काठमाडौं । आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी लगायत राजनीतिक कारणले जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निणर्य गरेको एक मन्त्रीले जानकारी दिए ।
उनले भने(‘रेशम चौधरीलाई छुटाउन भनेर त लेखेको छैन तर राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निणर्य भएको छ ।’
यो निणर्यबाट राजनीतिक मुद्दा लागेका र शान्ति प्रक्रियामा आएका तथा आउने क्रममा रहेकालाई सम्बोधन गर्ने उनले बताए । यो निणर्यबाट जेलमा रहेका रेशम चौधरीसहित विप्लव समूहका जेलजीवन बिताइरहेका नेता कार्यकर्तालाई फाइदा पुग्ने भएको छ ।














