No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

काठमाडौं । धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् । स्कुल नजानका लागि विभिन्न बहाना बनाउन थाल्छन् । बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् ।

तर किन स्कुल जान मान्दैनन् बालबालिका ? किन स्कुलप्रति उनीहरू आकर्षित हुँदैनन् ? भन्ने कुरामा धेरैको ध्यानै पुगेको हुँदैन । बालबालिकाको पढाइ घरबाट सुरु हुन्छ, त्यसैले उनीहरूलाई स्कुल पठाउनुअघि अभिभावकले केही तयारी गर्नुपर्छ । बच्चा किन स्कुल जान मान्दैन भन्ने कुरा जान्नुपर्छ ।

बच्चा स्कुल जान मान्दैन, बहाना बनाउँछ भने त्यसको पछि विभिन्न कारण हुन्छन् । घरमा आमाबुबासँग मात्र बसिरहेको बच्चा एक्कासि अर्को वातावरणमा जाँदा उसलाई त्यो वातावरणमा घुलमिल हुन समस्या हुन्छ, जसले गर्दा बच्चा स्कुल जान नमान्ने बाल मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्य बताउँछिन् ।

स्कुल पुग्नेबित्तिकै बच्चालाई लेख्न, पढ्न लगाइन्छ । तर बच्चाको सानो दिमागलाई पढाइलेखाइको कुरा बुझ्न गाह्रो हुन्छ  त्यसैले पनि बच्चाहरू स्कुल जाने बेला रुन थाल्ने उनी बताउँछिन् ।

‘आजभोलि अभिभावकले बच्चालाई सानैदेखि ग्याजेट देखाएर खाना खुवाउने बानी लगाएको हुन्छ । स्कुलमा त त्यो हुँदैन अनुशासनमा बस्नुपर्ने हुन्छ जसले पनि बच्चाहरू स्कुल जान मान्दैनन्,’ आचार्य भन्छिन् ।

बाल मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्य । फाइल तस्वीर

शिक्षकले सबै बच्चालाई समान व्यवहार गर्दैनन् । बढी जान्ने विद्यार्थीलाई माया गर्ने र कमजोर विद्यार्थीलाई हेला गर्ने प्रवृत्ति समेत देखिन्छ । ‘यसले कमजोर विद्यार्थी हतोत्साहित हुन पुग्छन् । उनीहरूले अपहेलित महसुस गर्छन् । स्कुल सम्झनासाथ उनीहरूको मन खिन्न हुन्छ र स्कुल जान मान्दैनन्,’ आचार्य भन्छिन् ।

बच्चालाई स्कुल जान कसरी प्रोत्साहित गर्ने ?

अभिभावक आफैं उत्साहित हुने

बच्चालाई पहिलो पटक स्कुल पठाउँदा अभिभावक पनि उत्साहित हुनुपर्छ । बच्चालाई स्कुल पठाउने तयारी गर्नुपर्छ स्कुलको बारेमा राम्रो राम्रो कुरा सुनाउनुपर्छ । जसले गर्दा बच्चा पनि स्कुल जान उत्साहित हुने आचार्य बताउँछिन् ।

स्कुलको लागि आवश्यक सामग्री किन्न बच्चालाई साथै लिएर जाने

स्कुल पठाउनुअघि बजार लगेर उसलाई मन पर्ने स्कुल ब्याग, पानीको बोतल, टिफिन बक्स किनिदिनुपर्छ । यसरी बच्चालाई मन पर्ने सामान किनिदिएपछि बच्चा स्कुल जान खुसी हुने आचार्य बताउँछिन् ।

बच्चालाई भर्ना गर्नुअघि स्कुल घुमाउन लैजाने

बच्चालाई स्कुल भर्नाअघि एक पटक स्कुल घुमाउन लैजानुपर्छ । उसलाई शिक्षक र साथीहरूसँग परिचय गराउनुपर्छ । स्कुलको खेल मैदानमा खेल्न दिएर तिम्रो स्कुल कति राम्रो भनेर भनिदिनुपर्ने आचार्य सुझाउँछिन् । ‘यसो गर्दा बच्चालाई पनि स्कुल मन पर्न थाल्छ र खुसी भएर विद्यालय जान्छ,’ उनी भन्छिन् ।

दैनिक रुटिन बनाइदिने

बच्चालाई स्कुल पठाउनुभन्दा १५ दिनअघिदेखि उसको दैनिक रुटिन बनाइदिनुपर्छ । उसलाई विद्यालय जानुभन्दा दुई घण्टा अगाडि उठाउनुपर्छ । बिस्तारै खाना खुवाउने, किताब–कापी तयार पारिदिने गरियो भने उसलाई त्यही दिनचर्याको बानी बस्छ । उसलाई त्यो दिनचर्याको बानी परेपछि स्कुल जानुपर्दा बच्चा नरिसाउने आचार्य बताउँछिन् ।

स्कुलको बारेमा सबै कुरा बताउने

‘स्कुलमा तिमीजस्तै तिम्रो धेरै साथी हुनेछन् । तिमीले उनीहरूसँग खान, खेल्न र नयाँ काम गर्नेछौ’ भनेर बताउनुपर्छ । ‘विद्यालयमा शिक्षक शिक्षिकाले तिमीलाई आमाबुबाले जस्तै माया हेरचाह गर्नुहुन्छ । तिमीले हरेक कुरा शिक्षकलाई बताउन सक्छौं भनेर उसलाई सम्झाउनुपर्छ । जसले गर्दा बच्चा स्कुलको वातावरणसँग परिचित हुन्छ,’ आचार्य भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post
बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

रेशम चौधरीले सफाइ पाएनन्, जन्मकैदको फैसला सर्वाेच्चद्वारा सदर

रेशम चौधरीले सफाइ पाएनन्, जन्मकैदको फैसला सर्वाेच्चद्वारा सदर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...