No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला परेन

पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला परेन

नेपालगन्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल जाँच गर्दा कुनै पनि शंकास्पद सामग्री फेला नपरेको प्रहरीले जनाएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाँणको मोबाइलको रिपोर्ट आउँदा त्यस्तो शंकास्पद सामग्री फेला नपरेको हो ।

खाँणको साथबाट बरामद भएको मोबाइल जाँचका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याब ९डीएफएल० मा पठाएको थियो । डीएफएलले रिपोर्ट पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरण बारेको कुनै कुराकानी तथा प्रमाणहरु नभेटिएको भन्ने रिपोर्ट आएको परिसरका एसपी सिताराम रिजालले जानकारी दिए ।

उनका अनुसार पहिला मोबाइल फर्म्याट भएको त्यसको रिकभरका लागि पठाउँदा कुनै पनि सामग्री फेला नपरेको हो । ‘खाँणको मोबाइल फ्याक्ट्री रिसेट भएको थियो । त्यसपछि हामीले जाँचका लागि डीएफएलमा पठाएका थियौं । तर, रिपोर्टमा कुनै पनि शंकास्पद विषयहरु देखा नपरेको रिपोर्ट आएको छ’, परिसरका प्रवक्ता समेत रहेका एसपी रिजालले भने ।
बैशाख २७ गते खाँणलाई चाबहिलको मैजुबहालस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । खाँणलाई पक्राउ गरेपछि प्रहरीले मोबाइल नियन्त्रणमा लिएको थियो ।

उक्त मोबाइलमा भुटानी शरणार्थी प्रकरणको गतिविधि नदेखिएपछि डिलेट तथा फर्म्याट गरेको हुन सक्ने भन्दै प्रहरीले जाँचका लागि पठाएको थियो । जाँच भएर आउँदा पनि केही नदेखिएपछि खाँणले प्रमाण लुकाउन अर्को मोबाइल प्रयोग गरेको पनि हुन सक्ने प्रहरीको अनुमान भएपनि अहिलेसम्म अर्को मोबाइल भेटिएको छैन ।

मोबाइलको फ्याक्ट्री रिसेट भएको पाइएपछि जिल्ला सरकारी वकिलको कार्यालयमा बयानको क्रममा यस बारे समेत सरकारी वकिलले खाँणलाई प्रश्न गरेका थिए ।

तर, खाँणले आफू पुरानो पुस्ताको मान्छे भएकाले मोबाइलको प्राविधिक पक्षबारे जानकारी नभएको बताएका थिए । खाँणलाई नक्कली भुटानी शरणार्थी प्रकरणका विचौलिया केशव दुलाल र उनी गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेले बयानका क्रममा नाम लिएको आधारमा पक्राउ गरेको थियो ।

यसअघि पाण्डेको मोबाइलमा खाँणको म्यासेज भेटिएको थियो । उनले आफ्ना सहयोगी नरेन्द्र केसीलाई पनि पाँच लाख रुपैयाँ दिनु भनेर म्यासेज पठाएको भेटिएको प्रहरीले जनाएको थियो ।

प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को भाग २, परिच्छेद १ को दफा ५१ को उपदफा १ मा राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्न वा गराउन बन्देज गरिएको विषयमा मुद्धा सिफारिस गरेको छ ।

सोही दफाको उपदफा २ ९क० मा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने कार्य राज्यविरुद्धका अपराध हुन् ।’

प्रहरीले हालसम्म पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमोलका सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतका ‘हाई प्रोफाइल’ लाई पक्राउ गरेको छ ।

त्यस बाहेक ठगीमा संलग्न नेता रायमाझीका छोरा सन्दीप, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ ।

गिरोहमा संलग्न एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक, नीरज राई, बेचन झा, केशव तुलाधर, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापा लगायत फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
चीनले गरेको बलपूर्वक फेरबदलको विरुद्धमा क्वाड

चीनले गरेको बलपूर्वक फेरबदलको विरुद्धमा क्वाड

ओलीप्रति व्‍यंग्य, प्रचण्डलाई खबरदारी , सरकारको नीति तथा कार्यक्रममाथि बोल्दा ओलीमाथि कटाक्षै कटाक्ष

ओलीप्रति व्‍यंग्य, प्रचण्डलाई खबरदारी , सरकारको नीति तथा कार्यक्रममाथि बोल्दा ओलीमाथि कटाक्षै कटाक्ष

अब ऋण दिन नसक्ने अवस्थामा आधा दर्जन विकास बैंक

अब ऋण दिन नसक्ने अवस्थामा आधा दर्जन विकास बैंक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .