No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रास्वपाद्वारा चौरसियाको आरोपको जवाफ अराजकताबाट

रास्वपाद्वारा चौरसियाको आरोपको जवाफ अराजकताबाट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने दोस्रो पटक निर्वाचित भएर आए पनि दोहोरो राहदानी र नक्कली नागरिकताको विषयले भने अझै पनि तनाव झेलिरहेका छन्।

सांसद् लामिछानेले नेपालको कानुनले अपराध भनेको विषय दोहोरो नागरिकता राखेको कुरा उठेपछि उनै संसद्‌मै आक्रोशित बनेका छन्। उनले नेपाली नागरिकता त्यागेको अवस्थामा त्यागेको नागरिकताबाट नै दल दर्ता गरी सांसद भएको भन्दै अदालतले गैरकानुनी काम गरेको ठहर गरेपछि यसअघि उनको गृहमन्त्री र सांसद पद नै गुमेर चितवनमा उपनिर्वाचन भएको थियो।

हाल फेरि उनले दोहोरो राहदानी प्रयोग गरेको विषय उठिरहेको छ। फेरि सांसद पद गुम्‍ने भयका कारण उनी संसद्‌मै आक्रोशित भएका छन्। यससँगै सभापति लामिछानेका विश्‍वासपात्रसमेत रहेका रास्वापाका महामन्त्री मुकुल ढकाल र उपसभापति डीपी अर्यालले समानुपातिक सांसद बनाउन तीन करोड घुस लिएको विषयले उनलाई थप तनाव दिइरहेको छ।

यसअघि मन्त्री बन्‍नका लागि रास्वपाका नेताहरुले दुई करोड मागेको भन्‍ने अडियो बाहिरिएपछि पदबाट निलम्बिन भएका ढाकाकुमार श्रेष्ठले सांसद बन्‍नका लागि मुकुल र डीपीलाई तीन करोड दिएको बताएका छन्।

यही विषयलाई कांग्रेसका सांसद अजयकुमार चौरसियाले संसद्‌मा उठाएका थिए। कांग्रेस सांसद चौरसियाले लोकतन्त्रको लागि आजीवन लडेका नेता र पार्टीहरूलाई होच्याउने तथा व्यंगवाण गर्ने गरी बोलिएको भन्ने आपत्ति जनाएका थिए। संसद्मा त्यसरी दलका नेताहरूलाई होच्याएकोमा आफ्नो आपत्ति रहेको पनि उनले बताएका हुन्।

उनले त्यसपछि सभामुखमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका थिए। ‘म सोध्न चाहन्छु सम्माननीय सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीसँग र सम्बन्धित व्यक्तिहरूसँग, उहाँहरूमाथि लागेको आरोपहरूको बारेमा उहाँहरूले के भन्नुहुन्छ ? सरकारले के गरिरहेको छ ?’

त्यसपछि सांसद चौरसियाले आफ्नो प्रश्नलाई थप प्रस्ट गरे, ‘कुनै सांसद, पूर्वसांसदले कुनै पार्टीको नेतालाई समानुपातिक सांसद बन्नका लागि पैसा दिएको भन्ने आरोप लाग्यो भन्ने छ । जसरी नागरिकता बदर भएर, बाहिरको नागरिकता त्यागेको निस्सा पेस नगरीकन पुनः नागरकिता लिने काम गरियो भन्ने मैले सुनेको छु… ।’ चौरसियाले यति भनेपछि रास्वपाका सांसदहरूले टेबुल ठोक्न सुरु गरेका थिए ।

सांसद चौरसियाले कुनै सांसदको नाम उल्लेख नगरे पनि रास्वपाका सांसदहरूले आफ्नो पार्टी र सभापति रवि लामिछानेलाई भनेको ठानेर सिटबाट उभिएर विरोध जनाएका हुन्।

रास्वपाका सांसदहरू सिटबाट उभिएपछि सभामुख देवराज घिमिरेले रवि लामिछानेलाई बोल्नका लागि समय दिए। सांसद चौरसियाले बोलेका कुरा आफ्नै लागि हुन् भन्ने प्रस्ट पार्दै लामिछानेले भने, ‘सम्मानित अदालतमा भएको विषयलाई रोष्ट्रममा उभिएर माननीयज्यूले के-कुरा गर्न खोज्नुभएको हो ? यो सम्मानित अदालतको अपमान हो कि अथवा उहाँले सुनेका भरमा भन्नुभएको हो कि ? मेरो निस्सा तपाईंलाई बुझाउनुपर्ने हो?’

लामिछानेले समाचारमा आएका विषय संसद्मा उठाउने हो भने आफूले पनि उठाउन तयार रहेको चेतावनी पनि दिए। ‘हल्लाका भारमा लेखिएको समाचारको हेडलाइनको विषयलाई लिएर संसद्मा कुराकानी उठाउनु भयो भने त्यस्ता कुराहरू यति धेरै हुन्छन् कि यो संसद्मा त्यै मात्रै कुराकानी गरे हुन्छ । तपाईंले आफ्ना कुरा राख्नु होला, आफ्ना विषय राख्नुहोला,’ उनले भने, ‘हल्लाका भरमा, सुनेका भरमा आरोप लगाएर संसद्को रोष्ट्रममा यस्तो कुरा गर्ने हो भने यो संसद्को गरिमा कहाँ पुग्छ ?’

कांग्रेस सांसद चौरसियाले बोलेको कुरा संसद्को रेकर्डबाट हटाउन लामिछानेले माग गरे। उनले त्यसो भनिरहेका बेला चौरसिया भने रोष्ट्रममा उभिइरहेका थिए।

लामिछानेले त्यसो भनेपछि कांग्रेसका सांसदलाई आरोप लगाउँदै भने, ‘तपाईंहरूजस्तो हामी मान्छे लुकाएर, बचाएर बस्दैनौं । प्रमाणित गर्नुहोला, यो संसद्को पाँच किलोमिटर वरपर हामी देखिँदैनौं। आफ्नो अनुहार लुकाएर हिँड्छौं, हामी आफै। हल्लाका भरमा, मिडियाले लेखेको र सेयर गरेको भरमा यो संसद्मा आएर बोल्न पाइँदैन।’

लामिछाने बोलिरहँदा रास्वपाका सांसद डीपी अर्याल छेउमा उभिएका थिए। एक जना सांसद बोलिरहेको बेला अर्को सांसद उभिन नहुने संसदीय अभ्यास रहेकोमा अर्यालले भने त्यसको ख्याल गरेका थिएनन्। उनी टोलाएर उभिरहेका थिए। त्यसपछि सभामुखले उक्त कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराए। लामिछाने पनि बसे। चौरसियाले आफ्नो भनाइलाई पुनः सुरु गरे ।
‍
‘मधेसमा नागरिकता हुन्छ । नागरिकता मुद्दा हुँदा थुनामा बस्नुपर्ने हुन्छ । दोहोरो नागरिकता हुँदा थुनामा बस्नुपर्ने हुन्छ,’ चौरसियाले थपे, ‘तर, यहाँ के गरिएको थियो ? म सम्माननीय प्रधानमन्त्रीजीसँग जान्न चाहन्छ । मेरो हक पनि हो यो कुरा सोध्ने । एउटा सामान्य मान्छेको सहयोगीले सुसाइड नोट लेख्यो र त्यो सुसाइड नोटमा दोषी देखियो भने त्यसलाई के हुन्छ ? सबै नागरिकलाई नेपालको कानुनअनुसार समान व्यवहार सरकारले गर्नुपर्छ । पुरानै नागरिकता नम्बर दिएको छ । पुरानै जारी मिति राखिएको कुरा पनि गरिएको छ । यो ठीक हो कि होइन ? कानुनसम्मत हो कि होइन ? कसैले विरोध गर्दैमा मेरो सूचनाको हक कायमै रहन्छ… ।’

सांसद चौरसियाले फेरि लामिछानेलाई इंगित गरेर अन्य विषय पनि उठान गर्न थालेपछि रास्वपाका सांसदहरू सिटबाट उभिए। टेबुल ठोके । सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे। कांग्रेस सांसदहरूले पनि ‘निरंकुशता चल्छ’ भन्दै टेबुल ठोकेर उभिए।

सभामुख घिमिरेले भने समय लिएर बोल्न र संसद्को मर्यादालाई ख्याल गर्न आग्रह गरेका थिए। यो बेला रास्वपा र कांग्रेस सांसद उभिएर एक-अर्काविरुद्ध बोलेका थिए।

रविले आफ्नो विषयलाई अदालत र समाचारका हेडलाइनलाई सम्झाए पनि यसअघि आफूले पनि समाचारका हेडलाइन हेरेरै संसद्‌मा बोल्‍ने गरेको भने बिर्सिए। यसअघि रास्वपाका सांसद्‌हरुले समाचारमा आएका हेडलाइनकै विषयलाई लिएर कांग्रेस सांसद् आरजु राणामाथि प्रश्‍न गरेका थिए। त्यसैगरी अदालतमा विचाराधिन भएको विषय नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि रास्वपाका सांसद्‌हरु बोल्‍न छोडेका छैनन्।

तर, आफ्‍ना गलत कर्तुतहरु खुल्‍ने भयले भने उनीहरुले जायज कुरामा पनि विरोध गरिरहेका छन्। न त रवि लामिछानेले यसअघि जस्तो सांसद बनाउन तीन करोड बुझाएको विषयमा स्पष्टिकरण नै दिन सकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता

लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता

प्रहरी अनुसन्धानमा खुल्यो आरजु राणालाई फसाउन गरिएको षडयन्त्र, प्रलोभन देखाएर पैसा खाएको नक्कली अडियो बनाएको पुष्टि

प्रहरी अनुसन्धानमा खुल्यो आरजु राणालाई फसाउन गरिएको षडयन्त्र, प्रलोभन देखाएर पैसा खाएको नक्कली अडियो बनाएको पुष्टि

नेपालगन्जमा ( बडा मंगलवार ) हनुमान जि दिनको अवसरमा भणडारा सम्पन्न

नेपालगन्जमा ( बडा मंगलवार ) हनुमान जि दिनको अवसरमा भणडारा सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .