No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य


ओमानलाई हराउँदै समूह विजेता बन्ने नेपालको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ ।

समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

नेपाल र ओमानबीचको समूहको अन्तिम खेल बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ ।

सेमिफाइनल खेलअघि दुवै टोली अन्तिम खेल जित्दै समूह विजेता बन्ने योजनामा छन् ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको हो ।

सेमिफाइनलको वार्म अप खेल

नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेकोले त्यस खेलअघि यो वार्म अप खेल जस्तै हुनेछ । किनकी दुवै टोलीले यसअघि तुलनात्मक रुपमा केही कमजोर टोलीसँग खेलेका थिए ।

नेपालले सिंगापुर र मलेसियालाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको थियो । नेपालले दुवै खेलमा लक्ष्य पछ्याएर जित निकाल्दा ओमानले भने दुवै खेलमा स्कोर डिफेण्ड गरेको थियो ।

१० वर्षपछि फेरी टी-२० विश्वकपमा पुग्ने लक्ष्यमा रहेको नेपाल अब दुई खेल मात्र टाढा छ । त्यसैले समूहको अन्तिम खेलमा ओमानलाई हराएर समूह विजेता बन्ने नेपालको लक्ष्य छ ।

समूह विजेता बन्ने टोलीले सेमिफाइनलमा यूएई विरुद्ध हुने सम्भावित खेल टार्नेछ । नेपालको जस्तै ओमानको चाहना पनि त्यही हुनेछ ।

समूह बीमा दुई खेल जितेको यूएईको ४ अंक छ । बहराइन र हङकङको समान २ अंक छ भने पुछारमा रहेको कुवेतको कुनै अंक छैन । तर बहराइनसँग खेल्न बाँकी रहेको कुवेतको पनि सेमिफाइनल पुग्ने गणितीय संभावना कायम छ । ४ अंक रहेको यूएईले पनि सेमिफाइनलमा पुगिसकेको छैन ।

तर पनि शीर्ष स्थानमा रहेको र विगतको प्रदर्शनलाई पनि आधार मान्दा यूएई  समूह विजेता हुने आकलन गरेर नेपाल र ओमान दुवैले उसँगको सेमिफाइनल भिडन्त टार्न प्रयास गर्ने छन् ।

सुरुवात दुई खेल जितेर सेमिफाइनल पुगिसकेकोले ओमान विरुद्धको खेलमा दबाब नभए पनि नेपालको लागि समूह विजेता बन्नु फाइदा हुने क्रिकेटर शरद भेषावकर बताउँछन् ।

‘सेमिफाइनल पुगिसके पनि नेपालका लागि ओमानसँगको खेल महत्वपूर्ण हुन्छ । फाइनल पुग्न र क्वालिफाई गर्न कुन अपोनेन्टसँग खेल्दा ठिक हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ’, शरदले भने, ‘किनभने अर्को समूहमा यूएईले दुई खेल जितेको छ । बहराइनले हङकङलाई हराएपछि रोमाञ्चक बनेको छ । यूएई अर्को समूहको विजेता हुन्छ जस्तो छ ।’

हङकङ र बहराइनमध्ये एक अर्को समूहको उपविजेता हुने शरतको आकलन छ ।  शरदले ओमान विरुद्धको खेल प्रतिस्पर्धात्मक हुने र नेपालले जितकै लागि खेल्नुपर्ने बताए ।

‘अघिल्ला दुई खेल भन्दा ओमानसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ । उनीहरु पनि राम्रो टिम हो । त्यसैले ओमानविरुद्ध पनि नेपालले जित्नकै लागि खेल्छन् ।’

विश्वकपमा छनोट हुनलाई भने हरेक खेल महत्वपूर्ण हुने जित्नुपर्ने शरदले बताए । जिसान मक्सुदको कप्तानीमा रहेको ओमानको टोलीमा अहिले जिसानसँगै अकिब इलियास र बिलाल खान महत्वपूर्ण खेलाडीको रुपमा रहेको शरदले बताए ।

युवा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा अहिले नेपाली टोली उच्च लयमा छ । मुख्य खेलाडी दीपेन्द्र सिंह ऐरी चोटका कारण अघिल्ला दुई खेलमा नहुँदा पनि नेपालले उनको अनुपस्थिति हुन दिएन । ‘हाम्रो अहिलेको रिसेन्ट लय हेर्दा नेपाललाई कुनै पनि टिमले हराउन चाहीँ गाह्रै पर्छ’, शरद भन्छन् ।

अब ओमान विरुद्धको खेल र त्यसपछि हुने सेमिफाइनलमा नेपाली टिमको परिक्षण हुन सक्ने शरदको आकलन छ ।

‘नेपालको मुख्य खेलाडी दीपेन्द्रको चोटको असर अहिलेसम्म टिममा देखिसकेको छैन । दुई खेलमा दीपेन्द्र नहुँदा पनि दबाब खासै भएन । अब खेल्दा ठूलो टिमहरु हुन्छन् । त्यसैले अभाव तब हुन्छ जब हाम्रो २-३ विकेट जान्छ । अनी लोअर अर्डरमा परिक्षण हुन्छ,’ शरदले भने ।

उनले अब हुने खेलहरु अनुभवी टिमसँग हुँदा नेपालले अहिले देखिएका गल्तीहरु कम गर्नुपर्ने र सुधार गर्नुपर्ने ठाउँ पनि रहेको बताए ।

‘अको खेल ओमानसँग खेल छ । त्यसपछि यूएई, हङकङ वा बहराइन मध्ये एक टिमसँग खेल्नुपर्छ । अनुभवी टिमहरु पनि छन् । नेपालले अझ इम्पुरभ गर्ने ठाउँहरु छ । फिल्डिङमा स-सानो गल्तीहरु भाछ त्यो गल्तीलाई कम गर्नुपर्छ ।’

शुक्रबार समूह चरणका बाँकी चार वटै खेल हुनेछ । त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समीकरण पनि टुङ्गो लाग्नेछ ।

समूह ए अन्तर्गत सेमिफाइनल होडबाट बाहिरिसकेका मलेसिया र सिंगापुरबीच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ ।

यस्तै समूह बी अन्तर्गत यूएई र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल यूएईलाई समूह विजेता बन्न महत्वपूर्ण छ भने हङकङलाई सेमिफाइनल पुग्नका लागि महत्वपूर्ण छ । यस्तै कुवेत र बहराइनबीच दिउँसो सवा १ बजे मुलपानी मैदानमै खेल हुनेछ ।

यूएई २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र बहराइनको दुई खेलबाट समान २ अंक छ । दुई हार बेहोरेको कुवेत अंकविहीन छ ।

अहिले भइरहेको एसिया क्षेत्रको छनोटमा ८ टोली सहभागी छन् । जसबाट शीर्ष दुई टोली मात्र विश्वकपमा छनोट हुनेछन् ।

पछिल्लो तीन खेलमा नेपाल हावी

नेपाल र ओमानबीच पछिल्लो समय नियमित जस्तो खेल हुँदै आएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु को पछिल्लो साइकलमा यी दुई टोली ६ पटक भिडेका थिए । यस्तै टी-२० अन्तर्राष्ट्रिय खेलमा पनि गत वर्ष नेपाल  र ओमानबीच ३ खेल खेलेको थियो ।

संयोगवस २०२२ मा भएको तीनवटै खेल ओमानको मैदानमा भएको थियो त्यसमा सबै खेल नेपालले जितेको थियो ।

गतवर्ष पनि आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको समूह ए मा यी दुई टोली एकै समूहमा परेका थिए । २०२२ फेब्रुअरीमा भएको उक्त छनोटको समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

तर दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकप छनोट हुन सकेनन् र तेस्रो स्थानको लागि पुन: खेल भएको थियो । जसमा नेपालले ओमानलाई ९ विकेटले सहजै पराजित गर्दै तेस्रो भएको थियो ।

विश्वकप छनोट अघि भएको चारदेशीय टी-२० सिरिजमा पनि यी दुई टोलीबीच भेट हुँदा नेपाल ६ विकेटले विजयी भएको थियो ।

टी-२० आईमा नेपाल र ओमानबीच भएको पछिल्लो चार खेलमा नेपालले तीन खेल जित्दा ओमानले एक खेल मात्र जितेको छ । २०१९ मा ओमानमा भएको पाँच देश सम्मिलित पेन्टागुलर टी-२० सिरिजमा भने नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

विगतका टी-२० आई नेपाल ओमानमाथि हावी भए पनि छोटो फर्म्याटको यस खेलमा जस्तो पनि नतिजा आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

Next Post
कर्मचारीको तलव नपाउनुको कारण माँगसहित प्रशासकिय अधिकृत लाई बुझाए विज्ञप्ती

कर्मचारीको तलव नपाउनुको कारण माँगसहित प्रशासकिय अधिकृत लाई बुझाए विज्ञप्ती

गिलगिट बाल्टिस्तान : नाट्‌को कर्मचारीहरूद्वारा तलब नपाएको विरोधमा प्रदर्शन

गिलगिट बाल्टिस्तान : नाट्‌को कर्मचारीहरूद्वारा तलब नपाएको विरोधमा प्रदर्शन

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण हुनुपर्ने माग

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण हुनुपर्ने माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .