No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अन्तर्घातकै कारण कांग्रेसले गुमायो १० सिट, कहाँ कहाँ के के भयो ?

अन्तर्घातकै कारण कांग्रेसले गुमायो १० सिट, कहाँ कहाँ के के भयो ?

काठमाडौं – नेपाली कांग्रेसभित्र अन्तर्घात पुरानो रोग हो । त्यसैले पहिलेदेखि एउटा पहेली नै बनेको छ, कांग्रेसलाई अरुले होइन, आफैं हराउँछ ।

यसपटकको निर्वाचनमा पनि त्यस्तै देखियो । सत्तागठबन्धन हुँदा पनि यसपटक कांग्रेसले सोच्दै नसोचेको निर्वाचन क्षेत्र गुमाउन पुग्यो । कल्पना नै नगरिएका नेताहरुले हार्न पुगे । अघिल्लो निर्वाचनमा वाम तालमेल हुँदा पनि जितेको नौवटा सिट यसपटक कांग्रेसले गुमायो ।

जसलाई लिएर कांग्रेसभित्र निकै ठूलो असन्तुष्टि उब्जिएको छ । काठमाडौं ६, मोरङ २, बारा १, रुपन्देही ५, कपिलवस्तु ३, पर्सा ३, सुनसरी ३ लगायतका निर्वाचन क्षेत्र जहाँ पहिले कांग्रेसले एक्लै चुनाव जितेको थियो ।

यी क्षेत्रमा कांग्रेसले अहिले चुनाव हारेको छ । जबकि माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा यी निर्वाचन क्षेत्रमा कांग्रेसले चुनाव जित्नै पर्ने थियो । तर कुनैमा थोरै र केहीमा धेरै मतान्तरले कांग्रेसले निर्वाचन हारेको छ । त्यसमाथि अन्तर्घातका कारण जित्नै पर्ने निर्वाचन क्षेत्र पनि कांग्रेसले गुमाएको छ ।

जसमा काभ्रे २, मकवानपुर १, धनुषा ४, सर्लाही ४, पर्सा ३, पाँचथर, सोलुखुम्बु, मोरङ २, पर्वत र कास्की १ अन्तर्घातकै कारण कांग्रेसले निर्वाचन हारेको प्रस्ट देखिएको छ ।

सोलुखुम्बुमा त पूर्वसभापति आङ्गेलु शेर्पाको टोलीले अन्तर्घात गरेको उजुरी पार्टी कार्यालयमा परेको छ । काभ्रे २ मा शिवप्रसाद हुमागाईलाई हराएर एमालेका गोकुल बास्कोटालाई जिताउन मधु आचार्य, महेश खरेलको समूह नै लागेको कांग्रेस कार्यकर्ता बताउँछन् ।

मकवानपुर १ मा पनि कांग्रेसका केही कार्यकर्ता फ्रन्टलाइनमा नआउँदा महालक्ष्मी उपाध्याय डिनाले चुनाव हारिन् । धनुषा ४ मा महेन्द्र यादवलाई हराउन पूर्वराष्ट्रपति रामवरण यादवका पुत्र चन्द्रमोहन यादव र भतिजी किरण यादव लागेको चर्चा छ ।

सोही कारण अहिले धनुषा ४ मा चन्द्रमोहन र किरणप्रति कांग्रेस नेता कार्यकर्ता रुष्ट भएका छन् । पर्सा ३ मा सुरेन्द्र चौधरीले जितिसकेको चुनाव हारे । उनले मात्र एक सय ५७ मतले चुनाव हारे ।

संस्थापन इतर समूहले सहयोग नगर्दा थोरै मतान्तरले चौधरीले निर्वाचन हारेका हुन् । त्यस्तै, पर्वतका अर्जुनप्रसाद जोशीलाई नवराज गुरुङ समूहले चुनाव हराइदियो । जबकि पर्वतमा कांग्रेस सबैभन्दा बलियो छ । तर चुनाव एमालेका पदम गिरीले चुनाव जित्दै आएका छन् ।

यदि यी १० सिटमा कांग्रेसले चुनाव जितेको भए ६५ सिटमा कांग्रेसले जितेर सबैभन्दा ठूलो पार्टी बन्ने थियो । सरकार बनाउन निकै सहज हुन्थ्यो । त्यो मौका कांग्रेसले गुमाएको छ । त्यसमा पनि एमाले ३५ सिटमा खुम्चिन बाध्य हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

Next Post
नयाँ सरकार गठनको तयारी, यस्तो छ संवैधानिक व्यवस्था

नयाँ सरकार गठनको तयारी, यस्तो छ संवैधानिक व्यवस्था

उपेन्द्र यादवको सत्ता स्वार्थका लागि दलीय साँठगाँठ पराजित

उपेन्द्र यादवको सत्ता स्वार्थका लागि दलीय साँठगाँठ पराजित

जनमत पार्टीलाई लिएर मधेस प्रदेश सरकार गठन गर्ने तयारीमा गठबन्धन

जनमत पार्टीलाई लिएर मधेस प्रदेश सरकार गठन गर्ने तयारीमा गठबन्धन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .