काठमाडौं जिल्ला अदालतले दुई चिनियाँ नागरिक माथि बेचविखन गरी अबैध रुपमा साइवर कारोवारमा संलग्न गराएको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
चीनको सिचुआनका स्थायी बासिन्दा ३० बर्षिय चेन याङ र फुजियानका ३३ बर्षिय रुआन चाओहोङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि कारागारमा पठाएको हो ।
पर्यटकको भेषमा नेपालमा बस्दै आएका दुबै चिनियाँ नागरिकले लाओसमा १९ र २२ बर्ष उमेरका नेपाली युवतीलाई बेचविखन गरी अबैध साइवर कारोवारमा संलग्न गराएको आरोपमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षको कारागारा पठाउने आदेश दिएर कारागार पठाएका छन् ।
उनीहरु महिनौंदेखि ठमेलमा बस्दै आएका छन् र प्रलोभनमा पारेर युवतीलाई विदेश लैजान खोजिरहेका थिए । तीन बालिकाले आफ्ना आमाबुवासहितको एफआईआर दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । चीनियाँ युवतीसँग नाईट क्लवमा राहुल गान्धी, मदिरामा मस्त














