No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमालेमा थारू प्रतिनिधित्व : कोटामै सीमित, केन्द्रीय सदस्यभन्दा माथि छैन पहुँच

एमालेमा थारू प्रतिनिधित्व : कोटामै सीमित, केन्द्रीय सदस्यभन्दा माथि छैन पहुँच

शुक्रबार चितवनमा एमालेको दशौं महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा २१ सय भन्दा बढी महाधिवेशन प्रतिनिधि छानिएका छन् । विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन भई १९ जना पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी चयन हुनेछ ।

महाधिवेशनका लागि चितवन झर्नुअघि पार्टी अध्यक्ष केपी ओलीले धर्म, भाषा र जातलाई मुद्दा बनाएर एमाले जान्छ भन्नु हामीलाई नबुझ्नेहरुको भ्रम हो भन्ने अभिव्यक्ति दिएका छन् । तर, महाधिवेशनमा अन्य तपसिलका विषय भए पनि जातिको सवालमा भने अवश्य केन्द्रित हुने देखिन्छ ।

विभिन्न क्लस्टरअन्तर्गत थारू कोटा पनि एक हो । एमालेले भातृसंगठनका रुपमा थारू लोकतान्त्रिक संघ गठन गरेको थियो । यस संगठनका अध्यक्ष नागेन्द्र चौधरी (पर्सा) नेकपा एसमा समाहित भएका छन् । त्यसैले, थारू लोकतान्त्रिक संघको गतिविधि पनि शुन्यप्रायः छ ।

निर्वाचनबाट थारू कोटामा ४ पुरुष र २ महिला गरी ६ जना थारू केन्द्रीय सदस्यमा निर्वाचित हुने बिधानमा व्यवस्था थियो । अब यसमा २ जनासम्म थपिन सक्छन् । त्यस्तै, खुला र भूगोलबाट पनि थारू प्रतिनिधिलाई केन्द्रीय सदस्य हुने बाटो खुला छ । तर, थारू प्रतिनिधिहरु कुन–कुन पदका आकांक्षी छन् भन्ने खुलेको छैन । केन्द्रीय सदस्यभन्दा माथिको पदमा दावा गर्ने पहुँच कसैले पुर्याएको देखिन्न ।

थारू नागरिक समाज, कैलालीका संयोजक दिलबहादुर चौधरी भन्छन्, ‘अखण्ड पक्षबाट राना थारूलाई मूल थारूबाट अलग गरेर फुटाउ र राजनीति गर अभियान चालिएको थियो, जसमा उनीहरु सफल भए । नारदमुनीले उक्त जाल बुझ्न नसकी अलग अभियानमा लागे । त्यसैले, उनी अहिले थारू कोटाबाटै उम्मेदवारी दिनु उचित छैन ।’

केन्द्रीय सदस्य पदका लागि अहिलेसम्म नारदमुनि राना (कैलाली) बाहेक थारू प्रतिनिधि कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन् । उनले थारू कोटाबाट उम्मेदवारीको घोषणा गरेका हुन् ।

यही असोज १७ मा लोकतान्त्रिक समाजवादी परित्याग गरी एमालेमा फर्किएका राजकुमार लेखी भन्छन्, ‘नारदमुनि जस्ता पुराना थारू नेताहरु केन्द्रीय सदस्यभन्दा माथिल्लो पदमा पहुँच बढाएको भए हुन्थ्यो । उनी थारू कोटाबाट नभई खुला या भूगोलबाट लडे वेस हुने थियो ।’

थारू समुदायभन्दा राना थारू समुदाय अलग हो भनेर अभियान चलाएका नारदमुनि रानालाई एमालेकै थारू नेताहरुले थारू कोटाबाट लड्न नदिने चेतावनी दिएका छन् । अहिले भइरहेको जनगणनामा राना थारूलाई छुट्टै क्लस्टर बनाइएको छ, भाषा अयोगले पनि राना थारू भाषा नयाँ भाषा रहेको सुझाव पेश गरेको छ ।

थारू नागरिक समाज, कैलालीका संयोजक दिलबहादुर चौधरी भन्छन्, ‘अखण्ड पक्षबाट राना थारूलाई मूल थारूबाट अलग गरेर फुटाउ र राजनीति गर अभियान चालिएको थियो, जसमा उनीहरु सफल भए । नारदमुनीले उक्त जाल बुझ्न नसकी अलग अभियानमा लागे । त्यसैले, उनी अहिले थारू कोटाबाटै उम्मेदवारी दिनु उचित छैन ।’

राजकुमार लेखी आफू केन्द्रीय सदस्य बन्ने ढुक्क छन् । उनले आफू थारू कोटाबाट उम्मेदवार नबन्ने, बन्नैपरे भूगोल (प्रदेश २) बाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने बताए । दलका शीर्ष नेताहरुसँगको छलफलपछि मात्र उम्मेदवार बन्ने नबन्ने निर्णय लिने उनको भनाइ छ । चुनाव नभई सर्वसम्मत भएमा थारू कोटाबाट शान्ता चौधरी र नरुलाल चौधरी (दाङ), बैजनाथ चौधरी (नवलपरासी), बलबीर चौधरी (बारा), भगवती चौधरी (सुनसरी), ममताप्रसाद चौधरी (कैलाली) को संभावना बलियो छ । त्यस्तै, द्वारिका चौधरी (सुनसरी), गंगा सत्गौवा (दाङ), मन्जु चौधरी (उदयपुर), तुलसीप्रसाद थारू (रुपन्देही) को नाम पनि चर्चामा छ ।

एक महाधिवेशन प्रतिनिधि रातोपाटीलाई भन्छन्, ‘थारू कोटाको केन्द्रीय सदस्यका लागि जे गर्छन्, केपी बाले गर्छन् । उनको कुरा काटेर विद्रोह गर्न सक्ने बागी कोही छैनन् ।’

थारू कोटासँगै केन्द्रीय सदस्यमा खुला, भूगोलसमेत गरेर दर्जन बढी केन्द्रीय सदस्यमा आउने आँकलन थारू नेताहरुको छ । तर, महाधिवेशन प्रतिनिधि नै कम रहेकाले थारू समुदायबाट केन्द्रीय पदाधिकारी कमै आउने देखिन्छ ।

महाधिवेशन प्रतिनिधिमा करीब चार दर्जनमात्र थारू प्रतिनिधि रहेका छन् ।महाधिवेशन प्रतिनिधिमा मनोनित भएर राजकुमार लेखी (सप्तरी), महेश्वरी चौधरी, (उदयपुर) ममताप्रसाद चौधरी (कैलाली) र कृपाराम राना (कञ्चनपुर) थपिएका छन् ।

पार्टी विधानले केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशत मनोनित गर्ने व्यवस्था छ । महाधिवेशनबाट पदाधिकारी छनौटमा पर्न नसकेका थारू नेताहरु मनोनित हुने आशा बोकेर बसेका छन् । साभार: राताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

चीनको सिचुआन तिब्बत रेल परयोजना पूर्ण बाफ निस्किएपछि कामदारहरु त्रसित

आर्थिक वृद्धिको अवसर सिर्जना गर्ने भारतको अनुभव

आर्थिक वृद्धिको अवसर सिर्जना गर्ने भारतको अनुभव

चिनमा धेरै सन्तान जन्माउने नीति लागू भए पनि समस्या समाधान छैन

चिनमा धेरै सन्तान जन्माउने नीति लागू भए पनि समस्या समाधान छैन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .