No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनको स्वास्थ्य संयन्त्र जोखिममा

चीनको स्वास्थ्य संयन्त्र जोखिममा

लामो समय जिरो कोभिड नीति लिएको चीनले आफ्नो नीति परिवर्तन गरे लगत्तै अस्पतालमा सहने नसकिने चाप देखिएको छ। अस्पतालहरूमा चिकित्सक र नर्सको माध्यम हुँदै अन्य रोगका बिरामीलाई कोभिड सर्ने जोखिम समेत देखिन थालेको छ।

अस्पतालमा कर्मचारी अभाव भए पछि चिकित्सक र नर्सलाई सङ्क्रमण भए पनि अस्पताल बोलाउन थालिएको छ। अमेरिकाको याले विश्वविद्यालयमा भएका यसैको विषयमा विशेषता हासिल गरी रहेका चिनिया प्राध्यापकलाई देश बोलाइएको छ।

राष्ट्रपति सी जिनपिङले अहिलेको डरलाग्दो अवस्थालाई हेरेर प्रक्षेपण गर्न नयाँ उपाय अपनाउन आवश्यक रहेको बताएका छन्। उनले यस बारेमा निर्देशकसँग कुरा गर्ने पनि बत्ताएका छन्।

‘अहिले चिकित्सककै कारण सबै बिरामी कोभिडको जोखिममा पर्न थालेका छन्’ एक स्थानीयले बताएका छन्। चीनले अहिले सङ्क्रमणको दर एकदमै उच्च हुन थालेपछि ज्वरोको वार्डमा थपेको छ। भाइरस सङ्क्रमित भएका सबैलाई केही दिन अगाडीसम्म अस्पतालमा ल्याइने गरिएको थियो।

पछिल्ला केही दिनमा यस नीति परिवर्तन भएको छ। तथापि सङ्क्रमित पनि गम्भीर लक्षण नभएमा घरमै बस्ने सूचना सबै कहाँ पुगी सकेको छैन। तसर्थ अस्पतालको यो शय्याको मात्रा तत्काल भरिन पनि सक्ने छ।

प्राध्यापक चेनले अहिले आम मानिसलाई बुझाउन धेरै नै गर्न आवश्यक रहेको बताएका छन्। “अहिलेसम्म सामान्य लक्षण भएकालाई घरमै राख्ने कुरामा कोही मानसिक रूपमा तयार नै भएका छैनन्” उनले भने “जब मानिसहरू बिरामी भएको महसुस गर्छन् त्यस पछि त अस्पताल गइनै हाल्छन्।”

चीनका लागि सबै खुला गर्नु पूर्ण रूपमा उपयुक्त त होइन। तथापि यो आवश्यक भइसकेको थियो। उनका अनुसार सिगापुर र न्युजील्यान्ड जस्ता देशले पनि सङ्क्रमण कम हुने बित्तिकै नीति परिवर्तन गरेका थिए।

कम्पनीले कर्मचारी अस्पतालमा आउनका लागि परीक्षणको कुरा गरी रहेका छन्। तर, त्यो कुरा मानिरहेका छैनन्। केही सातासम्म सरकारले सङ्क्रमितलाई अस्पतालमा भर्ना हुने तथा केही भएमा अस्पताल गई हाल्ने कुरा बताएको थियो। त्यत्ति मात्र होइन आवश्यक समयमा लकडाउन गर्ने नीति पनि लिएको थियो।

अहिले भने जिरो कोभिड नीतिबाट चीन पछाडि हटी सकेको छ। अहिले सलह झैँ कोभिडको सङ्क्रमण फैली रहेको छ। चीनले कडाइका मापदण्ड खुला गरे पछि बिस्तारै कोभिड फैलने अनुमान थियो। त्यसो नभएर एकदमै द्रुत गतिमा फैलन थाले पछि चीनमा अहिले समस्या थपिएको हो।

स्वतन्त्रताको अनुभव गरेका उनीहरू सडकमा नै उत्रेका थिए। उनीहरू पूर्ण रूपमा स्वतन्त्रता चाहन्थे। राष्ट्रपति सीको राजीनामा माग गर्दै सडकमा उत्रेका उनीहरूको सुरक्षा निकायसँग झडप नै भएको थियो। यसै प्रदर्शन पछि जिरो कोभिड नीति हटेको थियो।

चेनका अनुसार चीनका लागि सबै खुला गर्नु पूर्ण रूपमा उपयुक्त त होइन। तथापि यो आवश्यक भइसकेको थियो। उनका अनुसार सिगापुर र न्युजील्यान्ड जस्ता देशले पनि सङ्क्रमण कम हुने बित्तिकै नीति परिवर्तन गरेका थिए।

सरकारको निर्णयले प्रदर्शनकारीको जितको आभास त दिएको छ। यो निर्णयसँगै वयोवृद्ध मानिसहरूमा एक किसिमको त्रास पनि उत्पन्न भएको छ।

सबै नातिहरूसँग घर भन्दा बाहिर घुम्न निस्कने गरेकी एक महिला अहिले भिडबाट बच्न आफूलाई कठिन भई रहेको बताउँछिन्। तर, उनी लगातार मास्क लगाउने तथा हात धोइ रहने कुरामा सावधानी अपनाउँदै घरबाट बाहिर जाने गरेकी छिन्। समुदायमा धेरै रोगको सङ्क्रमण भएको क्षेत्रमा उनीहरूलाई जान मन नै लाग्दैन। यसै बिचमा बेइजिङको असर भने अझ धेरै छ।

रेस्टुरेन्ट भने अझै खाली छन्। सहर तहको सरकारले त्यहाँ भित्र बसेर खानका लागि कम्तीमा ४८ घण्टा भित्रको पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र खोज्ने गरेको छ। स्वास्थ्यसँग सम्बन्धित ए त तयार छ। तर, यसले एकदमै राम्रो नतिजा दिन सकेको छैन।

संसारका धेरै देश पहिले नै यो बाटोमा गए पनि चीनले आनाकानी गर्नुका कारण बारे धेरैलाई अन्योल थपेको छ।

यस कारण कोभिड बढी रहेको समयमा त्यहाँको ल्याबको असर पनि त्यत्तिकै छ। सङ्क्रमित भएकी ३४ बर्सिया एक महिला स्थिति सामान्य बन्न कठिन भई रहेको बताउँछिन्। उनी आफै भने गम्भीर लक्षण नभएको तथा त्यो सबै पाउन धेरै कठिन नभएको बताउँछिन्। घरमा नै श्रीमान् र उनलाई ठिक हुँदै गएको छ। एकदमै भिडभाड भएको क्वारेनटाइन भन्दा उनलाई यसैमा ठिक लागेको छ।

उनका मनमा अन्य धेरै चिन्ता छ। दुई वटा साना सन्तान च्यापेर बसेकी बहिनी,गाउँमा छुट्टै रहेका अभिभावक र हजुर आमाको उनलाई एकदमै याद आइ रहन्छ। सङ्क्रमण भए घरमै बस्ने निर्देशक चिकित्सकले दिए पछि उनीहरू पनि यसमा खसी हुन थालेका छन्।

सङ्क्रमण बढ्दै गए पछि अस्थायी रूपमा बनाइएका आइसोलेसन केन्द्रलाई पनि अस्पतालको हिस्साको रूपमा प्रयोग गर्न थालिएको छ। बेइजिङमा एकै दिन २२ हजार जनाले क्लिनिकको आवश्यकता महसुस गरे पछि स्थिति असामान्य भएको हो।

अहिले चीनको स्वास्थ्य संयन्त्रको अवस्था हेरेर धेरै प्रश्न उठ्न थालेको छ। सरकारले पहिले नै किन यी सबै कुराको प्रयास गरेन ? भन्ने नै पहिलो प्रश्न हो।

आइसियु क्षमता सहितको धेरै अस्पताललाई किन यस भन्दा अगाडी नै तयार नपारिएको भन्ने प्रश्नले सरकारलाई वाक्क बनाइसकेको छ। संसारका धेरै देश पहिले नै यो बाटोमा गए पनि चीनले आनाकानी गर्नुका कारण बारे धेरैलाई अन्योल थपेको छ।

जनजीवनको स्तर र आर्थिक अवस्था खस्किनुका बाबजुद सरकारले किन जिरो कोभिडको रटान नत्यागेको भन्ने एउटा गम्भीर प्रश्न उठेको हो। राष्ट्रपति सीले किन देशको नागरिकको जन स्तर र अर्थतन्त्र ध्वस्त नभएसम्म जिरो कोभिड नछाडेको भन्ने प्रश्न गर्दै उनी माथि ओला उठाउनेको जमात प्रत्येक दिन बढी रहेको छ। अन्य देश भ्याक्सिन वितरणमा धेरै अघि बढ्दा चीन किन पछाडि भन्ने एउटा गम्भीर प्रश्न अहिले उठ्न थालेको छ।

चीनमा मानिसहरू आफैलाई परीक्षण गरेर औषधी खरिदको अवसर दिइएको छ। भिटामिन र फ्लु जन्य औषधीको अभाव देखिन थालेको छ।

जिरो कोभिडबाट पछि हट्ने बित्तिकै चिनिया अधिकारीले नयाँ स्ट्रेन कम घातक भएका कारण सबै खुला गरिएको जिकिर गरी रहेका छन्। सरकारी अधिकारीले अन्य विकल्प पनि अघि नसारेको भने पक्कै होइन। आम नागरिकलाई वेभ चार्ट मार्फत आफ्ना कुरा राख्ने अधिकार समेत दिइएको छ। त्यो उद्देश्य सरल र सामान्य नै हो। तर, सरकारले राखेको जस्तो प्रभावकारी ढङ्गले काम गरेको जस्तो भने देखिँदैन।

यी थुप्रै प्रश्नको बिचमा अबको दुई महिना चीनको जनजीवन अझ बढी कठिन बन्ने कुरामा विमति हुनै सक्दैन। यस बिचमा लाखौँ मानिसहरू बिरामी हुने छन् भन् मृतकको सङ्ख्या थपिने छ। अहिले जत्ति समस्या आए पनि पुरानो नीति व्यवहारिक नभएको भने सबै भन्दा साँचो हो।

एकै पटक खुल्दा अस्पतालमा मात्र होइन घरमा बस्नेका लागि पनि अन्य धेरै समस्या भने अहिले थपिएका छन्। मानिसहरू इबु प्रोफिन, जाडोको औषधी र कोभिड परीक्षणको सामग्री धेरै मात्रामा किन्न चाहन्छन्।

धेरै कुराको खरिद अहिले असामान्य बनी रहेको छ। कागती जस्ता कुराको समेत अभाव सुरु हुन थालेको छ। ट्र्याक र ट्रेस गर्ने नियममा खुला गरिएसँगै अहिले चीनमा मानिसहरू आफैलाई परीक्षण गरेर औषधी खरिदको अवसर दिइएको छ।

भिटामिन र फ्लु जन्य औषधीको अभाव देखिन थालेको छ। सामान्य औषधीजन्य पदार्थको मागमा ३ सय प्रतिशत सम्मले बढेको छ। कागतीको अभावमा कागती फ्लेभरको चिया , मिठाइ पानीको माग बढेको छ। जिरो कोभिड नीतिबाट धेरै पछि आएको चीनको यो समस्या अबको दुई महिना अझ कठिन हुने छ। सुरुमै भ्याक्सिनमा व्यापक ध्यान नदिइएका असर चीनले अहिले भोगी रहेको छ।

(स्रोत : बीबीसी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो

वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो

तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा

तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा

महिला नेतृलाई अश्लिल म्यासेज पठाउने माओवादीका केन्द्रीय सदस्य बजगाइँ निलम्बित

महिला नेतृलाई अश्लिल म्यासेज पठाउने माओवादीका केन्द्रीय सदस्य बजगाइँ निलम्बित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .