No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आमसभा र भाषणभन्दा जनताको घरघर गएर समस्या सुन्दै राठौर

आमसभा र भाषणभन्दा जनताको घरघर गएर समस्या सुन्दै राठौर

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा निर्वाचनतर्फ गठवन्धनका उम्मेदवार किशोरसिंह राठौरले चुनावी शैलीलाई परिर्वतन गरेकाछन् ।
जनताको घरदैलोमा पुगिरहेका राठौर अन्य उम्मेदवार झैं तामझामका साथ भाषण गर्ने र मतादातमाझ झुठा आश्वासन नबाँडी जनताले भोग्नु परेको सास्ती र मूल समस्या सुनिरहेकाछन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा राठौर भने आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरआँगनमा पुगि उनीहरुको समस्या सुन्दै र टिपोट गरिरहेका हुन् ।
चुनावी प्रचारप्रसारको शैली परिर्वतन गरि मतदाताकै घरआँगनमा पुगेका राठौरको उपस्थितीले आम सर्वसाधरण प्रभावित बन्दै गएकाछन् । घरआगँनमै आफ्ना समस्या के हुन्, यस क्षेत्रको विकास गर्न के गर्नु पर्ला जस्ता जिज्ञासासहित मतदातासंग भलाकुसारी गरिरहेका राठौरको शैलीले मतदाताबीच रौठारको माहोल बन्दै गएको छ ।
जनताको समस्या सुन्दै बाँके निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ स्थित सिमलघारी, नौलापुर बानियाभारका जनतामाझ आफ्ना एजेण्डा राख्दै जनताका समस्या सुनिरहेका राठौले आफू निर्वाचित भएपछि समस्या समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
जनताको घरदैलोमा पुगेका राठौरलाई स्थानीयबासीको उत्साहपूर्ण साथ मिल्दै गएकोछ । मतदातासंगको भेटघाटमा स्थानीयबासीले राठौरलाई स्थानीय समस्याहरु सुनाएका थिए । उनीहरुले बैजनाथ गाउँपालिकामा देखिएको सुकम्बासी तथा भूमि समस्या समाधान, लालपूर्जाको ब्यवस्था, कृषि तथा सिँचाई, खोलानालाको कटान, सडक, शिक्षा र स्वास्थ्यलगायत भौतिक पूर्वाधारको समस्या माधान गर्न आग्रह गरेका थिए ।
जनताको गुनासो र समस्या सुनिसकेपछि राठौरले आफू भाषण र झुठा आश्वासन बाँड्ने नेता नरहेको प्रष्ट्याउँदै आफू निर्वाचित भए यी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
राठौरले भने–‘हिजो तपाईहरुले एमालेलाई जिताएर के भयो ? आफैले आफैलाई प्रश्न गर्नुहोस्, यो विषयको समिक्षा गर्नुहोस् । यी समस्या समाधान गर्नतर्फ म लाग्छु । आगामी ५ वर्षमा त्यसको परिणामा तपाईले पाउनुहुनेछ । अरुको प्रलोभनमा परि आफ्नो अमूल्य भोट त्यसै खेर नफाल्नुहोस् ।’
नेपाली काँग्रेसले अल्पसंख्यकलाई जहिले पनि सम्मान गर्ने बताउँदै राठौरले सिमलघारी, नौलापुर र बानियाभर क्षेत्रका अल्पसंख्यक, धर्म, लिङ्ग, वर्ग, महिला, बालबालिका तथा बृद्धबृद्धा सबैकालागि बृहत खाकासहित अघि बढ्ने बताए ।
चुनावी प्रचारप्रसारको शैली परिर्वतन गरि मतदाताबीच पुगीरहेका राठौरप्रति आम सर्वसाधरणको उल्लेख्य साथ बढ्दै गएकोछ । बैजानाथ गाउँपालिकामा जनताको समस्या सुन्नेक्रममा गठबन्धनबाट प्रदेश सभा–‘क’ का उम्मेदवार दलबहादुर सुनार, समानुपातिक सांसदका उम्मेदवार आशा विक र विनोद कुमार थारु, नेपाली काँग्रेस गाउँपालिका सभापति देवबहादुर केसी, नेविसंघका केन्द्रिय अध्यक्ष डुजाङ्ग शेर्पा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कमला हमाल लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
नेपालगन्ज १ का मतदाता भन्छन्, ‘जनताका समस्या बुझ्ने उम्मेदवार हमाल नै हुन्’

नेपालगन्ज १ का मतदाता भन्छन्, ‘जनताका समस्या बुझ्ने उम्मेदवार हमाल नै हुन्’

आगामी निर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी खटिँदै

आगामी निर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी खटिँदै

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .