No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वैश्विक आतंकबाद र राष्ट्रिय सुरक्षाका चुनौतीहरु


वैश्विक आतंकबाद र राष्ट्रिय सुरक्षाका चुनौतीहरु

पर्सा । अहिले वैश्विक समुदायको लागी सबै भन्दा चुनौतिको बिषय अन्र्राष्ट्रिय आतंकबाद बन्दै गएको छ । सन २०१५मा भएको पेरिस हमलाहोस वा २६ नम्बरमा भएको भयावह मुंबई हमला दुबै बैश्विक सुरक्षाको लागी ठुलो चुनौती हो । किन कि, यो दुबै हमलाले एउटा सानो आत्मघाती टुकडीले पनि ठुल ठुला शहरहरुको सुरुक्षा व्यवस्थापनलाई हलाउन सक्छ भन्ने ठुलो सन्देश हो ।
यो घटना घटाउने लश्कर–ए–तैयबालाइ दन्डित गर्ने वा जुनरुपमा प्रतिबन्ध लगाउनु हो त्यो अहिले सम्म भएको छैन । त्यसका मुख्यकारण हो पाकिस्तानको प्रत्यक्ष र चाइनाका अप्रत्यक्ष समर्थन । यो संगठनका प्रमुख र नेतृत्व बर्ग अहिले पनि खुलेआस पाकिस्तानमा घुमने गरेका छन् । मुम्बई हमलामा भएको भयावह दुश्यलाई अहिले पनि समझिदा पुरा विश्वको मानस पटलमा नरसंहारको ठुलो दृश्य झझलको रुपमा स्थापित छ ।

मुम्बई प्रहरी र सुरक्षा एजेंसिहरुको सामूहिक प्रतिआक्रमणमा ९ जना पाकिस्तानी आतंकवादी मारिनुका साथै अजमल कसाब समातिए र पछि उनलाई फाँसी दिइयो । मुख्यरुपमा तिब्ररुपले बढिरहेको समाजिक संजालका कारण पुरै विश्वका युवा समाज गोलबन्द भइरहेको छ । त्यसैको फायदा उठाउदै समाजिक संजालको माध्यमबाट विभिन्न जेहादी संगठनहरुद्धारा हिसांत्मक गतिविधिमा उत्प्रेरणा गर्ने विभिन्न अभियाना कतिपय देहादि संगठनहरु चलाइउदै आएका छन ।

फलस्वरुप सामरिक सुरुक्षाको रुपमा दक्षिण एशियामा बढीरहेको कुटनैतिक ध्रुविकरणले गर्दा पनि भारतका नेपाल जस्ता छिमेकि मुलुकलाई सुरक्षा सजगतामा जोडदिन आवश्यक देखिन्छ । उइगुर समुदायमा चाइनाद्धारा चलाइएको धार्मिक निषेधीकरण र पाकिस्तानी गुप्चर संस्था आइ एस आइद्धारा प्रशिक्षीत लश्करे तोयवा जस्ता आतंकबादी संगठनहरुलाई दिइएको अनैतिक र कुटनैतिक समर्थनले पनि चिनको दुइमुखे नितिलाई उजागर गरेको देखिन्छ । नेपाल र भारत बिचको सम्बन्ध विश्वमै अनौठो छ ।

एैतिहासीक, बैबाहिक सम्बन्धमा आधारित र धार्मिक,सांस्कृतीक एवम भौगोलिक समान्नताले भरिपुर्ण विश्वमै खुला सिमाना भएको भारतको एक मात्र छिमेकि मुलुक नेपाल हो । नेपाल भारत बिच सदियौ देखि राटीबेटीको सम्बन्धले मित्रतालाई अझै प्रगाढ बनाएको छ । तर अहिले पुरै विश्वमाझ मुखर भइरहेको धार्मिक कट्टरमान्यता र सिद्धान्तलाई हिंसा एवम विध्वसंमा प्रतिपादित गर्ने अभियानले तिब्रता पाएको छ । फलस्वरुप भारत र नेपालका युवाहरुलाई अंतराष्ट्रिय आंतकवादी संगठनहरु विध्वंस जस्ता घटनामा आकर्षित गराउने काममा सफल हुदै आएका छन् ।
मोदीसत्तामा बढेको सुरक्षा सजगताले धार्मिक अतिवादबाट प्रभावित वाह््य आतंकवादी संगठनहरु, भारतमा कतिपय ठूल्ला ठुला घटना घटाउने कार्यमा असफल भएपनि मुम्बइ जस्ता आतंबादी हमलाले एशियाको सुरक्षा चुनौतीलाई एतिहासकि बनाएकै हो । यसका साथैकतिपय घटनालाई कार्यान्वय गर्न विदेसी शक्तिहरु नेपालको भूमि प्रयोग गर्दै भारतमा आंतकारी घुसपैठ गराउदै आएका छन् । गएको दशकको सबै भन्दा चर्चित आतंकको दृष्टान्त नै नोभेम्बर २६, २००८ को मुम्बई हमला हो ।

पाकिस्तानबाट डुंगामा आएका लस्कर ए तोयबा समूहसँग आबद्ध आतंकवादीले रेलवे स्टेशन, होटल, सामाजिक संस्था, सिनेमा हल, अस्पताल र रेस्टुरेन्टमा हमला गरेर १६४ जनाको ज्यान लिएका थिए । पाकिस्तानी गुप्तचारी संस्था ९आईएसआई० बाट निर्देशित लश्कर–ए–तोयबा भन्ने आतंककारी समूहहरुले मुम्बईको दुुईवटा पाँचतारे होटल, नरिमन हाउस, सिएसटी रेलवे स्टेशन, र मेट्रो सिनेमा सहित १२ ठाउँलाई निशाना बनाएको थियो ।

तिब्रगतिमा परिवर्तीत विश्वको राजनैतिक ध्रुविकरणले दक्षिण एशियाका साना मुलुकहरुमा झन चुनौती थपिएको छ । कुनै पनि मुलुकाको राष्ट्रिय सुरक्षा वहुआयामिक विषय र दिगो शान्तिको आधारशीलामा आधारत पनि हुन्छ । मुलुकमा वढिरको धार्मिक उन्माद,युवामा देखिएको अतिवाद ,छठ ,दशै लगायत हिन्दुहरुका ठुलापर्वमा तराइका विभिन्न ठाउमा देखिएको हिंसक घटना तथा रौतहटमा भएको साधुको हत्यालगायतका अपराधीक घटनाहरु आउने दिनका ठुला सुरक्षा चुनौतीका ‘सुचक’ हुन ।

कुनै पनि मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा एवं नागरिकहरु बीच पारस्परिक सद्भावको प्रवद्र्धन, मानव अधिकारको प्रत्याभूति, डर, त्रास र भय मुक्त जीवनको सुनिश्चितता नै राष्ट्रिय सुरक्षाको आधारहरु हुन । परम्परागत अवधारणा अनुसार वाह्य आक्रमणबाट मुलुकको भौगोलिक सीमा र सार्वभौमसत्ताको रक्षा एवं नागरिकको जिउ धनको सुरक्षा नै राष्ट्रिय सुरक्षा पनि हो । सन् १९७० को दशकमा राष्ट्रिय सुरक्षाको मानव केन्द्रित अवधारणाको विकास भएको पाइन्छ । मानव सुरक्षा व्यक्तिको भौतिक र मनोवैज्ञानिक पक्षको सुरक्षासँग सम्वन्धित छ ।

राष्ट्रिय सुरक्षाका क्षेत्रहरु
राष्ट्रलाई वाह्य आक्रमणबाट प्रतिरक्षा गर्ने र राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षण गर्ने सवालमा सैन्य सुरक्षा नै महत्वपूर्ण हुन्छ । तथापि, मुलुकको आन्तरिक सुरक्षाकोसुदृढीकरण बिना समग्र राष्ट्रिय सुरक्षा व्यवस्थाको दिगोपनाको सुनिश्चितता कायम गर्न सकिदैन ।

तसर्थ राष्ट्रिय सुरक्षाका क्षेत्र अन्तर्गत सैन्य सुरक्षाका अतिरिक्त मानव सुरक्षाका आर्थिक, सामाजिक, राजनीतिक, कुटनीतिक, वातावरणीय लगायत खाद्य एवं ऊर्जा सुरक्षाका क्षेत्र समेत पर्दछन् । सारांशमा भन्ने हो भने,सैन्य सुरक्षा, सीमा सुरक्षा ,आन्तरिक सुरुक्षा९,प्रहरी सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग०,आर्थिक सुरक्षा, सामाजिक सुरक्षा, राजनीतिक सुरक्षा, वतावरणीय सुरक्षा, खाद्य सुरक्षा,ऊर्जा सुरक्षा लगायतका बिषय रहेका छन् ।

नेपालको राष्ट्रिय सुरक्षा व्यवस्थापन
नेपाल एकिकरण पश्चात पृथ्वीनारायण शाहको दिव्योपदेशलाई शिरोधार्य गरेर नेपालको राष्ट्रिय सुक्षा नीति अवलम्बन गरिएको थियो । वि।सं। २०४२ मा राष्ट्रिय मूल नीति २०४२ निर्माण गरी राष्ट्रिय सुरक्षा व्यवस्थापन गरियो । २०४७ सालको संविधानमा पहिलो पटक संवैधानिक रुपमा राष्ट्रिय सुरक्षा परिषद् रहने व्यवस्था गरी २०५८ सालमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय स्थापना गरिएको थियो ।

हाल राष्ट्रिय सुरक्षा नीति, २०७३ जारी गरिएको छ । उक्त नीतिले नेपालको राष्ट्रियता र हितको सुरक्षा, नागरिक स्वतन्त्रताको सुरक्षा, आर्थिक सुरक्षा, राज्य व्यवस्थाको सुरक्षा, विज्ञान, प्रविधि र सूचनाको सुरक्षा एवं पर्यावरणीय सुरक्षालाई प्राथमिकतामा राखेको छ । नेपालको राष्ट्रिय सुरक्षा संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय सन्धी सम्झौताबाट निर्देशित रहेको छ ।

साझा र प्रमुख चुनौतीहरु
लागु औषध उत्पादन, उपयोग र ओसारपसार नियन्त्रण, विद्युतीय अपराध९ साइबर अपराध० नियन्त्रण, साम्प्रदायिक द्वन्दको नियन्त्रण, औद्योगिक सुरक्षा, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता समेत राष्ट्रिय सुरक्षाका क्षेत्र अन्तर्गत पर्दछन । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप, शरणार्थी व्यवस्थापन, अध्यागमन नियमन, लागुऔषध नियन्त्रण, मानव बेचविखन नियन्त्रण, सम्पत्ती शुद्धिकरण नियन्त्रण, वित्तीय अपराध, विद्युतीय अपराधको नियन्त्रण, पर्याप्त ऊर्जाको उपभोगको सुनिश्चितता, गरिबी र भोकको उन्मूलन, संगठित अपराधको नियन्त्रण लगायतका सुरक्षा चुनौतीहरु विद्यमान छन ।

भविष्यका सम्भावित चुनौतीहरु
वैश्विक राजनीतिको परिवर्तित धु्रविकरण एशियामा केन्द्रित हुँदै गईरहेको छ । यस सन्दर्भमा सुरक्षा चुनौती बढने सम्भावनालाई नकार्न सकिदैन । अफगानिस्तानमा आंतकवादि संगठनले नै चलाएको सत्तामा देखिएको धार्मिक पकड र त्यको परिणाम स्वरुप भइरहको महिला हिसां राज्यमाथि कब्जा गरेकोले पुरा विश्व चिन्तित छ । सन् १९९९ डिसेम्बर २४ को अपराह्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण, काठमान्डु स्थित पाकिस्तानी दुतावासका कर्मचारीद्धारा नियोजित रितिक रोशन कान्ड जस्ता घटनाहरु दुबै देशको मित्रतालाई बदना गराउने नियोजित आतंकारी प्रयास नै हो ।

पोखराबाट भटकल र राजधानी काठमान्डौबाट टुन्डा जस्ता आतंवादी पक्राउ पर्नु र पाकिस्तानको गुप्चर संस्था आइ एस आईबाट नियोजित आदापुर—छौडादानोमा रेल उडाउने योजना बारा जिल्लाको भूमिबाट समसुल होदा समुहले घटाउन खोज्नु सुरक्षाको लागि देखिको चुनौतीका बिषयको रुपमा हेर्नुपर्छ । यसबाहेक देशमा चलीरहेको धार्मिक अतिवाद र मदर्सा मस्जिदमा विदेशी लगानीको आइरो, अन्तर्राष्ट्रिय अपराधिक संजालको पकड सुक्ष्म रुपमाबढदै जानु लगायतका गतिविधिले पनि सुरक्षा निकायलाई अवश्यकनै संवेदनशिल बनाएकै हो । अन्तर्राष्ट्रिय आतंवादलाई मलजल दिने नेपालमा चलिरहेका विभिन्न गतिविधिहरु स्—

१। नेपालमा कुनै पनि देशको नागरिक सहजै आउने चलन बढेको छ । त्यसमाथि खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेला बेलामा घुसपैठ हुने गरेको छ ।

२। भारतको लागि आंतकवादी चुनौतीको रूपमा रहेको देश पाकिस्तानले नेपाली भूमि, नाका मार्फत भारत विरोधी कार्य गर्न नेपालका विभिन्न धार्मिक तथा आपराधिक संगनहरुलाई प्रयोग गर्नु ।

३।आतंकवादलाई अन्तर्राष्ट्रिय संजालको माध्यमबाट मलजल पुर्याउने हुण्डीको कारोबार, हतियार ओसार पसार, भारतीय जालीनोटको कारोबार, सुन तस्करी, लागुपर्दाथ जस्तै अफिम, चरेश, स्मैकको ओसार पसार एवं मानव तस्करी ,जगंलीजनावरहरुका बहुमुल्य अंग, प्रतिअंगको कारोबार लगायतका बस्तुहरुकोअवैध कारोवारमा बढोत्तरी हुनु ।

४।म्यानमारको रोहिंग्या, बङ्गलादेशी, अफगानिस्तानी, लगायत आतंकवाद प्रभावित मुलुकबाट अनाधिकृत रूपमा शरणार्थी वा धार्मिक आवरणमा बढेको नेपालमा घुसपैठ र प्रवेश हुनु ।

५।धार्मिक अतिवाद वाढावाका लागि अप्रत्यासित रुपमा बढिरहेका वैदेशिक लगानीमा सञ्चालित सामाजिक संस्थाहरुमा आएको अप्रत्याशित बढोत्तरीले पनि राष्ट्रिय सुरक्षा चुनौती बढाएको देखिन्छ ।

६।फेसबुक, ट्वीटर जस्ता संजालबाट नेपाली युवालाई दिगभ्रमित पार्ने अभियान योजनागत रुपमा संचालन हुनु । लभ जेहाद र नवीनतम प्रविधि, साइबर अपराध, विश्वव्यापीकरण आदि विषयहरू समेत आउँदो दशकमा नेपालका लागि प्रमुख सुरक्षा चुनौतीका रूपमा अगाडि आउने निश्चित नै छन् ।

७।आउने सबैभन्दा ठूलो चुनौती हिन्दु युवाहरुलाई धर्म परिवर्तन गराएर धार्मिक अतिवादमा ढकेलिनु पनि हो,लगभग २सय भन्दा बढी नेपाली युवाहरु मुस्ली धर्मान्तर गरेर मुस्लीम बनेका छन ।

राष्ट्रिय सुरक्षा सरकार, सुरक्षा निकायको चासोको विषय मात्र नभई प्रतिपक्ष सहित सम्पूर्ण नेपाली जनताको चासोको विषय हो । नेपालको भौगोलिक अवस्थितिले गर्दा पनि यसको सवालमा सम्पूर्ण नेपाली एकमत हुनुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । अन्यथा हाम्रो राष्ट्रिय सुरक्षा धरापमा पर्न सक्ने खतरा छ ।

राजनीतिक समझदारीको विकास, राष्ट्रिय स्वार्थको विषयम साझा राजनीतिक दृष्टिकोण तथा स्रोत साधनको समन्यायिक वितरण र विद्यमान विविधताको व्यवस्थापन मार्पmत राष्ट्रिय एकताको प्रवद्र्धनले नै राष्ट्रिय सुरक्षाको चुनौतीहरुलाई परास्त गर्न सकिन्छ ।

अन्त्यमा, आतंकवादको सूचकको रुपमा रहेको धार्मिक अतिवाद र अन्र्तराष्ट्रिय आपराधिक गिरोह सक्रियता नेपालमा बढदै गएको छ ।आतंकवाद ढोका ढकढक्याएर आउने कुरा पनि होइन । देशमा प्रवेश गरेको अतिवादनै आउने समयमा आतंकबाद हुने निश्चय छ ।त्यसकारण, सावधानी अपनाऔं , राष्ट्रिय सुरक्षामा गम्भिर बनौं । राष्ट्रियसंदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
राष्ट्रिय स्वतन्त्र पार्टीमाथि केपी ओलीको कटाक्ष

राष्ट्रिय स्वतन्त्र पार्टीमाथि केपी ओलीको कटाक्ष

तालिवानमा २ महिलासहित १४ जनाको हत्या

तालिवानमा २ महिलासहित १४ जनाको हत्या

अमेरिकामा पहिलो पटक महाविहार स्थापना, बज्रयान बौद्ध धर्मको अभ्यास

अमेरिकामा पहिलो पटक महाविहार स्थापना, बज्रयान बौद्ध धर्मको अभ्यास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .