कानुनको सीमा उल्लंघन गरेको आरोपमा ६ महिनाको जेल सजाय पनि सुनाइएको थियो । तर पछि उनलाई मार्चमा धरौटीमा रिहा गरियो ।

नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसलाई २३ लाख डलर हिनामिना गरेको अभियोगमा जेल सजाय पनि सुनाइएको थियो । बंगलादेशको सबैभन्दा ठूलो मोबाइल फोन अपरेटर ग्रामीण फोनमा ग्रामीण टेलिकमको ३४.२ प्रतिशत सेयर छ ।

ग्रामीण फोन नर्वेको दूरसञ्चार कम्पनी टेलिनोरको सहायक कम्पनी हो। यसका अलावा यसमा २५० मिलियन डलर भन्दा बढीको घोटाला र मनी लान्ड्रिंग समेत समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
को हुन् बंगलादेशमा हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ?

को हुन् बंगलादेशमा हसिनालाई सत्ताच्यूत गराएका तीन विद्यार्थी नेता ?

निराशा बढेपछि केही गर्नैैका लागि कांग्रेस एमाले मिलेर सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

निराशा बढेपछि केही गर्नैैका लागि कांग्रेस एमाले मिलेर सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

बंगलादेशको सत्ता परिवर्तनमा कुनै विदेशी शक्तिको हात छ ? सेनाको भूमिका कस्तो छ ?

बंगलादेशको सत्ता परिवर्तनमा कुनै विदेशी शक्तिको हात छ ? सेनाको भूमिका कस्तो छ ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .