No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महिला हत्या काण्ड पेँचीलो बन्दै

महिला हत्या काण्ड पेँचीलो बन्दै

सिरहा । मिर्चैया नगरपालिका–६ मा भएको महिला हत्या काण्ड पेँचीलो बन्दै गएको छ । आफ्नै घरमा बसेकी एक महिलाको गएको भाद्र २१ रातीमा हत्या भएको थियो । कल्याणपुर नगरपालिका–१२ बेल्हा घरभई मिर्चैया नगरपालिका–६ मा पनि आफ्नै घरमा बसेकी ३६ बर्षिया रिणादेवी पुर्वेको हत्या भयो । ‘सुत्ने कोठामै घोप्ट्याएर तौलियाले छोपेको थियो, रिणाको मृत शरिर,’मृतकका आफन्त श्रीनारायण साहले भने,‘अर्ध नग्न थियो । लगाएको सुरुवाल र अन्य लुगा कोठामै फालिएको थियो ।’ जबरजस्ती करणी गरेर घाँटी थिचेर हत्या गरेको हुन सक्ने उनको दाबी छ । उनका अनुसार रिणा बसेको भवनमा अगाडि र पछाडी दुईद्वारमा बाहिरबाटै ताल्चा लागेको थियो । प्रहरीको रोहवरमा ताला फुटाएर मृतकको शव पोष्टमाडमका लागि धरान लगिएको उनले थपे ।

रिणा बसेको भवनमा पाँचवटा कोठा छन् । ‘भाडा लिई बस्नेहरु आ–आफ्नो घर र रिणाको दुई छोरीएक तीन बर्षिय छोरा चौरचनमा मामा घर सागरपुर गएको थियो,’श्रीनारायणले भने,‘घटना भएको दिन घरमा एक्कलै थिइन,रिणा ।’ उनका अनुसार अनुमानको भरमा रिणाको मृत शव दिनभर घरमै रह्यो । छिमेकीबाट जानकारी पाएर आफुले प्रहरीलाई खवर गरे । ‘गएको भाद्र २१ म अन्दाजी साढे आठ बजे रिणासँग कुरा भयो । त्यसको केही मिनेट पछिबाट फोन लाग्न छाड्यो,’बैदेशिक रोजगारमा गएको उनको पति प्रमोद कुमार पुर्वेले भने,‘घटनाबारे किटानी जाहेरी दिँदा पनि प्रहरीले असहयोग गर्दै जाहेरी दार्ता गर्नबाट अनाकानी गर्दै आएको छ ।’ घटनामा संलग्न रहेको आरोप लगाउदै रिणाको माइती गाउँ सिरहा नगरपालिका–२२ सागरपुरका ३२ बर्षिय तौकिर आलम बिरुद्ध प्रहरीले घटना भएको झण्डै डेढ महिना पछि किटानी जाहेरी दर्ता गरेको श्रोतको भनाई छ ।

कपोकल्पीत आरोपमा पक्राउ ‘फोन गरेकै भरमा पक्राउ गरेर महिनौ दिन राख्नु न्ययोचित भएन्,’ तौकिरका दाजु मोहम्मद तमन्ना नदाफले भने,‘गाउँले भएको नाताले बर्षौ देखि रिणा मात्र नभई उनको घरका अन्य सदस्यले तौकिर समक्ष आफ्ना कुरा राख्दै आएको थियो ।’ कुरा गर्दै जाँदा पारिवारिक सवाल उठेपछि समयको सिमा नरह्ने गरेको उनले भने,‘फोन गर्दैमा हत्या गरेको हो भन्नु उचित छैन् । तौकिरले हत्या गरेको हो भन्ने त्यसको कुनै ठोस कारण छैन् ।’ उनका अनुसार रिणाको हत्या सम्बन्धमा तौकिरको नाम जोड्नु कपोकल्पीत आरोप मात्र हो, जसमा कुनै तुक छैन् ।

सामाजिक रहन–सहन अनुसार परेको बेला मौकामा सघाइदिनेलाई फोन गरेकै भरमा यसरी हत्याको आरोप लगाउन थाल्यो भने एकले अरुलाई सघाउने काम बन्द गर्छ त्यो अवस्थामा पारिवारिक दृष्टिले कमजोर रहेको वर्गको हालत के होला ?, उनले भने,‘रिणाको हत्या हुनु दुःखद पक्ष हो । त्यसैले हत्यामा संलग्न रहेको दोषी छुटिनु हुँदैन र निर्दोष पर्नु पनि हुँदैन ।’ गाउँले सम्बन्ध रिणा र तौकिर एउटै गाउँको र नजिकै घर रहेका छन् । गाउँले भएको नाताले रिणा र उनका घरका सदस्यहरुले पनि समय समयमा सहयोग माग्दै आएका थिए । जुन कुरालाई रिणाको पति प्रमोदले पनि स्वीकारदै भने,‘तौकिरको भतिज मिर्चैयाको एक स्कूलमा पढ्ने गरेको हुँदा–बेला बखतमा सासुरालीबाट पठाएको सरसमान पु¥याइदिने गरेका थिए ।’ ससुरालीमा जग्गा किन्दा पनि गाउँलेसँगै तौकिरले तार–तम्य मिलाइदिएको उनको स्वीकारोक्ति छ ।

चाल–चलवले तौकिरले नै हत्या गरेको हो भन्न नमिल्ने गाउँलेहरुले भने,‘गाउँले सम्बन्धमा आधारमा मात्र नभई ठोस प्रमाणको आधारमा कारवाही प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारवाह िगरियोस । घटनाको एउटै दृष्टिकोणबाट नभई अरु दृष्टिकोणबाट अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषी पत्ता लगाउन तौकिरका दाजु तमन्नाले आग्रह गरे । घटनाको जालो मिर्चैयामै ‘मेरो घर नजिक रहेको एक फार्ममा काम गर्ने एक जना फरार छ,’रिणाको पारिवारिक श्रोतले भने,‘उनलाई खोजी गर्दा सम्पर्कमा आउन सकेको छैन् ।’ पारिवारिक सदस्य तथा अन्य आफन्तको सहयोगमा रिणाले बैदेशिक रोजगारबाट आएको पैसा व्यवस्थापन गर्दै घर जग्गा किन्ने र पारिवार चलाउदै आएकी थिइन् । पटक पटक गरी उनको पति प्रमोद पुर्वे २५ वर्ष बैदेशिक रोजगारमा काम गरे । केही वर्ष अगाडि मिर्चैया बजारमा घडेरी किन्दा समान्य विवाद समेत भएको श्रोतको दाबी छ । बहिनी ज्वाईले पनि घरका अधिकांश कारोवारमा सघाउदै आएको थियो । तौकिरलाई सुनियोजित तरिकाले फसाउने प्रयास गरिदैछ उनको दाजु तमन्नाले भने,‘त्यात्रो बिकट ठाउँमा एउटै व्यक्तिले हत्या गर्न सक्दैन । यदि गरिएपनि लछार पछार हुन्छ र त्यो अवस्थामा रगतको छिटा देखिन सक्छ तर त्यो केही देखिएको कुरा बाहिर आएको छैन् ।’ अनुसन्धान जारी छ ःप्रहरी ‘अनुसन्धान भइरहेको छ,’जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमाशंकर पजियारले भने,‘अनुसन्धानमा असर पर्ने हुँदा तत्कालै धेरै कुरा बाहिर लग्न मिल्दैन् ।’ उनका अनुसार आउने केही दिनभित्रै सही कुरा ल्याएर कारवाही प्रक्रिया अगाडि बढ्ने छन् । रिणाको माइती गाउँ सिरहा नगरपालिका–२२ सागरपुरका ३२ बर्षिय तौकिर आलमलाई अनुसन्धानका लागि प्रहरीले गाउँबाटै भाद्र २४ गते पक्राउ गरेको छ । ‘हामी अनुसन्धान गर्दै छु । अहिले कुनै प्रष्ट कुरा बताउन सकिदैन,’इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले भने,‘थप कुरा बुझ्नु छ भने जिल्लामा सम्पर्क गर्नुस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
रिया चक्रवर्ती रिहा, मान्नुपर्नेछ यी शर्त

रिया चक्रवर्ती रिहा, मान्नुपर्नेछ यी शर्त

जाजरकाेटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु, एक घाइते, दुई बेपत्ता

जाजरकाेटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु, एक घाइते, दुई बेपत्ता

नयाँ तीन हजार ४३९ जना सङ्क्रमितसहित ९४ हजार २५३ पुग्याे

नयाँ तीन हजार ४३९ जना सङ्क्रमितसहित ९४ हजार २५३ पुग्याे

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .