गणेश साह
काठमाडौं । सिरहा असनपुरको गोलबजारमा यतिबेला प्रहरी कार्यालयकै आगाडि नांगो नाच र मौतको कुवाको प्रदर्शन भइरहेको छ ।
शान्ति सुरक्षाको प्रत्याभूति दिलाउंने भन्दै आएका प्रहरीले राम्रो कमिशन लिएर रमाईलो मेला चलाउंन दिएको स्थानीयवासीको गुनासो छ । करिब ६ दिनदेखि नियमित प्रदर्शन भइरहेको यो मेलामा ८० रुपैयांसम्म टिकट लिंदै आइरहेको छ भने अश्लिल नृत्यको लागि विशेष पैसावालहरुको माग अनुसार समेत कार्यक्रम गर्दै आइरहेको छ ।
अर्कातीर विभिन्न किसिमको प्रलोभन दिई जुवा समेत खेलाउंने गरेको छ । शान्ति सुरक्षाको दृष्टिगत गरी सिरहामा राती ९ बजेसम्म मात्र यस्तो किसिमको कार्यक्रम संचालन गर्न पाइने भनिएको छ । यसमा पनि अश्लिल नृत्य तथा विकृति फैलाउंने कार्यक्रम गर्न नपाइने हो । यसवारे रमाईलो मेला संचालकसंग सम्पर्क गर्दा ‘हम लोग जिल्लाका हाकिमके मिलाकर काम किअ है, इसमे मेरा कया है दो—चार दिनके वाद यहांसे निकल परेगें ।’
स्थानीय केही मान्छेहरुको सहयोग समेत रहेको यो मेला विहानदेखि शुरु भई राति १२ बजेसम्म चल्ने गरेको छ । दीपावलीको अवसर पारी गरिएको मनोञ्जरात्मक कार्यक्रममको नाममा अश्लिल नृत्य प्रदर्शनले समाजमा विकृति फैलाउंने काम गरेको छ । अर्कातर्फ मनोञ्जन कर समेत छलि गरी आन्त्तरिक राजस्व कार्यालयलाई सिधैं चुनौती दिइरहेको स्थानीय व्यापारी शत्रुधन साह बताउंछन् । दैनिक २—३ लाख संकलन गरिहेको छ भने करिब ३० हजार जति राजस्व छलि नियमित भइरहेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्स्पेक्टर राजकुमार कार्कीले भने ‘यसवारे मलाई केही थाहा छैन् ।’‘सिडियोको स्वीकृतिमा संचालन भएको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1