काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन गरिरहेका आजदेखि पुनः पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ । मधेशमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध गर्दै उनीहरूले आज बिहानैदेखि प्रदर्शन गरेका हुन्।
मिर्चैया देखि विराटनगर जादै गरेको तेल ट्याङ्करको गाडी नं. ना.४.ख १७९८ नरहा गा. पा. ३ नयाँ चोहर्वा स्थित जनमत पार्टीका कार्यकर्ताद्वारा ढुंगा प्रहार गरि गाडीको आगाडीको सिसा फुटाएको छ। गाडी चालक र खलासी, ढुंगा प्रहार गर्दा आफ्नो ज्यान बचाउन गाडी छाडेर जंगल तर्फ भागेको थिए ।
आन्दोलन कर्ताहरु गाडी तोरफोड़ गरेर भागे पछी, प्रहरी, स्थानीय र गाडी चालक समेत जमघट भएका थिए ।
प्रदर्शनका कारण सिरहा, सप्तरी र धनुषालगायत जिल्लाका राजमार्ग क्षेत्रमा प्रभाव परेको छ। राजमार्गका ठाउँ-ठाउँमा बाँसका भाटा बोकेका जनमत पार्टीका कार्यकर्ता बसेका छन्।

केही स्थानमा बाहेक लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। किसानका माग सम्बोधन नभएकोले आफूहरू आन्दोलनमा आउनुपरेको उनीहरूले बताएका छन्।
विगत एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ।
यसअघि जनमतले पार्टीले गरेको राजमार्ग अवरुद्धलाई प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो।














