No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

को हुन् मिरादेवी दास केवरत ?

को हुन् मिरादेवी दास केवरत ?

चतुर्भुज केवरत 

मिरा देवीदास केवरत मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको नवनिर्वाचित उपमेयर हुन् । उपमेयर मिरादेवी आदिवासी केवरत समुदायकी जुझारु महिला हुन् । उनी सुनवर्षीको आदिवासी केवरत समुदायकी प्रथम निर्वाचित महिला हुन् । नेपालमा लोकतान्त्रिक सङ्घीय गणतन्त्र स्थापनापश्चात् स्थानीय तहमा दुइटा निर्वाचन सम्पन्न भए । उनी पहिलोपल्ट नेकपा एमालेका तर्पmबाट उपमेयर पदमा उम्मेदवारी दिएर नेपाली काङ्ग्रेसबाट पराजित भएकी थिइन् । दोस्रो पटकको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्पmबाट उनी निर्वाचित भएकी हुन् । उपमेयर मिरादेवी केवरतको राजनीतिक लगाव र समर्पण निकै लामो रहेको छ । आप्mनो घरायसी कामलाई व्यवस्थापन गरेर नेकपाको सांगठनिक विस्तारमा उनको उल्लेखनीय योगदान रहेको छ । घरमा आप्mना शिक्षक पति ध्रुवदेव दास केवरत र जेठाजु नारायणलाल दास केवरतका प्रेरणामा आपूm वाम राजनीतिमा संलग्न भएको उनी बताउँछिन् । भरतमोहन अधिकारी, लालबाबु पण्डित, गुरु बराल, विनोद ढकाल, लीलाबल्लभ अधिकारी, ऋषिकेश पोखरेल र नरेश पोखरेललगायतका वामनेताहरूका सहसम्पर्कबाट मिरादेवी दासमा राजनीतिक विचार खारिँदै गएको कुरा उनको अभिमत रहेको छ । मिरादेवी केवरत गाउँठाउँका समस्या समाधान गर्नमा सधैँ अग्रसर रहन्छिन् । उनी मिलनसार हुनुका साथै मितभाषी र मिष्टभाषी पनि छिन् । समाजसेवा र मानवसेवा उनको जीवनको एकमात्र उद्देश्य देखिन्छ । उनी घरायसी कामलाई थाँती राखेर उनी जनसेवाका निम्ति जान्छिन् । यही समाजसेवी भावले उनलाई आज यस पदमा आसीन गराएको हो । समाजमा विकासको कुरा गर्न रुचाउने मिरादेवी केवरत सरल स्वभावकी र अति मिलनसार पनि छिन् । समाजसेवाको सन्दर्भमा उनी केवल मानवताको ख्याल गर्छिन् । समाजसेवाको सन्दर्भमा यो पार्टी अथवा त्यो पार्टीको भेदभाव नगर्नु नै उनको असल पक्ष हो । स्थानीय जनताले मन पराएको उनको सर्वाधिक राम्रो पक्ष यही हो । केवरत जाति, महिला, कथित दलित तथा विपन्न वर्गका निम्ति सदासर्वदा लड्दै आएकी मिरा देवी केवरत साँच्चिकै हक्की स्वभावकी छिन् । उनी जायज कुरामा कसैसँग पनि डराउँदिनन् जोसँग पनि निर्धक्कताका साथ आप्mना विषयवस्तु प्रस्तुत गर्छिन् । उपमेयर केवरतको राजनीतिक आरोह अवरोहबारे थोरै चर्चा गर्नु उपयुक्त हुन्छ ।
पञ्चायती व्यवस्थाको अन्तिम समयदेखि मिरादेवी केवरत वाम राजनीेतिमा होमिएकी हुन् । वि.सं.२०४५को वाम राजनीति प्रविष्टिदेखि हालसम्म (२०७९)को अनवरत सङ्घर्ष, सांगठनिक लगाव र अहोरात्र जनसेवाले गर्दा आज उनी यस पदमा विजयी हुन् सफल भएकी हुन् । उनी वि.सं.२०४६ सालमा झापा जिल्लाको गोलधाप गाउँ इकाइ कमिटिमा आबद्ध भएर काम गर्न थालेकी हुन् । वि.सं.२०५४ सालमा मिरादेवी दास केवरतका पति ध्रुवदेव दास केवरतले मोरङ जिल्लाको तत्कालीन टकुवा गा.वि.स.बाट नेकपा एमालेका तर्पmबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । उनी ३५ मतले अध्यक्ष पदमा पराजित भएका थिए । पतिको सक्रिय राजनीतिको प्रभाव र छाप मिरादेवी दासमा पर्नु स्वाभाविक देखिन्छ । उनका पति राजनीतिबाट अध्यापन पेसातर्पm केन्द्रित भए । तत्पश्चात् मिरादेवी दास आपूm स्वयम् नेपालको वाम राजनीतिमा सक्रिय भएर लागेको देखिन्छ । वि.सं.२०६३मा सम्पन्न पार्टीको क्षेत्रीय अधिवेशनमा उनी झापाको बनियानीमा पार्टीको क्षेत्रीय सदस्य पदमा अत्यधिक मतले निर्वाचित भइन् । यसबाट उनको राजनीतिक हौसला निकै बढेर गयो । उनी राजनीतिप्रति झन् तल्लीन भएर लागिन् । तत्कालीन समयमा मिरादेवीका पति ध्रवदेव दास केवरत जनजागृति मा.वि. झापामा मा.वि. तहको विज्ञान विषयका शिक्षकका रूपमा कार्यरत थिए । झापाको बसाइ, झापाली वाम बुद्धिजीवीहरूसँगको उठबस र सम्पर्कले मिरादेवी दास केवरतमा वाम राजनीतिप्रति झन् चासो बढेको बताउँछिन् उनी । वि.सं.२०६८ सालमा पति ध्रुवदेव दास केवरतको मोरङ जिल्लामा सरुवा भयो । उनीहरू सपरिवार गृह जिल्ला मोरङ आए । अझ सहज भयो । उनी नेकपा एमाले मोरङ जिल्ला कमिटिको सदस्य पदमा मनोनित भइन् । उनले वि.सं.२०६८देखि २०७८सम्म नेकपा एमाले मोरङ जिल्ला कमिटीअन्तर्गत सचिवालय सदस्यका रूपमा कुशलतापूर्वक पार्टीले दिएको जिम्मेवारी निर्वाह गरिन् । कमरेड मिरादेवी दास केवरत २०६८मा अखिल नेपाल महिला संगठनको सदस्य पदभार ग्रहण गरी निरन्तर अघि बढ्दै गइन् । उनी अ.ने.म.सं.को जिल्ला कमिटी सदस्य हुँदै हाल अ.ने.म.सं.को केन्द्रीय सदस्य भएर नेकपा एमालेका निम्ति अहोरात्र खट्दै आएकी छिन् । पार्टीप्रतिको उनको समर्पण र जुझारु प्रवृत्तिले गर्दा उनमा निरन्तर नेतृत्वदायी क्षमतामा अभिवृद्धि हुँदै गयो । उनमा राजनीतिप्रतिको चासो र जनसेवाको भावना जागृत हुँदै गयो । उनको निजी रुचि, पति र जेठाजुका सहयोगी व्यवहार, तथा पारिवारिक सहयोगका कारण उनी वाम राजनीतिमा निरन्तर सक्रिय रूपमा अघि बढ्दै गइन् । लामो समयको त्याग, समर्पण र अहोरात्रको पार्टीप्रतिको योगदानकै कारण उनी यस पदमा आसीन हुन् सफल भएकी हुन् । उनका जीवनसाथी तथा वाम राजनीतिका प्रथम गुरु पति ध्रवदेव दास विगत पाँच वर्षदेखि रोगले ग्रस्त छन् यद्यपि पतिले पत्नीलाई अगाडि बढाउन खेलेको भूमिका सराहनीय छ । वार्ताका क्रममा मिरादेवी दास केवरत पति ध्रुवदेव दास केवरत, जेठाजु नारायण दास केवरतका साथै मोरङ र झापाका पूर्वोक्त वाम नेताहरूलाई ्आप्mनो राजनीतिक सफलताको श्रेय दिन चाहन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

Food truck offers free food for earthquake-affected tourists in Lombok

Bali United recruit Milos Krkotic, ex-Montenegro national team players

Bali’s newest boutique hotel is an art-inspired design hideaway in Ubud

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .