No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रचण्डको छट्पटी बढ्दै, लिँदै चिनियाँ सहारा, काम गर्ला माधव नेपालको मन्त्रले ?

प्रचण्डको छट्पटी बढ्दै, लिँदै चिनियाँ सहारा, काम गर्ला माधव नेपालको मन्त्रले ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच शुक्रबार साँझ भएको भेटघाटमा दुवै जनाले प्रधानमन्त्री पदलाई ‘मिशन’ बनाएका छन् । दुव नेताहरु आधा आधा कार्यकाल बाँड्न सहमत भए पनि को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुरा नमिल्दा भेटवार्ता बिना निस्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री देउवासँग भएको कुराकानीलाई लिएर शनिबार बिहानै प्रचण्ड नेकपा एकीकत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा पुगेका छन् । शुक्रबार मात्रै अस्पतालबाट डिस्चार्ज भएका नेता नेपालसँग भेटघाटका लागि पुगेका प्रचण्डले आफूले शुरुको सरकारको नेतृत्व गर्न पाउनु पर्ने प्रस्तावमा कांग्रेस सभापति देउवाले धोका दिएको र दुवैको ‘बटमलाइन’ शुरुको प्रधानमन्त्री रहेको ब्रिफिङ गरेका छन् ।

माधव नेपाल भने शुरुमा देउवालाई प्रधानमन्त्री दिएर भए पनि गठबन्धन जोगाएर लैजानुपर्ने पक्षमा उभिएका छन् । शुक्रबार देउवालाई भेट्नुअघि प्रचण्डले चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिशन ९डीसीएम० लाई भेटेका थिए । काठमाडौंस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूतले शुक्रबार बिहान भेटघाट गरेपछि प्रचण्डले आफू निकट रहेका नेताहरुलाई कांग्रेससँगको सहकार्य कमजोर हुँदै गएको बताएका थिए ।

उनीहरुबीच खुमलटारस्थित दाहाल प्रचण्ड निवासमा गोप्य भेटवार्ता भएको थियो । उच्च सुरक्षा स्रोतका अनुसार चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिशन ९डीसीएम० वाङ सीनबीच बिहान ९ बजेदेखि करिब डेढ घण्टा कुराकानी भएको थियो । तर यो विषयमा प्रचण्ड सचिवालयले केही बताएको छैन । चिनियाँहरु अहिलेको गठबन्धन टुटाएर नेकपा एमालेसँगको सहकार्यमा माओवादीको नेतृत्वमा सरकार बनाउन चाहिरहेका छन् ।

पछिल्लो समय एमालेलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग सत्ता बार्गेनिङ गरिरहेको अवस्थामा चिनियाँ राजदूतावासबाट गएका डीसीएमले चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश सुनाएको बुझिएको छ ।
नयाँ राजदूत नेपाल आउन ढिलाई भैरहेको बेला वाङ सिनले नै चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश प्रवाह गरिरहेका छन् । कार्यवाहक राजदूतसँगको भेटघाटपछि आधा आधा कार्यकालमध्ये शुरुको कार्यकालमा आफूलाई चाहिने भन्दै प्रचण्डले कांग्रेससँग बार्गेनिङ गरिरहेका छन् ।

प्रचण्डले अहिलेकै सत्ता गठबन्धन कायम राख्ने भए आफूलाई पहिलो चरणमै प्रधानमन्त्रीमा समर्थन गर्न कांग्रेसलाई अल्टिमेटम दिँदै त्यसो नभए एमालेसँग मिलेर सरकार बनाउने चेतावनी दिएको स्रोतको दाबी छ ।

बालुवाटारमा बिहीबार–शुक्रबार साँझ भएको गठबन्धनका दुई नेताहरूको छलफलका क्रममा प्रचण्डले शुक्रबारसम्म जवाफ दिन भनेपछि देउवाले निकट नेताहरूसँग छलफल थालेका थिए ।

तर देउवाले शुक्रबार पनि कुनै जवाफ दिएनन् । प्रचण्डको अडानमा देउवाले भने सहमति जनाएका छैनन् । पाँच वर्ष आलोपालो सरकार चलाउनेमा समझदारी भए पनि पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्नेमा कांग्रेस र माओवादीबीच संघर्ष चलिरहँदा प्रचण्डले शुक्रबारभित्रै जवाफ दिन भनेपछि सत्ता गठबन्धन एक प्रकारले धरमराएको छ ।

देउवाले भने प्रधानमन्त्रीका लागि अढाई वर्ष पर्खन प्रचण्डलाई आग्रह गरेका थिए । शक्ति बाँडफाँटका अरु विकल्पमा छलफल गर्न सकिने देउवाको भनाइ थियो । कांग्रेसले पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरे विकल्पमा जाने संकेत प्रचण्डले गरिसकेका छन् ।

प्रचण्ड यसपटक जसरी पनि प्रधानमन्त्री बन्ने मनसायमा छन् । कांग्रेसले साथ नदिए एमालेसँग मिलेर सरकार गठन गर्ने विकल्प उनका अगाडि छ । यसमा एमाले नेताहरूले पनि प्रचण्डलाई हरियो बत्ती देखाएका छन् ।

राष्ट्रपतिले सरकार गठनका लागि बहुमत लिएर आउन दिएको समयसीमा आइतबार सकिँदैछ । यही अवस्थामा प्रचण्डले माधवकुमार नेपाललाई मनाउन कोटेश्वर पुगेका हुन् ।

‘माधव नेपाल नभएको भए यतिबेला प्रचण्डले ओलीसँग सहकार्य गर्ने बताइसकेर वार्ता अगाडी बढाउने थिए तर नेपालकै कारण रोकिएका छन्’, स्रोतले भन्यो ।

शुक्रवार बालुवाटारमा भएको छलफलका क्रममा देउवाले आफूले नै पहिलो कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने बताएको भन्दै प्रचण्डले गठबन्धनमा कांग्रेसले धोका दिएको बतउन थालिसकेका छन् ।

माओवादी निकट स्रोतका अनुसार देउवाले पार्टीमा दोस्रो तका नेताहरुबाट धेरै दबाब आएको भन्दै आन्तरिक छलफल गरेरमात्रै निर्णय दिन सक्ने बताएका थिए । निर्णायक भनिएको छलफलमा देउवाले यस्तो भनेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

स्रोतका अनुसार चुनावअघि पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डलाई बनाउने भनेर देउवाले सहमति जनाएकोमा प्रचण्डले यसलाई धोकाको संज्ञा दिएका छन् ।

तर, ठूलो पार्टीको हैसियतमा पार्टीले नै नेतृत्व गर्नुपर्ने भन्दै कांग्रेसका दोस्रो तहका नेताको चर्को दबाब छ । उता वाम गठबन्धनको पक्षमा रहेका वर्षमान पुनले सरकार गठनकै क्रममा कांग्रेससँगको सहकार्यलाई टुटाउन खोजेको र उनकै पहलमा एमालेसँग कुराकानी भैरहेको छ स्रोतको दाबी छ ।

एमालेको सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णय गरेसँगै माओवादीसँगको सहकार्यमा खुला गरिदिएको थियो । त्यसपछि माओवादीका नेताहरुलाई कुराकानी गर्न सहज भएको स्रोतको दाबी छ । हाम्रोकुरा बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
लहानमा बालबालिकासंग एक दिने मनोपरामर्श तालीम सम्पन्न

लहानमा बालबालिकासंग एक दिने मनोपरामर्श तालीम सम्पन्न

नवनिर्वाचित सांसद एकनाथ ढकालद्वारा सम्पूर्ण मतदातामा आभार ब्यक्त

नवनिर्वाचित सांसद एकनाथ ढकालद्वारा सम्पूर्ण मतदातामा आभार ब्यक्त

धनुषाको मुखियापट्टीमा गोली हानी एक युवकको हत्या

धनुषाको मुखियापट्टीमा गोली हानी एक युवकको हत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .